निर्णय नं. ७८३४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८३४ - कर्तव्य ज्यान भाग: ४९ साल: २०६४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६४/०१/१६ १०८३७ निर्णय नं.७८३४ ने.का.प.२०६४ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त ईजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ २०५९ सालको फौ.पु.नं.––३१६९ फैसला मितिः २०६४।१।१६।१ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक वादीः रामबहादुर यादवको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी प्रतिवादीः जिल्ला सिराहा गौरीपुर गा.वि.स. वडा नं. २ बस्ने बसन्तकुमार यादव समेत § ज्यान सम्बन्धीको ६ नं. को कर्तव्यमा कर्तालाई परिणामको पूर्वज्ञान अर्थात आफ्नो कार्यबाट ज्यान मर्न सक्ने जस्तो अवस्था देखिनु पनि हुँदैन । अर्थात् आकस्मिक कार्यको परिणाम स्वरुप भवितव्य घट्ने हुन्छ । दुवै दफाले तोकेको सजायमा मनसाय तत्वको अभाव रहने भएपनि ज्यान सम्बन्धीको ५ र १४ नं. को वनावट हेर्दा ज्यान सम्बन्धीको १४ नं. को अवस्था कायम हुनको लागि प्रतिवादी अर्थात चोट प्रहारकर्ताले तत्काल उठेको रिस थाम्न नसकी लाठा ढुंगा लात मुक्काको प्रहार गर्दा ज्यान मरेको अवस्था हुन पर्ने तर त्यस्तो ज्यान लिने कार्य लुकी चोरीकन हानेको जोखिमी हतियारले हानेको वा विष खुवाई मारेको अवस्थामा भने ज्यान सम्बन्धीको महलको १४ नं. आकर्षित हुने नभई अपराधको गाम्र्भियता अनुसार मनसाय पूर्ण हत्याकै रुपमा हेर्न पर्ने र यस्तो अवस्थामा मात्र अभियोग मागदावी अनुसार ज्यान संवन्धीको १३ नं. अनुसार सजाय हुने । (प्रकरण नं.५२) § भवितव्य र आवेश प्रेरित हत्या दुवैमा अपराधिक कार्य भनेको कुनै कार्यको परिणाम स्वरुप ज्यान मरेको अवस्था विद्यमान हुनु हो र यी दुवैमा मनसाय तव्वको अभाव रहेको हुँदा कुनै कर्तव्य भवितव्य दुर्घटना वा आशय रहितको हो होईन ज्यान सम्बन्धीको ५ र ६ को अवस्था विद्यमान रहेको छ, छैन भन्ने सम्बन्धमा मुलुकी ऐन ज्यान सम्बन्धीको ५, ६ र १४ को कानूनी उद्देश्य सम्बन्धमा विचार गर्नुपर्ने हुन्छ । § जहाँ कर्ता तत्काल आवेशमा आई निजले मृतक उपर शारीरिक आक्रमण वा साधारण हतियारले प्रहार गरेको अवस्था विद्यमान हुनु पर्ने हुन्छ । साधारण लाठा, ढुंगा, लात, मुक्का इत्यादिले हान्दा भन्ने वाक्याँश प्रयोग भएबाट कर्ता र मृतकको वारदात हुँदाको अवस्थामा सन्निकटता वा सामिप्यताको कल्पना समेत गरेको पाईन्छ जुन कुरा कर्ता र मृतक तत्काल आवेशमा आउँदा एक अर्काको नजिकमा हुँदा मात्र वारदातको सम्भावना रहन्छ भने ज्यान सम्बन्धीको ५ नं. ले भवितव्यको अवस्था कायम हुनको लागि कुनै पनि कार्य तत्काल आवेश प्रेरित भै तत्कालै शारिरीक आक्रमण गरेको अवस्थाको कल्पना गरेको नभई आफुले गरेको कार्यबाट लक्षित व्यक्ति मर्ला जस्तो नदेखिने कुनै कार्य गर्दा मरेको अवस्थालाई मध्यनजर राखेको पाईन्छ । अर्थात कर्ताले गरेको कार्य प्रत्यक्षरुपमा आपत्तिजनक वा कसूरजन्य नभएको भएपनि अचिन्तीत परिणाम श्रृजना भै मृत्यु भएको सम्मको अवस्थालाई दृष्टिगत गरी उक्त नं. को व्यवस्था भएको देखिन्छ । कर्ता आवेश प्रेरित छ र निजले गर्न खोजेको काम अर्थात निजले प्रहार गरेको चोट निर्दोष र स्वभाविक नभै प्रारम्भ त गैरकानूनी र अनुचित छ र त्यसको परिणामले मानिस मर्ने सम्मको विन्दुमा पुग्दछ भने त्यस्तो परिस्थितिलाई समेट्ने गरी ज्यान सम्बन्धीको ५ नं. को प्रावधानको तर्जुमा भएको देखिन नआउने । (प्रकरण नं.५४) पुनरावेदक वादी तर्फबाट : विद्वान उप न्यायाधीवक्ता श्री रेवती त्रिपाठी विपक्षी प्रतिवादी तर्फबाट : अवलम्वित नजीरः फैसला न्या.कल्याण श्रेष्ठ