निर्णय नं. ७८५३ - उत्प्रेषण, परमादेश लगायत जो चाहिने उपयुक्तआदेश वा पूर्जी जारी गरि पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८५३ - उत्प्रेषण, परमादेश लगायत जो चाहिने उपयुक्तआदेश वा पूर्जी जारी गरि पाउँ भाग: ४९ साल: २०६४ महिना: असोज अंक: ६ फैसला मिति :२०६४/०५/२७ ३७८१ निर्णय नं. ७८५३ ने.का.प.२०६४ अङ्क ६ सर्वोच्च अदालत पूर्ण इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री गौरी ढकाल सम्बत् २०६३ सालको रि.पु.इ.न...WF ०००८ आदेश मितिः २०६४।५।२७।५ विषयः उत्प्रेषण, परमादेश लगायत जो चाहिने उपयुक्तआदेश वा पूर्जी जारी गरि पाउँ । निवेदकः काठमाडौं जिल्ला का.म.पा वडा नं. ३४ वस्ने भागिरथी पालिखे विरूद्ध प्रत्यर्थीः काष्ठमण्डप स्कूल अफ पव्लिक अफेयर्स म्यानेजमेण्ट, का.म.पा.–३५ कोटेश्वर समेत § पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० बमोजिम संस्थापित उक्त विश्व विद्यालय एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित सँगठित संस्था रहेको हुँदा त्यस्तो कानून बमोजिम स्थापित संस्थाले कानूनको परिधिभित्र रही आफ्नो कामकारवाही र कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । कानूनी आधारको अभावमा गरिएको कुनै पनि निर्णयले अन्य दृष्टान्तको आडमा वैधानिकता प्राप्त गर्न नसक्ने । § अमूक– अमूक विश्वविद्यालयको शैक्षिक कार्यक्रम र परीक्षा नीति कस्तो रहने भन्ने कुरा तत्–तत् संस्थासँग सम्बन्धित ऐन, नियम विनियम र निर्देशिका आदिले निर्धारण गरिने विषय हो । कुनै पनि विषयलाई नियन्त्रित गर्ने कुरा कानूनमा स्पष्ट रूपमा व्यवस्थित गरिएको हुनुपर्ने । § एक विद्यार्थीले एकै शैक्षिक सत्रमा एक भन्दा बढी कार्यक्रममा सहभागी भै परीक्षा दिन नपाउने र दिएको भएपनि त्यसको मान्यता नरहने भन्ने कुरा पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० तथा सो को अधिकार अन्तर्गत निर्माण गरिएको पूर्वाञ्चल विश्वविद्यालय नियमावली, २०५३ को कुनै पनि प्रावधानले व्यवस्था गरेको नदेखिने । (प्रकरण नं.१९) § एक शैक्षिक सत्रमा एक भन्दा बढी परीक्षामा सहभागी हुन नपाउने विश्वविद्यालयको नीति र सो अनुसारको कानूनी व्यवस्था वहाल रहेको भए सोही आधार सहित निवेदिकाको परीक्षा फाराम नै अस्विकृत गर्नुपर्ने विपक्षी विश्वविद्यालयको दायित्व हुन आउने । § एक पटक परीक्षा फाराम स्विकृत गरी, परीक्षा दिने अनुमति दिई, परीक्षा उत्तिर्ण गरेको लब्धांकपत्र समेत वितरण गरिसकेपछि कुनै कानूनी आधार वेगर अघिबाट भए गरेको काम कारवाही र हासिल गरेको योग्यतालाई प्रतिकूल असर पार्ने गरि विपक्षी विश्वविद्यालयको कार्यकारी परिषद्बाट भएको निर्णय कानुनसम्मत रूपमा भएको भनी मान्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.२०) निवदेक तर्फबाट : विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, श्री प्रकाश राउत र श्री पदम गिरी प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री आशिष अधिकारी अवलम्वित नजीरः फैसला न्या.तपबहादुर मगरः तत्काल बहाल रहेको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतमा दायर भई संयुक्त इजलासका माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० अन्तर्गत स्थापना र सन्चालन भएको विपक्षी पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त विपक्षी काष्ठमण्डप स्कूल अफ पव्लिक अफेयर्स, कोटेश्वर, काठमाडौंमा एम.पी.ए. र Institute of Open Learning, Kathmandu मा एक बर्षे बी. एड. अध्ययन गरी सन् २००५ मा एक बर्षे वी.एड.को Academic transcr