निर्णय नं. ७८२९ - लागूऔषध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८२९ - लागूऔषध भाग: ४९ साल: २०६४ महिना: असार अंक: ३ फैसला मिति :२०६३/०६/०३ ६८६० निर्णय नं. ७८२९ ने.का.प.२०६४ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री तपबहादुर मगर संवत २०५९ सालको फौ.पु.नं. ३११८ सम्बत् २०६० सालको फौ.पु.नं. ३१९८ फैसला मिति : २०६३।६।३।३ मुद्दाः– लागूऔषध । पुनरावेदक/प्रतिवादीः काभ्रेपलान्चोक जिल्ला पनौती घर भै रक्सौल डेरा गरी बस्ने हाल कारागार शाखा जगन्नाथ देवल त्रिपुरेश्वर, काठमाडौं अन्तर्गत केन्द्रीय कारागारमा थुनामा रहेको रामबहादुर थापा विरूद्ध प्रत्यर्थी/वादी : प्रहरी प्रतिवेदनको जाहेरीले श्री ५ को सरकार पुनरावेदक/वादीः प्रहरी प्रतिवेदनको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रत्यथी /प्रतिवादीः भारत रक्सौल थाना अन्तर्गत अहिरुवा टोल बस्ने अखिलेस नरेशप्रसाद जैसवाल समेत § प्रत्यक्ष वा परिस्थितिक अर्थात Direct or circumstantial evidence बाट आफूले लगाएको अभियोगको प्रमाणित गर्ने कानूनी कर्तव्य वादीको हो । लागूऔषध सम्बन्धी अपराधमा प्रमाणको भारमा अभियुक्तमा सारिएको छ भन्दैमा हर अवस्थामा, हरेक मुद्दामा वादी आफूले चाहि केही प्रमाण नजुटाउने केवल आफू समक्षको सावितीको बयानको भरमा लगाएको अभियोगमा प्रतिवादीले आफू निर्दोष छ भन्ने प्रमाण पुर्‍याउन नसकेकोले दोषी करार हुन्छ भन्ने ऐनको व्यवस्था होइन यस्तो अर्थ हाम्रो फौजदारी न्याय र मान्य सिद्धान्त तथा हाम्रो संवैधानिक व्यवस्था एवं मौलिक अधिकार समेतको विपरीत हुने । (प्रकरण नं.३६) पुनरावेदक प्रतिवादी तर्फबाट : सहन्यायाधिवक्ता श्री टिकाबहादुर हमाल प्रत्यर्थी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री नवराज खड्का अबलम्वित नजीर : फैसला न्या.वलराम के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावेदन अदालत.पाटनको मिति ०५८।९।३ को फैसला उपर वादी एवं प्रतिवादी दुवै तर्फबाट यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : - २. का.जि.का.न.पा.वडा नं. १६ बालाजुस्थित चोकमा अखिलेश नरेशप्रसाद जैसवाल र रामबहादुर थापा शंकास्पद तरिकाले उभिरहेको अवस्था निजहरुलाई सोधपुछ गर्दा आजै वीरगंजबाट आएको भनि बताएकोले निजको शरीर खानतलासी गर्दा अखिलेश नरेशप्रसाद जैसवालको साथमा रात्री बसको यात्री टिकट फेला परेको र रामबहादुरको शरीर तलासी गर्दा निजको पाइन्टको खल्तीबाट लागु औषध खैरो हिरोइन १३५ ग्राम फेला परेकोले बरामद गरिएको भन्ने बरामदी मुचुल्का । ३. रामबहादुर थापाको साथबाट र अखिलेस नरेशप्रसाद जैसवालबाट बरामद भएको बसको टिकट र लागु औषध खैरो हिरोइन सहित कारवाहीको लागि मानिस पक्राउ गरी पेश गरेको भन्ने प्रहरीको प्रतिवेदन । ४. बरामद भएका लागु औषध खैरो हिरोइन मध्ये ३।३ ग्रामको दरले २ पुरीयाबाट १८ ग्राम निकालिएको भन्ने मुचुल्का । ५. भारत रक्सौल बस्ने जंगबहादुर राणा लागु औषधको कारोबार गर्ने मानिस भएकोले निज जंगबहादुर राणाले काठमाडौंमा बस्ने प्रतिवादी बालकृष्ण श्रेष्ठ, राजकुमार श्रेष्ठलाई लागु औषध खैरो हिरोइन यस भन्दा अगाडि पटक पटक पठाउने गरेको र त्यसरी लागु औषध पठाउँदा ल्याए र दिने काम म र अखिलेस नरेशप्रसाद जैसवालले गर्ने गरेको थियो । यसरी जंगबहादुरले बालकृष्ण र राज कुमारलाई दिनु भनी पठाएको लागु औषध निजहरुलाई जिम्मा लगाई हामीलाई ज्याला वापत रु १५००।– दिने गरेको थियो । यस्तैमा मिति ०५२।८।१६ गते ठुला प्याकेट लागु औषध खैरो हिरोइन लिई ग