निर्णय नं. ६४२० - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४२० - ज्यान मार्ने उद्योग भाग: ३९ साल: २०५४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५४/०१/२४ ४२२० निर्णय नं. ६४२० २०५४, ने.का.प. अङ्क ८ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय सम्बत २०५१ सालको फो.पु. नं........ ९२२ फैसला मितिः २०५४।१।२४।३ मुद्दाः ज्यान मार्ने उद्योग पुनरावेदक/वादीःजिल्ला पांचथर मेमेङ इलाका प्रहरी कार्यालय प्र.ना.नी. बिरेन्द्र कुमार खड्काको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला पांचथर पाचथर गा.वि.स. वडा नं. २ बस्ने तार्के भन्ने प्रेमजङ्ग केरुङ § ज्यान मार्ने उद्योगको वारदात कायम हुन मनसायतत्व आवश्यक हुन्छ र ज्यान मार्ने मनसाय राखी क्रिया भएको हुनुपर्ने हुन्छ । प्रस्तुत मुद्दामा प्रहरी नायव निरिक्षकले राईफल पडकाएपछि प्रतिवादी समेतका मानिसहरु मारिन्छ भन्ने लागेकोले राइफल खोस्न पांए तेती ठुलो घटना हुन सक्दैन भन्ने लागी स.इ. साहेवको गालामा खुकुरी प्रहार गरी राइफल खोसी लगेको हुँ भन्ने प्रतिवादीको वयानवाट देखिन्छ । घटना सामान्य भएपछि पीडित प्रहरी नायव निरिक्षकले दिएको आदेशानुसार प्रहरीले गोली अनलोड गर्न लाग्दा वन्दुक पड्कन गै महिलाको मृत्यु भए पश्चात हातमा खुकुरी चुपी वोकेको भीड उत्तेजित भएकाले पोष्टमा गै प्रहरी नायव निरिक्षकले राइफल लिएको अवस्थामा प्रतिवादी तार्के भन्ने प्रेमजंगले राइफल खोस्न तानातान गर्दा खोस्न नसकी खुकुरी प्रहार गरी राइफल खोसी भागेको भन्ने मिसिल संलग्न कागजात र घटनाको प्रकृतिवाट स्पष्ट हुन्छ । प्रतिवादीको मार्ने नियत रहेको भए निजलाई पटक पटक खुकुरी प्रहार गर्न वा खोसेको राईफल प्रयोग गर्न कुनै अवरोध खडा भएको मिसिलवाट देखिन आउदैन । प्रतिवादीले राइफल खोसी सकेपछि राइफल लिइ भागि गएको पाईन्छ । निजले आरोपित कसुरमा पूर्ण इन्कार रही वयान गरेको छ । उपरोक्त मिसिल संलग्न कागजातहरुवाट प्रतिवादीले ज्यान मार्ने नियत राखी खुकुरी प्रहार गरेको नभै कुनै ठुलो अप्रिय घटना हुनवाट रोक्न खुकुरी प्रहार गरी राइफल खोसेको देखिन आउँछ । खुकुरी प्रहार गरी राइफल खोसी पुनः प्रहार नगरी भागेबाट प्रतिवादीले ज्यान मार्ने नियतले खुकुरी प्रहार गरेको कुराको पुष्टि हुदैन । ज्यान मार्ने उद्योग गरेको थियो भन्ने वारदातको प्रकृतिवाट देखिदैन । यस स्थितिमा प्रतिवादीले ज्यान मार्ने उद्योग गरे भन्न मिल्ने नदेखिएकोले ज्यान सम्बन्धिकै १५ नं. वमोजिम सजाय गर्न मिल्दैन । यस्तै बिषयमा वारदात कुटपिटको हुँदा कुटपिटको महल वमोजिम कार्यवाही किनारा गर्नु पर्ने भनी डिल्ली प्रसाद सिंखडा समेत विरुद्ध श्री ५ को सरकार भएको (ने.का.प. २०३७ अंक ७ पृष्ठ १४८ नि.नं. १३९२) ज्यान मार्ने उद्योग मुद्दामा फूलवेन्चवाट र मर्ने सम्मको काम नगरे ज्यान मार्ने उद्योग नहुने, नियत नभए कुटपिट हुने भनी निवेदक श्री ५ को सरकार र बिपक्षी कविराज सुनार भएको (ने.का.प. २०२९ पृ. ३०५ नि.नं. ६९८) ज्यान मार्ने उद्योग मुद्दामा संयुक्त इजलासवाट सिद्धान्तहरु समेत प्रतिपादन भै रहेको पाईन्छ । अतः राइफलको पड्काईवाट आफू समेत मर्न सक्ने आशंकामा राइफल तानातान गर्दा खोस्न नसकेकोले खुकुरीको प्रहार गरी राइफल खोसी भागी गएको क्रियाले ज्यान मार्ने नियतको पुष्टि नदेखिंदा ज्यान मार्ने उद्योग नठहराइ कुटपिटमा परिणत गर्ने गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १५) पुनरावेदक वादी तर्फबाटः वरिष्ठ सरकारी अधिवक्ता श्री देव सरण प्रसाद