निर्णय नं. ७८३८ - उत्प्रेषणयुक्त परमादेश समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८३८ - उत्प्रेषणयुक्त परमादेश समेत भाग: ४९ साल: २०६४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६४/०२/०१ २७७६ निर्णय नं.७८३८ ने.का.प.२०६४ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्बत् २०६० सालको रिट नं. ३३७३ आदेश मितिः २०६४।२।१।३ विषयः– उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः सिराहा जिल्ला वडहरामाल गा.वि.स. २ बन्दीपुर स्थायी घर भै मध्यमाञ्चल ग्रामिण विकास बैंक लि. शाखा कार्यालय, घोडघाँसमा का.मु. व.शा. प्र. (छैठौं तह) मा कार्यरत केशवप्रसाद दहाल विरूद्ध प्रत्यर्थीः मध्यमाञ्चल ग्रामिण विकास बैंक लि.केन्द्रीय कार्यालय, जनकपुर समेत § जसलाई व्याख्या गर्ने अधिकार कानूनले प्रदान गरेको छ त्यसले गरेको व्याख्या नै अन्यथा प्रमाणित नभएसम्म आधिकारिक हुन्छ भनी मान्नुपर्ने हुँदा संचालक समितिले गरेको व्याख्या कसैको स्वार्थमा भयो वा भएन भन्ने आधारमा त्यस्तो व्याख्यालाई गलत व्याख्या भन्नु मनासिव नहुने । § निवेदकको शैक्षिक योग्यताको अंक प्रदान गर्नेसम्बन्धी दावी यही व्याख्याको प्रशंगमा आएको र कानूनले शैक्षिक योग्यताका सम्बन्धमा व्याख्या गर्न संचालक समितिलाई अधिकार प्रदान गरेको अवस्थामा कानूनबमोजिम अधिकारप्राप्त संचालक समितिले शैक्षिक योग्यताको अंक प्रदान गर्ने सम्बन्धमा गरेको व्याख्यालाई संचालक समितिले गलत व्याख्या गरी निवेदकको शैक्षिक योग्यता वापतको अंक प्रदान नगरेको भनी मान्न नमिल्ने । (प्रकरण नं.१८) § निवेदकले आफ्नो शैक्षिक योग्यता वापतको प्राप्ताङ्क (Seen number) थाहा पाई मौकैमा विरोध नगरी सो तथ्यलाई स्वीकार गरी सम्पूर्ण बढुवा प्रक्रियामा निज समावेश भएको देखिँदा आफ्नो प्राप्ताङ्क (Seen number) थाहा पाई त्यसलाई स्विकारी बढुवा प्रक्रियामा सामेल भई त्यसको अन्तिम नतीजा निस्केपश्चात मात्र सोही प्रश्नलाई विवादको रुपमा उठाई अदालतमा आएको स्थितिलाई उपयुक्त मान्न नमिल्ने । (प्रकरण नं.१९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री धुव्रनाथ पन्त प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री सिताराम तिवारी अवलम्वित नजीरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, २३ र ८८ बमोजिम यस अदालतमा दायर हुनआएको प्रस्तुत निवेदनको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. विपक्षी मध्यमान्चल ग्रामीण विकास बैंकको अधिकृत छैठौ तहमा मिति ०५४।४।५ मा सेवा प्रवेश गरी शाखा कार्यालय घोडघासमा कार्यरत रहेकै अवस्थामा विपक्षी बैंकको जनशक्ति व्यवस्थापन तथा सामान्य सेवा विभागले ०५८ चैत्र मसान्तसम्ममा बढुवाका लागि साम्भाव्य उम्मेदवार भएको अधिकृत छैठौ तहमा कार्यरत कर्मचारीहरूको लागि सातौ तहको बढुवाको निम्ति मिति ०५९।२।१६ मा प्रकाशित सूचना अनुसार म निवेदक पनि उम्मेदवार भएको थिएँ । ३. सातौ तहको बढुवाको लागि सम्भाव्य उम्मेदवारहरूको विभिन्न आधारहरूबाट (कार्य सम्पादन बाहेक) प्राप्त भएको मिति ०५९।३।५ मा प्रकाशित प्राप्तांकमा शैक्षिक योग्यतावापत मलाई प्रदान गरिएको अंकमा चित्त नबुझेकाले विपक्षीसमक्ष म्यादैभित्र आधारसहित परेको म समेतको निवेदनका सम्बन्धमा विपक्षी बैंकका सहायक विभागीय प्रवन्धक रविन्द्रप्रसाद बरालद्वारा ०६०।१।२१ को मितिमा हस्ताक्षर गरी प्रकाशित प्राप्तांक नियमसम्मत भएकोले सोही प्राप्ताङ्क कायम गरिएको व्यहोराको निर्णयानुसार जानकारी गराइएको थियो । ४. मध्यमाञ्चल ग्रामीण विकास बैंक लि.कर्मचारी नियम, २०५३ (संशोधन सहित)को अनुसूच