निर्णय नं. ७८४१ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८४१ - उत्प्रेषणयुक्त परमादेश भाग: ४९ साल: २०६४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६३/१०/२१ ५५१५ निर्णय नं.७८४१ ने.का.प.२०६४ अङ्क ४ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री पवन कुमार ओझा सम्बत २०५९ सालको रिट नं. ––२५९१ आदेश मितिः २०६३।१०।२१।१ मुद्दाः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः भक्तपुर जिल्ला वालकोट गा.वि.स. वडा नं. ६ बस्ने चक्रलाल श्रेष्ठ विरूद्ध विपक्षीः पुनरावेदन अदालत पाटन, ललितपुर, समेत § दण्डसजायको ६१ नं. बमोजिम निवेदन दिन पुनः अर्को वारेसनामा नै चाहिन्छ भन्न कानून सम्मत हुँदैन । वारेसले पक्ष सरह अ.वं. ७८ नं. र अ.वं. १३३ नं. बमोजिम कागज समेत गर्न पाउने कानूनी हैसियत राख्ने र सम्बन्धित पक्षलाई भएको अधिकार प्रयोग गर्न पाउने हुँदा पक्षले एकपटक एक अदालतमा एउटा मुद्दामा वारेसनामा दिएपछि अदालतबाट सो मुद्दाको अन्तिम किनारा नलागेसम्म पूनः सोही मुद्दाका सन्दर्भमा उत्पन्न अन्तरिम प्रकृतिका काम कारवाही गर्न वा त्यस्ता काम कारवाही बदर गराउन पटक पटक वारेसनामा दिई रहनु पर्दछ भन्ने कानूनको मनसाय होईन । वारेसले किनारा नभई मूल मुद्दा यथावत रहिरहे सम्म सो मुद्दामा भएका कारवाहीका सिलसिलामा भएका आदेशहरू वेरीतका हुन् भनि पक्षका तर्फबाट निवेदन दिन सक्ने नै हुन्छ । यस्ता प्रत्येक आदेश बदर गराउन छुट्टै वारेसनामा चाहिने भन्न उचित नहुने । (प्रकरण नं.१७) § न्याय सम्पादन कार्यमा कानुन व्यवसायीहरूको विशिष्ठ भूमिका हुन्छ । कानुन व्यवसायीलाई अदालतका सहयोगी मित्रको रुपमा मात्र होईन “अफिसर अफ द कोर्ट” को रुपमा मान्यता प्राप्त छ । अदालतले कानुन व्यवसायीको भनाईमा विश्वास गरेर कतिपय कुराहरू गर्दछ अनि त्यसमा भर गरेर न्याय निरूपण गर्दछ । न्यायलाई अझ चम्किलो पार्नमा कानून व्यवसायीको सकारात्मक योगदान हुन्छ । यस अर्थमा कानून व्यवसायी अदालतको यश अपयशमा अभिन्न रूपले संलग्न रहेकै हुने । (प्रकरण नं.२०) § प्रतिस्पर्धी न्याय प्रणाली (Adverserial Legal System) मा न्यायकर्ताले दुवै पक्षका सबै कुरा सुनेर खेलको अम्पायर सरह ठिक र सहि कुरा लिएर सहि निर्णय गर्न सक्दछ भन्ने मान्यता रहेको छ । हाम्रो न्याय प्रणाली यसै मान्यता अनुरुप संचालन भैरहेकोले अदालतले पक्ष विपक्षका सवै कुराहरू चाहे त्यो नाजायज नै किन नहोस् सुन्नु पर्दछ भन्ने कुरा पनि उठ्दछ तर प्रतिस्पर्धी न्याय प्रणालीका पनि निश्चित मान्यता छन्। जसरी फुटवल नीश्चित सीमा बाहिर जाना साथ आउट हुन्छ । त्यसै तर्कका आधारमा तथ्य, कानून, न्याय अनि कानून तथा न्यायका मान्य सिद्धान्तले निर्धारण गरेको सीमा (Boundary) भित्र कानून व्यवसायीले फुटबल रुपी बहसको खेल गर्न सक्दछ, पाउँछ वा मिल्दछ । सो सीमा भन्दा बाहिर कानून व्यवसायीका बहस ग्रहणयोग्य त हुँदैनन् नै स्वयं कानून व्यवसायीले समेत त्यस्तो सीमा बाहिर गएर अदालत समक्ष बहस प्रस्तुत गर्नु उचित हुदैन । अनि त्यो न्यायीक आचरण (Judicial Propriety) पनि हुन सक्दैन । कानून व्यवसायीले तथ्यले स्थापित नगरेका अर्थात हुँदै नभएका कुरा अनि कानून प्रतिकूलका कुराहरू गरेर अदालतलाई भ्रमित (Mislead) गर्नु गम्भीर बिषय हो । कानून व्यवसायीले आफ्ना क्रियाकलाप अनि आचरणहरू निर्धारित आचरण संहिता अनुकूल राख्न जरुरी हुने । (प्रकरण नं. २२) निवेदक तर्फबाट : विद्वान अधिवक्ताहरू श्री चक्रलाल श्रेष्ठ, श्री बालकृष्ण न्यौपाने र श्री शिवप्रसाद रिजाल विपक्षी तर्फबाट :विद्वान अधिवक्ता रक्षबहादुर