निर्णय नं. ६४१७ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४१७ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भाग: ३९ साल: २०५४ महिना: मंसिर अंक: ८ फैसला मिति :2053/11/16 ३६८४ निर्णय नं. ६४१७ २०५४, ने.का.प. अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५२ सालको रि.पु.इ.नं. ..... ७५ आदेश मितिः २०५३।११।१६।५ विषयः उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ । निवेदकः चितवन जिल्ला फुलवारी गा.वि.स. वार्ड नं. ९ गोपालगंज वस्ने वर्ष ३६ को सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद पौष्टिक आहार कार्यक्रम क्षे.का. भैरहवाको जिन्सी सहायक पदबाट अवकाश प्राप्त सुर्य प्रसाद पौडेल विरुद्ध विपक्षीः सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदको परिवर्तित समाजकल्याण परिषद लैनचौर समेत जम्मा ६ § कुनै ऐनले दिएको अधिकार वेगर वनेका नियमावलीहरुले प्रदान गरेको हक अधिकार कानूननः भन्न मिल्ने नभै त्यस्ता अधिकारको प्रचलन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ को उपधारा २ वमोजिम हुन सक्ने स्थिति नदेखिएको र डा. सोम प्रसाद पुडासैनी निवेदक र नेपाल परिवार नियोजन संघ विपक्षी भएको २०५० सालको रि.पु.इ.नं ५१ को रिट निवेदनमा पनि यस्तै किसिमको सिद्धान्त प्रतिपादन गरी निर्णय समेत भैराखेको हुँदा निवेदक दिपक कुमार शर्मा विरुद्ध समाज कल्याण परिषद संचालक समिति पौष्टिक आहार कार्यक्रम केन्द्रीय कार्यालय नक्साल काठमाण्डौ भएको २०५० सालको रि.नं. ३३२४ को उत्प्रेषण मुद्दामा सामाजिक सेवा समन्वय परिषदको नियमावली अन्तर्गतको कर्मचारी मान्ने गरी भएको आदेश निर्णयसँग यो वृहत इजलास सहमत हुन सकेन । रिट निवेदकको माग वमोजिमको आदेश जारी गरि रहन परेन । अतः मिति २०५२।१०।२।३ मा यस अदालतको संयुक्त इजलासबाट रिट निवेदन खारेज गर्ने गरेको आदेश निर्णय मुनासिव छ । (प्र.नं. १४) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री माधव प्रसाद कोइराला अवलम्वित नजीरः आदेश न्या.ओमभक्त श्रेष्ठः सर्वोच्च अदालत यिमावली २०४९ को नियम ३(१)(ख) बमोजिम पेश ह’न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथँ फैसला यस प्रकार छः २. म निवेदक न नेपाल वाल सँगठन पौष्टिक आहार कार्यक्रम मध्यमान्चल क्षेत्रीय कार्यालय बीरगंजमा वितरक पदमा मिति ०३६।१२।८ मा स्थाई नियुक्ति भई २०४६।६।५ मा जिन्सि सहायक (प्रथम) पदमा पदस्स्थापना भै कार्यरत थिएं । ३. निबेदकको नियुक्ति नेपाल वाल सँगठनमा भएता पनि २०२९ सालदेखि २०३९ सालसम्म पौष्टिक आहार कार्यक्रम वाल सँगठन अन्तर्गत संचालित थियो । २०३९ सालसम्म पौष्टिक आहार कार्यक्रम वाल सँगठन अन्तर्गत संचालित थियो । २०३९ सालदेखि सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदको विधानको नियम ४(४) बमाोजिम गठित बाल कल्याण समन्वय समिती अन्तर्गत यस कार्यक्रमलाइ संचालित गरीएको र सामाजिक सेवा राष्ट्रिय समन्वय परीषदको कर्मचारी सेवा शर्त नियमावली, २०३९ लागु भएपछि निवेदक यसै नियमावली कर्मचारीको हंसियतले कार्य गर्दै आएको छु । मिति २०४३।२।२२ को निर्णयानुसार सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद अन्तर्गत पौष्टिक आहार कार्यक्रम कार्यान्वित भई सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद अन्तर्गत पोष्टिक आहार कार्यक्रम कार्यान्वित भई सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद अन्तर्गत यसको संचालक समि