निर्णय नं. ७८३० - किर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८३० - किर्ते भाग: ४९ साल: २०६४ महिना: असार अंक: ३ फैसला मिति :२०६४/०२/२१ ४०९६ निर्णय नं. ७८३० ने.का.प.२०६४ अङ्क ३ सर्वौच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्बत् २०६० सालको फौ.पु.नं. –३२५० फैसला मितिः २०६४।२।२१।२ मुद्दाः किर्ते । पुनरावेदक प्रतिवादीः जि.नवलपरासी, प्रगतिनगर गा.वि.स. वडा नं. ३ बस्ने भरतराज वस्ती समेत विरूद्ध प्रत्यर्थी वादीः जि. वाग्लुङ रामडाँडा गा.वि.स. वडा नं. ६ घर भै हाल जि. पर्वत शिवालय गा.वि.स.वडा नं. ८ बस्ने दुर्गादेवी थापा § पुनरावेदक प्रतिवादीहरुले उक्त लिखत किर्ते हो भन्ने जानकारी हामीलाई थाहा थिएन भनी लिएको जिकिर लाई लिखत गरिदिनेको लोग्ने नै लिखतमा साक्षी बसी कारणी सही हो भनी विश्वास दिलाएबाट पुष्टि हुन्छ भने आफ्नो श्रीमतीलाई कारणी देखाई भएको ब्यवहारमा कारणी होइन कि भनी लेखनदास तथा किन्ने तर्फका साक्षीले शंका गर्न पर्ने सम्मको अवस्था नहुने। § लिखत किर्ते हो भन्ने जानकारी निजहरुलाई थियो भन्ने ठोस प्रमाण वादी पक्षबाट प्रस्तुत हुन सकेको पनि नपाइदा मुलुकी ऐन किर्ते कागजको १ नं. मा भएको ब्यवस्थामा जानी बुझी किर्ते कागजमा बस्ने साक्षीलाई मात्र वात लाग्ने र प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीहरुले दावीको लिखत किर्ते हो भनी जानी बुझी साक्षी बसेको भन्ने प्रमाणबाट प्रष्टसँग नदेखिएको अवस्थामा निजहरुले आरोपित कसूरबाट सफाई पाउने । (प्रकरण नं.१६) पुनरावेदक प्रतिवादी तर्फबाट :विद्वान अधिवक्ता श्री हिरा रेग्मी प्रत्यर्थी वादी तर्फबाट : अब लम्वित नजीरः फैसला न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भए अनुसार पुनरावेदन दायरीमा दर्ता भै यसै अदालतको क्षेत्राधिकार भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– २. जिल्ला नवलपरासी कावासोती गा.वि.स. वडा नं. ४(क) कि.नं. २६० को ज.वि. ०–१–१५ जग्गा मेरो नाउँमा एकलौटी दर्ता पुर्जा भएको मेरो एकलौटी हक भोगको जग्गा हो । विपक्षी मध्येका भद्र बहादुर भन्ने हेम बहादुर थापा मेरा पति हुनुहुन्छ । उल्लेखित जग्गा बिक्री भएको भन्ने हल्ला सुनि सम्बन्धित कार्यालयमा गई राजिनामाको नक्कल लिई हेर्दा विपक्षी पति स्वयं साक्षी बस्ने, विपक्षी भरत बस्ती र जय कुमार सुवेदीले सनाखत गर्ने र विपक्षी अम्वर बहादुरले जग्गा खरिद गर्ने गरी र.नं. ३४१५ मिति ०५५।१।२ मा राजिनामा पारित गरी दा.खा समेत गराई म जग्गा दर्तावाला व्यक्तिलाई थाहा नदिई सट्टामा अर्का व्यक्ति खडा गरी मेरो नामबाट झुठा ल्याप्चे तथा हस्ताक्षर लगाई विपक्षीहरु एक आपसमा मिलोमतो गरी जग्गा लिने दिने गरेको हुँदा विपक्षीहरुलाई किर्ते कागजको १ नं. को कसूर गरेको ठहर गरी विपक्षीहरुलाई ऐ को ४, ७, १४ नं. बमोजिम सजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. सह प्रतिवादी हेम बहादुर र अम्वर बहादुर मैले चिने जानेको मानिस होइनन म एक साधारण लेखापढी गरी बस्ने मानिस हुँदा निजहरु र एउटी महिला समेतलाई कि.नं. २६० को जग्गा खरिद बिक्री गर्नु परेको छ । तपाई वारेश भै जग्गा राजिनामा पारित गरी दिनु होस भन्दा सद्दे कारोबार होला भनी विश्वासमा परी राजिनामा रजिष्ट्रेशन पारीत गर्ने काममा वारेशको भूमिका निभाएको हुँ । जग्गावाला यिनै वादी हुन् वा अरु कोही हुन् मलाई थाहा नभएको हुँदा किर्ते कार्य गर्ने मेरो कुनै नियत थिएन । विपक्षी वादीक