निर्णय नं. ७८४४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८४४ - कर्तव्य ज्यान भाग: ४९ साल: २०६४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/११/२७ १२३२५ निर्णय नं. ७८४४ ने.का.प.२०६४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत् २०६० सालको फौ.पु.नं. ...३३७५ संवत् २०६० सालको निवेदन नं. .....४६३८ संवत् २०६१ सालको साधक नं. ....४९४ फैसला मितिः २०६३।११।२७ विषयः पुनरावेदन सरह मुद्दा हेरी पाउँ । पुनरावेदक वादीः मानकुमारी थापाको जाहेरीले, नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादीः मोरङ जिल्ला विराटनगर उ.म.न.पा. वडा नं. २० घर भै हाल रुपन्देही जिल्ला बुटवल नगरपालिका वडा नं. १३ बस्ने कन्हैया राय कुर्मी समेत निवेदक/प्रतिवादीः रुपन्देही जिल्ला बुटवल न.पा. वडा नं. १३ बस्ने कृष्ण काकी क्षेत्रीको हकमा निजको पिता मोहन सिंह कार्की विरूद्ध प्रत्यर्थी/वादीः मानकुमारी थापाको जाहेरीले, नेपाल सरकार वादीः मानकुमारी थापाको जाहेरीले, नेपाल सरकार विरूद्ध प्रतिवादीः रूपन्देही जिल्ला बुटवल नगरपालिका वडा नं. १३ बस्ने कृष्ण कार्की के.सी. मुद्दाः कर्तव्य ज्यान । § अपराध घटेको तथ्य पुष्टि भइरहेको अवस्थामा साना तिना प्राविधिक विषयको पछि लागी अभियुक्तलाई सफाइ दिदै जाने हो भने समाजले अपराधको भयबाट कहिल्यै मुक्ति नपाउने र अपराध गर्नेलाई दण्डित गर्ने फौजदारी न्यायको अभिष्ट समेत पराजित हुने । § फौजदारी कसूर प्रमाणित हुन मनसाय तत्व अनिवार्य हुने फौजदारी न्याय प्रणालीको आधाभूत मान्यता हो । मनसायको परिभाषा, विस्तार र सीमाको सम्बन्धमा फौजदारी कानूनमा स्पष्ट रुपमा परिभाषित गरी किटान नगरिएको भए पनि फौजदारी विधिशास्त्रको स्वीकृत मान्यता र हाम्रो फौजदारी कानूनको आवश्यकतानुसार प्रयोगको सिलसिलामा त्यसको व्याख्या गर्नुपर्ने । § मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं. मा रहेको “कानून बमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको उद्योग गर्न हुँदैन” भन्ने कानूनी प्रावधानले समष्टिगत रुपमा गैरकानूनी ढंगबाट कसैको ज्यान मार्ने कार्यलाई निषेध गरेको पाइन्छ । उक्त कानूनी व्यवस्था बमोजिमको फौजदारी दायित्वबाट छुटकारा पाउन मानिस मारेको कार्य कानून अनुरुपको हो भन्ने पुष्टि प्रतिवादीले गर्न सक्नु पर्ने । (प्रकरण नं.४६) § कुनै निश्चित घटना कुनै अवस्थामा दोषपूर्ण मानिन्छ भने त्यो कार्य अनिच्छित वस्तु (व्यक्ति वा सम्पत्ति) माथि घट्न पुग्छ भने पनि त्यसमा मनसाय नरहेको भन्ने कुराको महत्व रहँदैन। उसको अपराधिक दुराशय एउटा वस्तुबाट अर्कोमा सर्दछ भन्ने कानूनी अनुमान रहन्छ। यस्तो अवस्थामा अभियुक्तलाई कानूनी प्रयोजनको लागि मनसायपूर्वक प्रहार गरेको ठानी व्यवहार गरिनु पर्ने । (प्रकरण नं.४९) § प्रतिवादीले लक्षित गरेको व्यक्तिलाई ताकी प्रहार गरेको चोट गैरकानूनी छ भने सो चोटको प्रहारबाट जोसुकैलाई आहत गरे पनि प्रतिवादीको कसूरको अपराधिकता प्रवाहित भइरहन्छ र सोबाट पीडित जोसुकै उपरको कार्य आपराधिकताको सिमा भित्र पर्न जाने । § कुनै कार्य गैरकानूनी हो वा होइन भनी छुट्याउन साधारणतया कानूनसम्मत उद्देश्यको लागि गरिएको कार्य हो वा होइन भनी हेर्नु पर्दछ र कानूनसम्मत उद्देश्यको लागि गरिएको कार्य होइन भने गैरकानूनी कार्यको परिणामको दायरा कसलाई, कसले, कति चोट परेको छ भन्ने आधारमा किटान गर्नुपर्ने । § फौजदारी कानूनमा कतिपय अवस्थामा निरपेक्ष दायित्व किटान गरिएको हुन्छ । त्यस्तोमा उद्देश्य जे भए पनि परिणाम खराब छ भने त्यसका लागि उत्