निर्णय नं. ७८३३ - हाडनाता जवरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८३३ - हाडनाता जवरजस्ती करणी भाग: ४९ साल: २०६४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६४/०२/२८ ६०१३ निर्णय नं.७८३३ ने.का.प.२०६४ अङ्क ४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्व्त २०५९ सालको फौ.पु.नं. .....२७१५ फैसला मितिः २०६४।२।२८।२ मुद्दा :– हाडनाता जवरजस्ती करणी । पुनरावेदक प्रतिवादी जिल्ला सुनसरी औरावनी गा.वि.स. वडा नं. ७ बस्ने महेश कुमार चौधरी विरूद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी औरावनी गा.वि.स. वडा नं. ७ बस्ने मीनकी कुमारी खाँ चौधरीको जाहेरीले नेपाल सरकार § अपराधका सम्बन्धमा समाजशास्त्रीहरूको र फौजदारी कानूनको दण्डको सिद्धान्त अनुसार समाजको अपराध प्रति जस्तो धारणा हुन्छ त्यसै अनुसार दण्ड प्रणाली पनि संचालित हुन्छ । आज संसारमा विभिन्न किसिमका दण्ड प्रणाली प्रयोग भैसकेको भएतापनि सबै तिर एकरुपताका साथ प्रयोगमा छैनन् । कुनै पनि मुलुकको दण्ड विधान हेर्दा त्यो मुलुकको अपराध प्रति रहेको धारणा पनि बुझ्न सकिन्छ । अपराध नियन्त्रण गर्ने कार्यमा राज्यको दुईवटा भूमिका उल्लेखनिय हुन्छ । पहिलो अपराध नियन्त्रण गर्न कानूनको प्रभावकारी प्रशासन गर्नु, दोश्रो कुनै व्यक्ति कानून भङ्ग गर्न अग्रसर भेटियो भने उसलाई दण्ड दिनु । (प्रकरण नं.२५) § आफूले गरेको कामको परिणाम र परिणति थाहा नपाई गरेको बालबालिकाको कार्यलाई वयस्कलाई सरह कठोर सजाय दिन उपयुक्त नहुने भएकोले नै सुधारमूलक दण्ड प्रणाली अपनाउने कानूनको महसुस भै बालबालिका सम्बन्धी ऐन, २०४८ आएको हो । (प्रकरण नं.२७) § प्रतिवादी अपराध गर्दाका अवस्थामा १२–१४ वर्षको उमेर भएको हुँदा निजलाई कानूनले नै अर्थ दण्ड गर्नु हुँदैन भनी छुट दिई रहेको अवस्थामा सर्वश्व जस्तो अर्थ दण्डको एउटा नमूनालाई प्रयोग गरी कानून विपरीत क्षतिपूर्ति दिलाई दिने बहानामा अर्थ दण्ड गर्न मिल्दैन। सर्वस्व गर्नु पनि एक प्रकारको आर्थिक दण्ड हो । सामान्यतया फौजदारी न्याय प्रणालीमा क्षतिपूर्तिको प्रमुख स्थान नहुने । § प्रतिवादीलाई जवरजस्ती करणीको महलको १० नं. बमोजिम प्रतिवादीको अंशबाट आधा अंश सर्वश्व गरी पीडित जाहेरवालीलाई दिलाई दिने गरी गरेको इन्साफ बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(२) मा भएको कानूनी व्यवस्थाको मनसाय विपरीत भएको देखिने । (प्रकरण नं.२८) पुनरावेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री रेवतप्रसाद खरेल, श्री महेश्वरप्रसाद चौधरी प्रत्यर्थी वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री अमृत थपा अवलम्वित नजीरः फैसला न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत विराटनगरबाट मिति २०५८।१०।७ मा भएको फैसला उपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– २. मिति २०५५।१।२४ गते दिनको अं. १३:०० बजेको समयमा महेश कुमार चौधरीले मलाई तिम्रो बाख्राले बिउ खायो भनी हल्ला गरेकोले म करिब ५०० फिट खेत तर्फ गए । बाख्राले बिउ खाँदै गरेको देखि धपाउन जाँदा एकान्त स्थानमा बासझाङ्ग नजिक पुगे पछि निज महेश कुमारले मलाई समाती मेरो मुखमा तौलियाले थुनी गालामा कुटी बोलिस भने मारी दिन्छु भनी मलाई भुँईमा लडाई कुटपिट गरी बेहोस पारी जबरजस्ती करणी गरी सकेपछि इश्वरवती थरूनीले देखि हल्ला गर्दा तौलिया र किताब छाडी गएको कुरा पछि होस आए पछि थाहा पाँए । निज मेरो तिनपुस्ता भित्रको दाजु भएकोले म बहिनी नाबालिकालाई हाडनाता पारी जवरजस्ती कर