निर्णय नं. ७८३१ - मोही लगत कट्टा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८३१ - मोही लगत कट्टा भाग: ४९ साल: २०६४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६४/०३/२८ २७०४ निर्णय नं. ७८३१ ने.का.प.२०६४ अङ्क ४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत् २०६३– NF– ०००२ फैसला मितिः २०६४।३।२८।५ मुद्दा :– मोही लगत कट्टा । पुनरावेदक प्रतिवादीः बर्दिया जिल्ला पशुपतिनगर गा.वि.स. वार्ड नं. ७ वस्ने लवरा थारूको मु.स.गर्ने ऐ.ऐ.बस्ने ऐ.को छोरा फूलाराम थारू विरूद्ध विपक्षी वादीः बाँके जिल्ला नेपालगंज नगरपालिका वार्ड नं. ८ वस्ने पुष्प कुमारी विष्ट § तामेलीको अवस्थाले फैसलालाई वैधता दिएको वा सो निर्णय हुन पूर्व उठाइएको कानूनी प्रश्नको निराकरण गरेको मान्न नमिल्ने । (प्रकरण नं.२२) § फैसलाको वैधता वा कुनै कानूनी प्रश्न उठाएकोमा सो उठाइएका प्रश्न उपर विचार भै फैसलाको कानूनी हैसियत परीक्षण भएका निर्णयबाट फैसलाको हैसियत निर्धारण हुने हुन्छ । निवेदन तामेलीमा राख्ने कार्यमा यी कार्यहरू नहुने हुँदा तामेलीमा राखेको कार्यले कुनै कार्यलाई मान्यता प्रदान गरेको भन्न मान्न नमिल्ने । § न्यायिक निरुपण निमित्त प्रवेश गरेको बिषयवस्तुको निदान कानूनमा व्यवस्था भए बमोजिम नै हुनुपर्ने हुन्छ र कानूनी ब्यवस्थाको अनुसरण गर्नुपर्ने कर्तब्य सो बिषयवस्तुको पक्ष विपक्ष तथा निर्णयकर्ता समेतको समेत हुन आउने । § एक पटक न्यायिक प्रक्रियामा कुनै बिषयवस्तु प्रवेश भए पछि सो को अन्तिम टुंगो नलाग्दै अर्थात मुद्दा चल्दाचल्दैको अवस्थामा त्यसै बिषयवस्तुका वारेमा तिनै पक्ष विपक्ष बीच पहिले निर्णय गर्ने निकायबाट निर्णय गरिन्छ भने आफूले गरेको निर्णयले वैधानिकता नपाउँदै फेरि त्यसै बिषयमा निर्णय गरेको मान्नुपर्ने । § कुनै पदाधिकारीको निर्णयमा पुनरावेदन लाग्ने ब्यवस्था भै पुनरावेदन परिरहेको अवस्थामा सो पुनरावेदन तहमा हुने निर्णयलाई नै वेवास्ता गरी पुनः सोही विवादको विषयमा निर्णय गर्नु कानूनन् सर्वथा मिल्ने होइन । यस्तो निर्णयको कानूनी हैसियत शुन्य वरावर हुने । (प्रकरण नं.२२) पुनरावेदक प्रतिवादी तर्फबाट : विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री भरतराज पोखरेल अवलम्वित नजीरः ने.का.प. २०४३ नि.नं. २९४३ अंक १२ पृ. १२१६ फैसला न्या.मीनबहादुर रायमाझीः यस अदालत संयुक्त इजलासको मिति २०५९।३।१९ को फैसला उपर न्याय प्रशासन ऐन,२०४८ को दफा ११(१) (ख) बमोजिम प्रतिवादी पक्षको पुनरावलोकनको लागि निवेदन परी सो मा यस अदालत पूर्ण इजलासबाट २०६३।३।२२ मा पुनरावलोकनको निस्सा प्रदान भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : – २. मेरा नाममा दर्ता श्रेस्ता भएको बर्दिया पशुपतिनगर गा.वि.स. वडा नं. ७ कि.नं. ५७, ६९, ५९, ६४, ७१, १०९, १२९, १७७, ७४,८०, १०८, ७६, ८२, १०६,११४ का जग्गाहरूका मोहीहरूले जग्गा जोत्न छाडेको र सो जग्गामा आफ्नै श्रमबाट जोत भोग गरेकोले मोहीहरूका नाम श्रेस्ताबाट हटाई श्रेस्ता संशोधन गरिपाऊँ भन्ने समेत व्यहोराको उजुरी निवेदन । ३. मेरो बाबु गर्भु थारूका नाउँमा मोही कायम भएका उक्त जग्गा मध्येका जग्गामा निज जिवित हुँदा निजले र निजको मृत्यु भै सकेपछि म प्र.ले जोतभोग गर्दै आई रहेकोले झुठ्ठा मुद्दा खारेज गरिपाऊँ भन्ने व्यहोराको लवरा थारूको प्रतिउत्तर पत्र । ४. वादी दावीको जग्गा मध्ये मेरो बाबु रामप्रसाद मोही कायम भएको जग्गाहरूमा निज जिवित हुँदा निजले र निजको मृत्य