निर्णय नं. ६४२४ - नाता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४२४ - नाता कायम भाग: ३९ साल: २०५४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५४/०१/०२ ३१३९ निर्णय नं.- ६४२४ ०५४, ने.का.प अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५२ सालको फौ.पु.नं. ... १२७६ फैसला मितिः २०५४।१।२।२ मुद्दाः नाता कायम । पुनरावेदक/वादीः दोलखा जिल्ला, सुनखानी गा.वि.स. वार्ड नं १ वस्ने परमाया (शिवाकोटी) पाठकको संरक्षक भई एकाघरकी आमा चन्द्रमाया पाठक । विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने रुद्र वहादुर शिवाकोटी । § कारणी वादी वक्क लाटी भएकीले आफूले कसैको पनि नाम उच्चारण गर्न नसक्ने अवस्था भएकोले कसको करणीबाट गर्भ रहेको भन्ने मुल प्रश्नमा अन्य मुद्दामा झै नाम नामेसी निर्णय हुँदैन । तसर्थ प्रतिवादी कान्छो शिवाकोटी भनी गाउँ घरमा वोलाउने प्रचलन रहेने हुँदा कारणीको नाममा विवाद नभएको अवस्था हुँदा समेत प्रस्तुत मुद्दामा वावुको नाममा विविधता आएको कारणले मुद्दाको मुल विषयमा निर्णय गर्नमा तात्विक महत्व नराख्ने हुँदा समेत पुनरावेदन अदालत पाटनबाट वादी दावा नपुग्ने ठहराएको मिति २०५२।१।७ को फैसला नमिलेकोले उल्टी हुने । (प्र.नं २०) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री राजु आचार्य प्रत्यर्थी प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ता श्री भिम वहादुर गुरुङ अवलम्वित नजीरः फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत, पाटनको २०५२।१।७ को फैसला उपर वादी तर्फबाट यस अदालतमा दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. मेरो लाटी छोरी र विपक्षी प्रति दिन आआफ्नो वारका वस्तु चराउने काममा जंगलको यात्रा गर्थे मेरी लाटी छोरीको ईशाराको भनाई अनुसार मैले पहिलो गहुँ टिपेको दिन भनेकाले सो दिन २०४७।२।२२ को दिन थियो । विपक्षी र मेरी लाटी छोरीको विचमा करणी लिनुदिनु भएको पहिलो दिन ज्यामिरेको पुछार गैरी गनेशे भन्ने खेतको छेउमा धारीमा रहेको वगरमा त्यस्तो करणीको कार्य सम्पन्न भएको बुझियो । उक्त कुराको पुष्टि लाटीले तत्कालिन प्र.पं. श्री खडग प्रसाद शिवाकोटीका घरमा विपक्षीलाई अंकित गरेर दांत भांचिएको भाईले मलाई यसो गर्यो भनेकोवाट पुष्टि हुन्छ । सो कुरा वाख्रा चराउन गएका नवराजले देखेका र सो भन्दा पछाडी पनि रमिते ढुंगाको ओडार तथा किराको ठुलो भन्ने ओडार समेतमा विपक्षी र उक्त लाटी विच करणी लिनु दिनु भएको कुरा नवराज बताउदै छन । २०४७ भाद्र सम्म पनि निज लाटीको मासिक धर्म रोकिएको थाहा पाई जानकारी लिंदा माथिकै कुरा पुष्टी भएको छ । यसरी विपक्षी र उक्त मेरी लाटी छोरीका विच भएको उक्त कुरालाई लिएर निजको अभिभावकसँग कुरा गर्दा नकारात्मक व्यवहार दर्शाइएको हुँदा लोग्ने स्वास्नीको ५ क. वमोजिम मेरी लाटी छोरी र विपक्षीका विच लोग्नेस्वास्नीको नाता कायम गराई पाउँ र उक्त लाटीको गर्भमा रहेको जातक पैदा भएपछि विपक्षीबाट न्वारन समेत गराई पाउँ भन्ने समेत व्यहाराको वादीको फिराद दावी । ३. विपक्षको फिराद दावी झूठा हो । विपक्ष चन्द्रमायाको छोरी परममाया आमा समानकी हुन । विपक्षी चन्द्रमायाको छोरी र मेरो विच करणी लिनु दिनु भएको छैन । पिता भारतमा नै काम गरी वस्नु हुने भएकोले पिता २०४६।११।१७ मा घर आई म र पिता २०४७।१।१३ गते नै भारत तर्फ गै २०४७ सालको वैशाख जेष्ठ र आषाढ समेत ३ महिना भारतमा नै बसि २०४७।४।९ गते मात्र घर आएको हुँ । विपक्षी परम माया र ऐ. वार्ड नं. २ बस्ने रामजी शिवाकोटीको विर्य हो म रुद्र वहादुरको होइन भ