निर्णय नं. ८९८१ - परमादेश/उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९८१ - परमादेश/उत्प्रेषण भाग: ५५ साल: २०७० महिना: असार अंक: ३ फैसला मिति :२०६९/१२/२६ ३०३६ ने.का.प. २०७०, अङ्क ३ निर्णय नं.८९८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल ०६६–WO–०५३४ आदेश मितिः २०६९।१२।२६।२ विषय :– परमादेश/उत्प्रेषण । निवेदकः जिल्ला सर्लाही, खोखिया गाउँ विकास समिति वडा नं. ३ बस्ने छठू राय यादव विरुद्ध विपक्षीः अख्तियार दुरूपयोग अनुसन्धान आयोग समेत § अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ख बमोजिम दुष्परिणाम सच्याउने आदेश गर्नुपूर्व आयोगले सार्वजनिक पद धारण गर्ने व्यक्तिले ऐनको दफा ३ बमोजिमको अनुचित कार्य गरेको हो भनी दफा १२क बमोजिम ठहर गर्नुपर्ने हुन्छ । दफा १२ख को कानूनी व्यवस्था पालन गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दफा १२क बमोजिमको सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य गरेको हो भनी ठहर गरिसकेपछि मात्रै दफा १२ख बमोजिम अनुचित कार्यबाट उत्पन्न दुष्परिणाम सच्चाउनका लागि सम्बन्धित अधिकारी वा निकायलाई आयोगले लेखी पठाउन मिल्ने स्पष्ट कानूनी व्यवस्था भएको देखिन्छ । दफा १२क बमोजिम अनुचित कार्य गरेको ठहर नगर्दै सोको दुष्परिणाम सच्याउने भनी दफा १२ख बमोजिम निर्णय गर्न नमिल्ने । § अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३, दफा १२क र दफा १२ख परस्परमा स्वतन्त्र कानूनी व्यवस्था नभई एकआपसमा अन्तरसम्बन्धित र अन्तरनिर्भर कानूनी व्यवस्था रहेको र यी कानूनी व्यवस्थाहरूको प्रयोग सामूहिक रूपमा गर्नुपर्ने । (प्रकरण नं.४) § सार्वजनिक पद धारण गर्ने व्यक्तिको अनुचित कार्यबाट सर्वप्रथम नेपाल सरकार वा सार्वजनिक संस्थालाई हानि, नोक्सानी पुगेको अवस्थाको विद्यमानता हुनुपर्दछ । नेपाल सरकार वा अन्य सार्वजनिक संस्थालाई उसको हक हित वा स्वार्थमा कुनै हानि नोक्सानी भएको नदेखिएको अवस्थामा सार्वजनिक पद धारण गर्ने व्यक्तिले गरेको कार्यका सम्बन्धमा अनुचित कार्य गरेको भनी सोलाई सच्याउने, बदर गर्नेलगायतका अधिकार आयोगलाई भएको सम्झन नमिल्ने । § कुनै व्यक्तिको जग्गा दर्ता, दाखेल खारेज, रजिष्ट्रेशन इत्यादि गर्दा अन्य व्यक्तिको हक स्वामित्वमा असर परेकोमा वा कुनै कार्यविधिगत त्रुटि भएमा असर पर्ने व्यक्तिले सोही ऐनमा लेखिएको प्रक्रियाबमोजिमको उपचार खोज्नुपर्ने । § व्यक्ति व्यक्तिबीचको जग्गा तथा सोको दाखेल खारेज नामसारीका सम्बन्धमा कसैको उजूरी लिन तथा उजूरी दिएको भए पनि अदालतबाट भएको निर्णयलाई निष्प्रभावी तुल्याउने गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्णय गर्नु कानूनअनुकूल मान्न मिल्दैन र यस्तो निर्णयलाई आफ्नो अधिकारक्षेत्रको अतिक्रमण गरी निर्णय गरेको भन्नुपर्ने । (प्रकरण नं.५) § प्रचलित कानूनले व्यवस्था गरेको उपाय अवलम्बन नगरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजूरी दिएको र सो आयोगले पनि आफूसँग पुनरावेदकीय क्षेत्राधिकार भएजस्तो गरी उजूरी स्वीकार गरी जिल्ला अदालतको फैसलाप्रतिकूल र सो फैसला निष्प्रभावी हुने गरी निर्णय गरेको अवस्थामा उक्त निर्णय आफ्नो अधिकारक्षेत्र नाघी भएको मान्नुपर्ने । (प्रकरण नं.७) § अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी वा सार्वजनिक संस्थानलाई हानि पुर्‍याउने गरी सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य गरेको अवस्थामा मात्र अधिकारक्षेत्र ग्रहण गरी कार्य गर्नुपर्ने । (प्रकरण नं.८) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू महादेव प्रसाद यादव, हरि