निर्णय नं. ७८४३ - जालसाज समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८४३ - जालसाज समेत भाग: ४९ साल: २०६४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६४/०४/१८ ४९३६ निर्णय नं. ७८४३ ने.का.प.२०६४ अङ्क ५ पूर्ण इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्बत् २०६४ सालको प्रतिवेदन नं. ००२३ आदेश मितिः२०६४।४।१८।६ विषय :- दोहोर्‍याई पाउने निस्सा नहुने आदेश उपर पुनरावलोकन निवेदन लाग्ने नलाग्ने सम्बन्धमा । निवेदक/प्रतिवादीः किशोरी महतो सुडी विरूद्ध विपक्षी/वादीः रामसरोवर देवी समेत मुद्दा :- जालसाज समेत । § शुरु अदालतले गरेको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को अवस्थाका मुद्दाहरूमा बाहेक अन्य मुद्दामा एक तह मात्र पुनरावेदन अदालतबाट इन्साफ जाँचे पुग्छ, एउटै मुद्दामा पटक पटक तह तह सुनुवाई गरी इन्साफ जाँचिरहन नपर्ने । § दुई तहको एउटै राय भएमा इन्साफ पर्छ र मुद्दा लम्बिन हुदैन बरू चाँडो अन्त्य हुनुपर्छ भन्ने अवधारणा र मान्यताले शुरु र पुनरावेदन तहको राय मिलेमा न्याय प्रशासन ऐनको दफा १२ को अवस्था बिद्यमान भएमा मात्र Supervisory Jurisdiction अन्तर्गत यस अदालतले दोहोर्‍याई हेर्न सक्ने। (प्रकरण नं. ५) § पुनरावेदन सुन्ने व्यवस्था Extention of original jurisdiction भएको कारण शुरु अदालतले सरह पुनरावेदन सुन्ने अदालतले पनि आवश्यकता अनुसार सवुद प्रमाण बुझ्ने लगायतका सम्पूर्ण कार्यविधि पूरा गरी निर्णय गर्न सक्तछ तर Supervisory jurisdiction अन्तर्गत दोहोर्‍याई हेर्दा वा पुनरावलोकन गर्दा ऐनमा तोकिएको सीमित आधारमा मात्र हेर्नुपर्ने । (प्रकरण नं.८) § एक पटक अदालतले न्याय प्रशासन ऐनको दफा १२ को अवस्था विद्यमान नभएको ठहर गरी Statutory finality clause अन्तर्गत अन्तिम भैसकेको मुद्दालाई न्याय प्रशासन ऐन, २०४८ को अर्को दफा अन्तर्गत मुद्दा re-open हुन सक्दैन । यदि पुनरावेदन अदालतको फैसलामा त्रुटि भए न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गतको कुनै निवेदनको सुनुवाई गर्ने इजलासले नै निस्सा प्रदान गर्ने थियो । अतः एउटै मुद्दामा दफा १२ अन्तर्गतको निवेदनमा यस अदालतले मुद्दा दोहोर्‍याई हेर्न पर्ने अवस्था नदेखेर टुंगो लागिसकेपछि पुनरावलोकनलाई हतियार बनाएर मुद्दा re-open हुन नसक्ने । (प्रकरण नं.१४) निवेदक प्रतिवादी तर्फबाट : विपक्षी वादी तर्फबाट : अबलम्वित नजीरः ने.का.प.२०४८ सालको निवेदन प्रतिवेदन नं.२१ आदेश १. यसमा शुरु महोत्तरी जिल्ला अदालतको मिति २०५९।२।१९ को फैसला सदर गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०६१।८।२३ को फैसला उपर प्रतिवादीको यस अदालतमा मुद्दा दोहोरयाई हेरिपाउँ भनी परेको निवेदनमा उक्त फैसलामा न्याय प्रशासन ऐन, २०४९ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान नरहेकोले मुद्दा दोहोरयाई हेर्न नमिल्ने गरी यस अदालतको संयुक्त इजलासबाट मिति २०६३।७।२४ मा आदेश भएकोमा सो आदेश उपर पनि मुद्दा पुनरावलोकन गरिपाऊँ भनी प्रतिवादीको परेको निवेदन यस अदालतका सहरजिष्ट्रारबाट मिति २०६४।१।३१ मा दरपीठ भएकोमा सो उपर परेको निवेदनमा यस अदालत एक न्यायाधीशको इजलासबाट मिति २०६४।३।३१ मा उक्त दरपीठ आदेश बदर भएको पाइन्छ । यस अदालत पूर्ण इजलासबाट रणबहादुर खड्का विरूद्ध फुलकुमारी नेपाल भएको लिखत बदर मुद्दामा दोहोरयाउने निस्सा नहुने आदेश पुनरावलोकन हुने प्रकृतिको विषयवस्तु हो भन्न नमिल्ने भन्ने सिद्धान्त प्रतिपादन भइरहेको र सो अनुरुप नै मुद्दा दोहोर्‍याउने निस्सा नहुने आदेश पुनरावलोकन गरिपाऊँ भन