निर्णय नं. ६४२१ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४२१ - कर्तव्य ज्यान । भाग: ३९ साल: २०५४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५४/०२/१५ २९८८ निर्णय नं. ६४२१ ने.का.प. २०५४ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधिश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधिश श्री हरि प्रसाद शर्मा सम्बत २०५३ सालको फौ साधक नं.... १४० सम्वत् २०५३ सालकौ फो.पु.नं. ................११९५ फैसला मितिः २०५४।२।१५।४ मुद्दाः कर्तव्य ज्यान । वादीः मन कुमारी लिम्बूको जाहेरीले श्री ५ को सरकार समेत बिरुद्ध प्रतिवादीःजिल्ला सोलुखुम्बू सोलु गा.वि.स. वार्ड नं. ४ घर भै हाल केन्द्रिय कारागार शाखा त्रिपुरेश्वरमा थुनामा रहेको ज्ञान बहादुर राई § लाश जाँच मुचुल्का र पोष्टमार्टम रिपोर्ट समेतमा उल्लेख भएको घाउ चोट र निलडाम समेतवाट प्रतिवादी ज्ञान वहादुर राईले मृतकलाई कुटपिट गरी सोही चोट पटकवाट निजको मृत्यु हुन गएको पुष्टि हुन्छ । यस अवस्थामा प्रतिवादीको अदालतमा भएको इन्कारी वायन कतैवाट पुष्टि हुन नआई प्रहरीमा भएको साविती वयान नै पुष्टि हुन आएको देखियो । अतः लास प्रकृति मुचुल्का, तत्काल वुझिएका व्यक्तिहरुको भनाई, जाहेरवालाको वकपत्र र लासजाँच प्रतिवेदन समेतका प्रमाणवाट प्रतिवादी ज्ञान वहादुरले मृतक गिताराईलाई कुटपिट गरेकै कारण निजको मृत्यु भएको देखिंदा प्रतिवादीलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सजाय गर्ने गरेको शुरु जिल्ला अदालतको निर्णयलाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्र.नं.२४) § पुनरावेदन अदालत पाटनले मुलुकी ऐन अ.वं. १८८ नं. वमोजिम राय व्यक्त गरेको हकमा कारखानाका मैनेजर कुमार के.सी. समेतको व्यक्तिहरुले कुटपिट गर्दाको अवस्थामा संझाउन खोज्दा ढोका भित्रवाट वन्द गरी उल्टै उनीहरुलाई धाक धम्की दिई आफ्नी स्वास्नीलाई पिट्दै गरेको देखिएको यस अवस्थामा प्रतिवादीलाई सजाय कम गर्नु पर्ने कुनै अवस्था देखिन नआएकोले निजलाई ज्यान सम्वन्धिको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्म कैद हुन्छ । (प्र.नं. २५) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री हरिश्चन्द्र सुवेदी विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापती । अवलम्वित नजीरः x फैसला न्या.हरि प्रसाद शर्माः न्याय प्रशासन ऐन २०४८ को दफा ९ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. मिती २०५१।६।२१ गतेका दिन बडा दशै भएकोले श्रीमती गीता राई छोरा र म ब्यारेकमा खाना खाई फर्कि आऊंदा रक्सि खायौ र बाटोमा आऊंदा लड्यौं । कोठामा अऊंदा मुटु पोल्यो भन्दै गरेकी श्रीमती रक्सि बढि भयो कि भनेर पानी छर्केर सुताएं, दिऊंसो ४ बजे तिर गीता भनी बोलाउँदा नबोली निजको मृत्यु भएकोले कानूनी प्रकृया पूरा गरी पाऊं भन्ने समेतको ज्ञान बहादुर राईको जाहेरी दरखास्त । ३. २०५१।६।२१ गतेका राती २३.३० बजेको समयमा ज्ञान बहादुर राईले आफ्नो श्रीमतीलाई कोठाभित्र कुटपिट गरीरहेका छन् भन्ने थाहा पाई म खड्ग बहादुर, काजीमान समेत भई कोठामा जादां ढोका बन्द गरेको गीता राई ऐयाऐया भनेकी, ज्ञान बहादुरले श्रीमती गीतालाई कुट्दै गरेको आवाज समेत आएको, ढोका खोल्नुहोस किन यसरी कुटपिट गर्नुहुन्छ भन्दा लोग्ने स्वास्नी वीच मmगडा हो भनी जवाफ दिएकोले फर्कि कोठामा गई सुत्यौं । भोलीपल्ट २२ गते गीता राईको कोठामा मृत्यु भएको हुँदा ज्ञान बहादुर राईलाई कार्वाही गरी पाऊं भन्ने मिति ०५१।६।२५ गतेको कुमार के.सी.को जाहेरी दरखास्त । ४. ०५१।६।२१