निर्णय नं. ७८२८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८२८ - उत्प्रेषण भाग: ४९ साल: २०६४ महिना: असार अंक: ३ फैसला मिति :२०६४/०३/०५ ४०६० निर्णय नं.७८२८ ने.का.प.२०६४ अङ्क ३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत २०५८ सालको रिट नम्वर २८६६ आदेश मितिः २०६४।३।५।३ विषय : - उत्प्रेषण । निवेदकः जिल्ला पर्सा परवानीपुर स्थित ओलम्पिया टेक्साटायल इण्डिष्ट्रिज प्रा.लि.का प्रशासकीय अधिकृत ऐ. ऐ. बस्ने रामबहादुरप्रसाद यादव विरूद्ध विपक्षीः श्री श्रम अदालत, काठमाडौं समेत § श्रम ऐन, २०४८ को दफा ५०(च) मा अनियमित वा अवैध घोषित भएको हड्तालमा भाग लिएको वा लिन बाध्य गराइएको कार्यलाई पनि खराव आचरणको कार्य अन्तर्गत समावेश गरी त्यस्तो कार्य गर्ने कामदार वा कर्मचारीलाई बार्षिक पारिश्रमिक बृद्धि रोक्काको सजाय गर्न सक्ने व्यवस्था दफा ५२(२) मा रहेको देखिएकोले विपक्षीलाई कसूर गरे अनुसारको सजाय नगरी त्यो भन्दा धेरै ठूलो सजाय गरेको देखिँदा यसरी हड्ताल गरेको कार्यमा हुने सजाय भन्दा बेग्लै सजाय हुने गरी भएको निर्णय कानून अनुरुपको मान्न नमिल्ने । (प्रकरण नं.१२) § श्रम ऐन, २०४८ को दफा ५० ले खराव आचरण गर्ने कर्मचारी वा कामदारलाई सजाय गर्ने अधिकार व्यवस्थापकलाई हुने भन्ने व्यवस्था रहेको पाईन्छ । कारखानाका कर्मचारीका हैसियतमा रहेको प्रशासकीय अधिकृतलाई व्यवस्थापक मान्न नमिल्ने । § कसूर अनुसार सजाय पनि नगरेको र व्यवस्थापकलाई प्राप्त भएको दफा ५० को अधिकार दफा २(च) बमोजिमका व्यक्तिले मात्र प्रयोग गर्न पाउनेमा दफा २ (च) बमोजिमको अधिकार प्रयोग गर्न नपाउने प्रशासकीय अधिकृतले विपक्षीलाई सेवाबाट हटाउने गरी गरेको निर्णय त्रुटिपूर्ण हुने । § (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : उपन्यायाधिवक्ता श्री अमृत बस्नेत अवलम्वित नजीरः आदेश न्या.कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३,८८(२) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. निवेदक ओलम्पिया टेक्सटायल इण्डष्ट्रिज प्रा.लि. र यस प्रा.लि.का. न.का.म.का. इकाई कार्य समिति बीच ट्रेड युनियन ऐन, २०४९ को दफा १२(क) अनुसारको १७ सूत्रीय मागमा ०५५।८।१८ मा सम्झौता भएको थियो । विपक्षी गोपालप्रसादले गैरकानुनी तवरमा आफ्नो सक्रियतामा ०५५।११।२७ देखि एकाएक सम्पूर्ण उत्पादन कार्य बन्द गरी गैरकानूनी हडताल गरी गराई सम्झौता र गेटपासका विषयमा विवाद नभएका कुरालाई विवादको विषय बनाई इण्डष्ट्रिजलाई तालाबन्दीमा पुर्याई मूलगेट जाम गरी हुलदंगाको वातावरण सिर्जना गरी श्रम ऐन, २०४८ को दफा ५१(क) ले निषेध गरेको कार्य गरेको र केही कामदारहरुले तपाईले उक्त गैरकानूनी क्रियाकलापलाई दवाव दिएको कुरा लेखी पुष्टि गरेकोले खराब आचरण गरेकोमा दफा ५२(४) बमोजिम किन कारवाही नगर्ने भनी ०५५।१२।२५ मा स्पष्टिकरण माग गरेकोमा विपक्षी गोपालप्रसादले आफू ट्रेड यूनियनको पदाधिकारी अध्यक्ष रहेको र आफ्नो अध्यक्षतामा ०५५।११।२७ मा बसेको बैठकको निर्णयको आधारमा भन्दै व्यवस्थापक पक्षले नै “बी” सिफ्टका मजदूरहरुलाई गेट रोक्का गरी काम गर्न वञ्चित गरेको र केही मजदूरहरुलाई हटाई, धम्काई गोपालप्रसाद कुर्मीले गैरकानूनी हडताललाई भनी हस्ताक्षर गराइएको भनी ट्रेडयुनियनमा निवेदन दिएको र ०५५।१२।२४ गते देखि तालाबन्दी समाप्त भै राखेको समेत हुँदा आधिकारिक ट्रेड युनियनका पदाधिकारकिो हैसियतले शान्तिपूर्ण रुपले