निर्णय नं. ७८५८ - अपुताली हक कायम दर्ता चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८५८ - अपुताली हक कायम दर्ता चलन भाग: ४९ साल: २०६४ महिना: असोज अंक: ६ फैसला मिति :२०६४/०६/२१ ३४१५ निर्णय नं. ७८५८ ने.का.प.२०६४ अङ्क ६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री पवनकुमार ओझा संबत् २०५७ सालको दे.पु.नं. .....६८९६ फैसला मितिः २०६४।६।२१।२ मुद्दाः अपुताली हक कायम दर्ता चलन । पुनरावेदक वादीः जिल्ला पर्सा मनियारी गा.वि.स. वडा नं.१ बस्ने मंगलमतिया देवी मरी निजको मु.स.गर्ने ऐ.ऐ. बस्ने राजाप्रसाद यादव विरूद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला पर्सा मनियारी गा.वि.स. वडा नं.३ बस्ने रघुनाथ राउत अहिरको मुद्दा सकार गरी आफ्नो हकमा समेत ऐ.ऐ.बस्ने परमा राउत अहिर समेत § सँगै बसेका सबै अंशियार मरी अपुताली पाउने भएमा सबै अंशियारको छोरीले बाँडी खान पाउने अवस्था बाहेकको अवस्थामा जो मरी अपुताली परेको हो उसैको छोरीले अपुताली पाउने कानुनी व्यवस्था भएकोमा एक मात्र सन्तान छोरी भएको अवस्थामा निजले बाबुको अपुतालीमा दावी गर्न नपाउने भन्न तत्कालिन अपुतालीको २ र ४ नं. को व्यवस्थाले मिल्ने नदेखिने । (प्रकरण नं.१४) § वादीका बाबु समेतका अंशियाराहरू बीच अंश नभएको भन्ने तथ्यमा कुनै विवाद नदेखिँदा अंश नभै संगोलमा बसेका अंशियार अंशवण्डा नहुँदै मृत्यु भै अपुताली परेमा अंशवण्डा नभै सम्पत्ति नछुट्टिएको कारणले अपुतालीको हैसियत कायम नहुने भन्न अपुतालीको महलको तत्कालको ४ नं. ले भिन्न नभैसँग बसेका अंशियार सबै मरी अपुताली परेमा सबै अंशियारका छोरीले बाँडी खान पाउने र पछिबाट जो मरी अपुताली परेको हो उसै तिरका छोरीले अपुताली पाउँछन् भन्ने भएबाट अंशवण्डा भै वण्डा छुट्टिनु पर्ने अवस्था नदेखिने । (प्रकरण नं.१५) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल र श्री देवन्द्रलाल नेपाली प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान श्री शम्भु थापा अवलम्वित नजीरः फैसला न्या.मीनबहादुर रायमाझीः पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यस प्रकार छः २. बाजे बंगाली राउत अहिरको जेठो छोरा मेरो पिता बृक्षा राउत अहिर, माहिलो जगरनाथ राउत अहिर र कान्छो रघुनाथ राउत अहिर हुन् । बृक्षाको एक मात्र सन्तान छोरी म मंगल मतिया देवीको विवाह सुरज राउत अहिरसँग भएको । जगरनाथ राउतको २ छोरामा जेठो विपक्षी विदेशी राउत र कान्छो सुदेशी राउत हुन् । काका रघुनाथको २ छोरामा जेठो विपक्षी परमा राउत र कान्छो प्रभु राउत अहिर हुन् । विपक्षी रघुनाथ राउत, जगरनाथ राउत, परमा राउत र विदेशी राउत अहिर समेतका नाउँमा मेरो पिताको अंश हक लाग्ने पैतृक जग्गा जमिन निजहरूको नाउँमा दर्ता भए तापनि सो जग्गाहरू संगोलमा अशंवण्डा रहेको छ । पिताको जीवनकालमा संगोल भै बसी भोग गरी आउँदा पिता बृक्षा र आमा महजनी देवीको आ–आफ्नो कालगतिले क्रमश २०५०।१२।२९ र २०५१।७।१५ मा मृत्यु भयो । पिताको अंश हक लाग्ने संगोलको श्रीसम्पत्तिको ३ खण्डको १ खण्ड अंश भागमा म एकमात्र सन्तान छोरीको अपुताली हक लाग्ने जगरनाथ राउतका नाउँमा दर्ता रहेको जिल्ला पर्सा भवानीपुर गा.वि.स.वडा नं. ३ कि.नं. ८० क्षेत्रफल ०–८–०, ऐ.कि.नं. २८३ क्षेत्रफल ०–०–१७ ,ऐ. मनियारी गा.वि.स. वडा नं. १ कि.नं. ३७ क्षेत्रफल ०–५–१०, ऐ.वडा नं. ३ कि.नं.१९ क्षेत्रफल ०–११–१०, ऐ.कि.नं. ३९ क्षेत्रफल ०–२–० , ऐ कि.