निर्णय नं. ७८५२ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८५२ - बन्दीप्रत्यक्षीकरण भाग: ४९ साल: २०६४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६४/०२/०२ ३८७५ निर्णय नं.७८५२ ने.का.प.२०६४ अङ्क ४ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री बलराम के. सी. सम्बत ०६४ सालको रिट नं. ०६३-WHO-००३५ फैसला मितिः २०६४।२।२।४ बिषय :- बन्दीप्रत्यक्षीकरण । निवेदकः जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं. ३३ मैतीदेवी घर भै हाल कारागार कार्यालय काठमाडौं अन्तर्गत केन्द्रीय कारागार कार्यालय काठमाडौंमा थुनामा रहेको शिवलाल पोडे विरूद्ध विपक्षीः काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौं समेत § अदालतको फैसला कार्यान्वयनको सिलसिलामा परेको थुनालाई Lawfull Detention मानिन्छ । Lawfull Detention बाट व्यक्ति स्वतन्त्रता अपहरण हुन नहुने । (प्रकरण नं.९) § देशको दण्डनीय कानून उल्लंघन गरेको कारण कानूनले अधिकार पाएको राज्यको अपराध अनुसन्धान गर्ने निकायबाट अपराधको अनुसन्धान भै संवैधानिक व्यवस्था बमोजिम सरकारी वकीलले अभियोग लगाई कानूनले तोकेको अदालतले सवूद प्रमाण बुझी सबूद प्रमाणको आधारमा सक्षम अदालतले कानून बमोजिम गरेको सजायमा चित्त नबुझेकोले कानूनी व्यवस्था बमोजिम माथिल्लो अदालतमा पुनरावेदन गर्नुपर्ने । (प्रकरण नं.१०) § देशको दण्डनीय कानून उल्लंघन गरे बापत सक्षम अदालतबाट भएको सजाय उपर असाधारण अधिकार क्षेत्र अन्तर्गत निवेदन लाग्न सक्दैन । साधारण अधिकार क्षेत्र अन्तर्गत पुनरावेदन गर्न पर्दछ । अदालती निर्णय उपर असाधारण अधिकार क्षेत्र अवरूद्ध हुने केही अपवाद हुन सक्छ । जस्तो अधिकारै नभएको निकायले मुद्दा चलाई Prosecute गरेको Apparent error on the face of the record का केही सिमित अवस्थाहरूमा मात्र असाधारण अधिकार क्षेत्र अन्तर्गत बन्दीप्रत्यक्षीकरणको निवेदनबाट हेरिन्छ । सो बाहेक अन्य अवस्थामा सक्षम अदालतले गरेको फैसलामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) को असाधारण अधिकार क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं.१२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नारायण श्रेष्ठ विपक्षी तर्फबाट : अबलम्वित नजीरः आदेश १. नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ र ३२ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– २. म निवेदकलाई मिति २०६२।८।१९ गते म बाट BUPRENORPHINE INJECTION पिस तथा NITPAZEPAM TABLESTIP NITRAVAT 10 भनी लेखिएको tablet ५६ पिस NITRAZEPAM TABLETS IP NITROSUN 10 भनी लेखिएको tablet ९० पिस तथा BUPRENORPHINE INJECTION IP BORPHIN भनी लेखिएको इन्जेक्शन १५० सम्पूल बरामद भएको भनी वरामदी मुचुल्का तयार गरी लागु औषध नियम कानून कार्यालय इकाई नयाँ वानेश्वरले पक्राउ गरी अनुसन्धान गरी लागु औषध नियन्त्रण ऐन, २०३३ को संशोधन सहितको दफा ४ को देहाय (१) र (च) बमोजिमको निषेधित कसूरमा ऐ. को दफा १४(१) को देहाय (झ) बमोजिमका सजाय माग दावी गरी काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरी मुद्दाको कारवाही शुरू भएको र थुनछेकको आदेशको क्रममा मलाई रु.३५,०००।– धरौटी माग गरिएको र सो बमोजिम मैले रकम दाखिल गरी तारेखमा बसी मुद्दा पुर्पक्ष गरी आएकोमा मिति २०६३।१२।१९ मा साढे तीन बर्ष कैद र १२,५००।– रुपैयाँ जरिवाना भएको भनी मिति २०६४।१।७ मा लागुऔषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँ बानेश्वरबाट पक्राउ गरी थुनुवा पूर्जी नदिई सोही दिन श्री कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा राखिएको छ । ३. लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा २३(क) मा प्रचलित कानून बमोजिम हुने भनी य