निर्णय नं. ७८४५ - सरकारी छाप दस्तखत किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८४५ - सरकारी छाप दस्तखत किर्ते भाग: ४९ साल: २०६४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६४/०३/०३ ५२९७ निर्णय नं. ७८४५ ने.का.प.२०६४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संबत् २०६२ सालको फौ.पु.नं. ......३६०६ फैसला मितिः २०६४।३।३।१ मुद्दाः सरकारी छाप दस्तखत किर्ते । पुनरावेदक वादीः प्रहरी प्रतिवेदनले श्री ५ को सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादीः चीन तिब्बतियन नागरिक हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.६ बस्ने तिब्बतियन शरणार्थी लोप्साङ नोर्वु लामा § दण्ड सजायको ११क नं. को प्रयोग गर्दा मूलतः सजाय दिने अधिकारीले कानून र सिद्धान्त विचार गरी प्रयोग गर्नुपर्ने । § पहिला पटक कसूर गरेका कसूरदारको क्रियाले समाजमा गम्भीर रुपमा हानी पुर्याएको अवस्था छैन, कानून बमोजिम वैकल्पिक सजाय गर्दा निजमा सुधारको सम्भावना देखिन्छ र यस्तो व्यक्ति समाजमा सभ्य, योग्य र सुशिल नागरिकको रुपमा उभिन सक्छ भन्ने लाग्दछ भने त्यस्तो सुविधा प्रदान गरिनु उपयुक्त हुने । § कस्तो अवस्थामा दण्ड सजायको ११क नं. को प्रयोग गर्ने भन्ने कुराका हकमा मूलतः कसूरको गम्भीरता, सजायको मात्रा, कसूरबाट पीडित वर्गमा पर्ने मर्का, सार्वजनिक हकहित र नैतिकतामा पर्ने असर, क्षति पूरणीय वा अपूरणीय के हो ? कसूर गरेको ठहर भएका व्यक्तिमा पश्चातापको भाव झल्केको छ, छैन र निजमा सुधारको संभावना छ, छैन आदि विचार गरी त्यस्तो व्यवस्थाको अर्थपूर्ण एवं सार्थकढंगले प्रयोग गर्नु पर्दछ । यस कानूनी व्यवस्थाको प्रयोग गर्दा किञ्चित पनि दुरूपयोग वा लापरवाहीपूर्ण प्रयोग भयो भने सजायको उद्देश्य हासिल हुदैन र कानूनको अभिष्ट पराजित हुन्छ । दण्ड सजायको ११क नं. को प्रयोग गर्दा उल्लेखित कुराहरू दण्ड सजाय दिने अधिकारीले विचार पुर्याउनु पर्ने । (प्रकरण नं.२१) पुनरावेदक वादी तर्फबाट :विद्वान सह न्यायाधिवक्ता श्री युवराज सुवेदी प्रत्यर्थी प्रतिवादी तर्फबाट : अबलम्वित नजीरः फैसला न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०६१।४।२२ को फैसला उपर वादी तर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदन यसै अदालतको अधिकारक्षेत्र भित्र पर्ने हुँदा मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– २. लोप्साङ नोर्वुको डेरा तलासीलिने क्रममा जिल्ला प्रशासन कार्यालय मनाङबाट जारी भएको ६६५–०३७–३८ नं. को किर्ते नागरिकता फेला परेकोले निज लोप्साङ लामालाई समेत पक्राउ गरी ल्याएका छौ कानून बमोजिम गरिपाऊँ भन्ने समेत प्र.ना.नी. कृष्ण गोपाल पनेरु समेतका मिति २०६०।५।८।२ को प्रतिवेदन । ३. लोप्साङ नोर्वु भन्ने लोप्साङ लामाको डेरा कोठाबाट ६६५–०३७–३८ नं.को जिल्ला प्रशासन कार्यालय मनाङबाट जारी भएको नागरिकता फेला परेको हो भन्ने समेत मिति २०६०।५।८।२ को बरामदी मुचुल्का । ४. म तिब्वतियन नागरिक भए पनि आज भन्दा ९ वर्ष पहिला देखि नेपाल आई शरणार्थी कार्ड समेत पाइसकेको छु र लमजुङ जिल्लाको अन्जु पौडेलसँग २ वर्ष अघि विवाह गरी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ मा बस्दै आएको छु । पहिला ठमेल स्थित होटेल संचालन गर्दा वाङजे लामा नाम गरेको व्यक्तिले मसँग रु.१०००।– रुपैया र नेपाली टोपी लगाएको फोटो मागेकोले मैले उक्त फोटो दिए पछि निजले जिल्ला प्रशासन कार्यालय लेखिएको प्याड ल्याई के कहाँ लगी के कसरी तयार गरी मसँग आई मलाई उक्त नेपाली नागरिकता प्रमाणपत्र दिएको र म सँग रु.१०००।– मागेक