निर्णय नं. ७८४६ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८४६ - परमादेश भाग: ४९ साल: २०६४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६४/०४/३२ ३९०२ निर्णय नं.७८४६ ने.का.प.२०६४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री गौरी ढकाल संवत २०६३ सालको रि.नं. २८८ फैसला मितिः २०६४।४।३२।६ मुद्दाः– परमादेश । निवेदकः जिल्ला मकवानपुर हटौंडा न.पा.वडा नं. ७ घर भै हाल का.जि.का. म.न.पा.घर नं. १९४ वडा नं. १० बस्ने भुपेन्द्रप्रसाद पोखरेल विरूद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय, सिंहदरबार काठमाडौं समेत § के कस्तो प्रसारण यन्त्र प्रयोग गरी नेपाल वान टेलिभिजनले कहाँबाट कसरी प्रसारण गरिरहेको छ, कानून प्रतिकूल गै प्रसारण गरे नगरेको भन्ने तथ्ययुक्त विषयसँग सम्बन्धित निकाय सूचना तथा सञ्चार मन्त्रालय रहेको, सूचना तथा सञ्चार मन्त्रालयले नै नेपाल वान टेलिभिजन भारतमा दर्ता भई भारतीय भूमिबाट भू–उपग्रहको माध्यमबाट प्रसारण भएको संस्था भनी लिखित जवाफ फिराए पछि निवेदन जिकिर बमोजिम नेपालबाट नै नेपाल वान टेलिभिजनले कार्यक्रम प्रसारण गरेको भनी अदालतले सम्झनु पर्ने अवस्था नरहने । (प्रकरण नं.९) § राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा ९ को व्यवस्था स्याटेलाईट तथा केबुल टेलिभिजन सम्बन्धी भू–उपग्रह प्रसारण केन्द्र नेपालमा स्थापना गरी कार्यक्रम प्रसारण गर्न नेपाल सरकारको स्वीकृती लिनु पर्ने कुरासँग सम्बन्धित हुँदा उक्त कानूनी प्रावधान भारतमा प्रसारण केन्द्र स्थापना भै प्रसारण हुने टेलिभिजन च्यानलका हकमा आकर्षित नहुने । (प्रकरण नं.१०) § नेपाल वान टेलिभिजन नेपालमा के कसरी प्रसारण भएको छ सो को जानकारी पाउनु पर्ने भन्ने निवेदन जिकिर लिएकोमा निवेदकले जानकारी राख्न खोजेको विषयमा जानकारी प्राप्त गर्न सक्ने अवस्था रहेको, नेपाल वान टेलिभिजनको स्याटेलाईट तथा केवुल टेलिभिजन सम्बन्धी नेपालमा भू–उपग्रह प्रसारण केन्द्र स्थापना गरी प्रसारण भएको भन्ने कुरा नदेखिने। (प्रकरण नं.११) निवेदक तर्फबाट : विद्धान अधिवक्ता श्री भुपेन्द्रप्रसाद पोखरेल र विद्वान अधिवक्ता श्री नैन विनोद न्यौपाने विपक्षी तर्फबाट : उपस्थित उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी र विद्वान अधिवक्ता श्री विरेन्द्रकुमार ठाकुर अबलम्वित नजीरः आदेश न्या. मीनबहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३, ८८(२) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र आदेश यसप्रकार छः– २. राष्ट्रिय प्रसारण ऐन, २०४९ को अधिनमा रही प्रसारण सम्बन्धी कार्य गर्नमा कुनै पनि व्यक्ति वा संगठित संस्थालाई स्याटेलाईट, फ्रिक्वेन्सी मोडुलेशन प्रसारण प्रणाली, केवल र भू–उपग्रह प्रसारण केन्द्र सञ्चालन गर्नमा रोक लगाएको छैन । विगत ३,४ वर्ष नेपालमा प्रसारण भै आएको नेपाल वान टेलिभिजन नेपाल सरकारको नीति नियमको अधिनमा रही कुनै पनि निकाय समक्ष दर्ता भएको छैन । बिना दर्ता बिना ईजाजत प्रसारण हुनु राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरीत छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १६ को व्यवस्था अनुसार प्रत्येक नागरिकलाई सार्वजनिक महत्वको कुनै पनि विषयको सूचन माग्ने र पाउने हक हुने छ भन्ने स्पष्ट व्यवस्था गरेको छ । राष्ट्रिय प्रसारण ऐन, २०४९, राष्ट्रिय प्रसारण नियमावली, २०५२ विपरीत टेलिभिजन प्रसारण हुनु अपलिङ्ग सेवा प्रयोग गरी विदेशबाट प्रसारण गरिनुले नेपालको ऐन नियमले बुझाउनु पर्ने कर, राजश्व, दस्तुर छलेको अवस्था छ । नेपाल वान टेलिभिजन राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा ४, १० राष्ट्रिय प्रसार