निर्णय नं. ७८४९ - उत्प्रेषण परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८४९ - उत्प्रेषण परमादेश भाग: ४९ साल: २०६४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६४/०३/२० ६२९५ निर्णय नं. ७८४९ ने.का.प.२०६४ अङ्क ५ संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के. सी. माननीय न्यायाधीश श्री पवनकुमार ओझा सम्वत २०६२ सालको रिट नं. ––२८६६ आदेश मितिः २०६४।३।२०। मुद्दा :- उत्प्रेषण परमादेश । निवेदकः एन. आर सि. प्रा. लि. अन्तर्गत संचालित का. जि. का. म. न. पा. वडा नं. १ दरबार मार्ग होटेल याक एण्ड यति परीसर स्थित क्यासिनो रोयल तथा आफ्नै हकमा समेत ऐ. का महाप्रवन्धक टि.आर.भट्ट विरूद्ध विपक्षीः श्रम अदालत काठमाडौं समेत § श्रम कानूनले रोजगार दिने र रोजगार पाउनेलाई समान हैसियतमा ब्यवहार गर्नु पर्दछ भने समान हैसियतमा रहने रोजगार पाउने माथि रोजगार दिनेलाई नियन्त्रण नियमनको अधिकारको समेत व्यवस्था गरेको हुनुपर्ने । (प्रकरण नं.१९) § आधारभुत रुपमा परीक्षणकालको व्यवस्था गर्ने व्यवस्थापकीय अधिकार अन्तर्गतकै कुरा हो र व्यवस्थापकले परीक्षणकालमा राख्न आवश्यक छ, छैन र परीक्षणकालमा राखिएको व्यक्ति ठिक छ, छैन भन्ने कुरामा निर्णय गर्न पाउने गरी नियम बनाउन हुन्छ तर सो बिषयमा कानूनले कुनै व्यवस्था गरेको रहेछ भने सो कानूनले निर्धारण गरेको हदसम्म व्यवस्थापकले आफ्नो स्वविवेक प्रयोग गरी निर्णय गर्न नसक्ने । कानूनकै कुरा लागू हुने। (प्रकरण नं.२३) § श्रम कानूनमा २४० दिनको परीक्षणकाल सकिए पछि पुनः थप्ने व्यवस्था नहुँदा टिप्पणी (Remark) र सिफारिस कानूनसम्मत रहेको देखिँदैन भने निज स्वयं परीक्षणकाल हटाउने वा राख्ने कुराको निर्णयकर्ता नहुँदा परीक्षणकाल समाप्त भएको निर्णय भैसकेको भनेर सम्झन सकिने पनि भएन । मूल्याङ्कन फाराम भरिनु मात्रै श्रम ऐन, २०४८ को दफा ४(२) ले परिकल्पना गरेको स्थायी गर्ने कुराको लागि पर्याप्त नहुने । § कुनै कामदारलाई नियुक्ति गर्ने अख्तियारी भएका व्यक्तिले मात्र सुपरभाइजरले गरेको मूल्याङ्कनको विश्लेषण गरी स्थायी गर्न पर्ने हो, होईन ? भन्ने निष्कर्ष निकाल्नु पर्ने हुन्छ। मूल्याङ्कन फाराम भर्ने सुपरभाईजरको मूल्याङ्कन स्थायी गर्ने कुरामा निर्णायक आधार हुन सक्दछ तर सुपरभाइजर नै सो कुराको निर्णयकर्ता हुन नसक्ने । (प्रकरण नं.३०) § श्रम ऐन, २०४८ ले पद वर्गीकरण भित्रको पदमा नियुक्ति पत्र दिएर काम लगाउन पर्ने वाध्यता गरेको छ । सो बाहेक तालिमे नाउँबाट काम लगाउन सकिने गरेको पाईदैन । औद्योगिक प्रशिक्षार्थी ऐन, २०३९ अन्तर्गत तालिममा राख्न सकिने ब्यवस्था देखिन्छ । रिट निवेदकले प्रत्यर्थीलाई सो ऐनको ब्यवस्था अनुरुप तालिममा राखेको भन्न सकेको पनि देखिएन । यसबाट प्रत्यर्थी निवेदक प्रतिष्ठानको गेष्ट रिलेशन अफिसर पदमा लगातार २४० दिन भन्दा बढि समयदेखि कार्यरत रहि श्रम ऐन, २०४८ को दफा ४(२) को शर्त पुरा भएकै देखिने । (प्रकरण नं.३२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता कोमलप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री अमृत बस्नेत, विद्वान अधिवक्ताद्धय रमेश बडाल र सन्तोषकुमार प्रसाई अबलम्वित नजीरः फैसला न्या.पवनकुमार ओझाः लक्ष्मी दंगाल यस क्यासीनो रोयलमा गेष्ट रिलेशन अफिसरमा ५ मे. २००२ मा नियुक्ती पत्र दिंदा १ मे २००२ देखि लागु हुने गरी साप्ताहिक बिदा र सार्वजनिक बिदा समेत गरी २४० दिन पुरा नगरेसम्म परीक्षणकालमा राखिएको र व्यवस्थापनले कुनै कारण नखोली परीक्षणकालिन नोकरी अन्त्य गर्न सक्ने प्रावधान राखिएको समेत थियो । सो अवधिमा भएको गरेको कामको मूल्यांकन गर्दा निजको कार्य ज्याद