निर्णय नं. ७८४८ - भ्रष्टाचार (आलुको बिउ वितरण गर्दा बढी मोल लिई आलु रकम समेत हिनामिना गरेको)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८४८ - भ्रष्टाचार (आलुको बिउ वितरण गर्दा बढी मोल लिई आलु रकम समेत हिनामिना गरेको) भाग: ४९ साल: २०६४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६३/१२/१९ ५५१३ निर्णय नं. ७८४८ ने.का.प.२०६४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा सम्वत् २०५६ सालको फौ.पु.नं....१९८७, २२०८ फैसला मितिः २०६३।१२।१९।२ मुद्दाः भ्रष्टाचार (आलुको बिउ वितरण गर्दा बढी मोल लिई आलु रकम समेत हिनामिना गरेको) । पुनरावेदक प्रतिवादीः सिरहा जिल्ला सिरहा गा.वि.स.वडा नं. २ बस्ने अशोक शाह विरूद्ध प्रत्यर्थी वादीः नेपाल सरकार, विशेष प्रहरी विभाग पुनरावेदक प्रतिवादीः जिल्ला महोत्तरी गा.वि.स. वनौली ९ बस्ने बतहु दास विरूद्ध प्रत्यर्थी वादीः नेपाल सरकार, विशेष प्रहरी विभाग § कुनै राष्ट्रसेवकले आफ्नो ओहोदाको वा सो सम्बन्धी काम कुरा गर्दा राष्ट्रिय वा सार्वजनिक सम्पत्ति वा आफ्नो नियन्त्रण वा जिम्मामा रहेको सरकारको वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल अचल सम्पत्ति घट्न गएको वा न्यून हुन पुगेको वा मासिएको भएपनि भ्रष्टाचार ठहर्नका लागि नेपाल कानून वा आफूले गरेको शपथ, शर्त वा कवुलियत संझौता जानी जानी पालना नगर्नु, सुविधा वा अधिकार दुरूपयोग गर्नु, लापरवाही वा वद्नियत वा जालसाजी तत्वहरूको अनिवार्यता भई त्यस्तो कार्य गरेको हुनु जरुरी देखिने । (प्रकरण नं.४५) § आफ्नो बयान स्वहस्ताक्षरबाट लेखिँदैमा त्यस्ता लेखक प्रतिवादीहरूले आफ्नो लेखात्मक बयानमा स्वेच्छाले आफ्नो राजीखुशीपूर्वक नै लेखे होलान भन्न सकिने स्थिति नभई निजहरू उपर शारीरिक तथा मानसिक एवं त्यस्तै अन्य प्रकारले डर, धाक, धम्की एवं अनुचित दवाव पार्न सक्दैन भनी अनुमान गर्न सकिने अवस्था नहुने । (प्रकरण नं.४६) § भ्रष्टाचारको कसूर गरेको भन्ने प्रमाणको भार प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम अभियोजन पक्षले खम्विर गराउन सकेको समेत नदेखिई सोको पुष्टयाई गर्ने शंकारहित र दुविधारहित ठोस, स्पष्ट, भरपर्दो र तथ्यपूर्ण प्रमाण समेत रहे भएको नदेखिँदा भ्रष्टाचार जस्तो व्यक्ति मात्रको नैतिकतासँग सम्बन्धित अभियोगमा कसूरदार ठहर्याउन न्यायोचित समेत नहुने। (प्रकरण नं.४७) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताद्धय श्री कमल नारायण दाश तथा श्री सतिस झा प्रत्यर्थी वादी तर्फबाट : विद्वान उप न्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेलल अबलम्वित नजीरः फैसला न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत हेटौडाले गरेको फैसला उपर प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- २. यस कृषि शाखा बाराको अड्डा प्रमुख कृ.वि.अ. श्री अशोक साहले ०४० साल कार्तिक महिनामा आलुको बीउ जम्मा २५० क्वीन्टल विराटनगर कोल्ड स्टोरेजबाट रु.३२०।– प्रति क्वीन्टलका दरले खरिद गरी रु.४००।– प्रति क्वीन्टलमा कृषकहरूलाई बेची प्रति क्वीन्टल रु.८०। का दरले रु.२,०००। बढी रकम लिइएको, विराटनगर देखि कलैया सम्मको दुई पटककको ढुवानी वापतको ट्रक भाडा रु.५,६००।– मा रु.४,०००। मात्र लागेको रु.१,६००।– निजले नै मिलाएर खाएको, ज्वाला आर्ट कलैयासँग मिलोमतो गरी आ.व. ०३९।४० मा रु.३,३६८।– मासेको, २०३९ साल आश्विनमा आलु बीउ खरीद गरेको देखिएको र २०४० साल वैशाखमा मात्र स्टोर दाखिला गरेको रु.२६,८२०। को रकम भ्रष्टाचार गरेको, पटक पटक गरी गाडी मर्मत गर्ने निहुँमा रकम भ्रष्टाचार गरेको, त्यस