निर्णय नं. ८८०६ - उत्प्रेषण मिश्रित परमादेश समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८०६ - उत्प्रेषण मिश्रित परमादेश समेत भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६८/११/०३ ६०७३ ने.का.प. २०६९, अङ्क ४ निर्णय नं. ८८०६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी २०६७–WO–०५०९ आदेश मितिः २०६८।११।३।४ मुद्दा : उत्प्रेषण मिश्रित परमादेश समेत । निवेदकः काठमाडौं जिल्ला का.म.न.पा.वडा नं ३२ डिल्लीबजार स्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पस तथा सोको सञ्चालक समितिका तर्फबाट र आफ्नो हकमा समेत उक्त क्याम्पसका क्याम्पस प्रमुख तथा सञ्चालक समितिका सदस्य सचिव भोलानाथ रेग्मी समेत विरुद्ध विपक्षीः श्रम अदालत समेत § “स्थायी पद” भन्नाले निश्चित् विधि र प्रक्रिया पूरा गरी निवृत्तिभरण पाउने वा नपाउने आधारमा पूर्णकालीन सेवा गर्ने गरी नियुक्ति भएको, निजको सेवाको शर्त र सुविधा सो संस्थाको नियमबमोजिम व्यवस्थित भएको, सेवाको अवधि नतोकिएको तथा निश्चित् उमेर पूरा गरेपछि अवकाश पाउने, प्रतिष्पर्धाद्वारा नियुक्ति वा छनौट भै सोही नियमबमोजिम व्यवस्थित विधिअनुसार कारवाही, सजाय र बर्खास्त तथा अवकाश हुने पदलाई सम्झनु पर्ने । § आंशिक वा पिरियड बेसिस वा करारमा काम गर्ने शिक्षक वा प्राध्यापक भन्नाले क्याम्पसमा पूरा समय काम गर्ने प्रकृतिको सेवा नभई क्याम्पसले तोकिदिएको निश्चित् समयसम्म मात्र वा निश्चित् पिरियड मात्र अध्यापन गराई समयको वा पिरियडको आधारमा पारिश्रमिक लिने प्रकृतिको सेवा भन्ने बुझ्नु पर्ने । § आंशिक वा पिरियड बेसिसमा काम गर्ने शिक्षक वा प्राध्यापकले संस्था वा क्याम्पसले तोकी दिएको पिरियड मात्र पढाउने र सोही आधारमा क्याम्पसले तोकिदिएको पारिश्रमिक वा सुविधा मात्र पाउने हुँदा उनीहरूको सेवा स्थायी प्रकृतिको पद जस्तो नभई अस्थायी प्रकृतिको हुने । § काम लगाउने संस्थाले वा त्यस्तो संस्था वा क्याम्पससँग कुनै छुट्टै सम्झौता गरेको भएमा वा विधानमा छुट्टै व्यवस्था भएमा बाहेक क्याम्पस व्यवस्थापन वा संस्थाको आवश्यकताअनुसारको अवधिसम्म वा तोेकेको समय वा पिरियड मात्र काम गर्न पाउने वा पढाउन पाउने प्रकृतिको पद हो भन्ने बुझ्नुपर्ने । (प्रकरण नं.३) § अविछिन्न काम गरेकै कारण कुनै आंशिक (Part Time) वा पिरियड बेसिसमा काम गर्ने व्यक्ति स्वतः स्थायी पदमा काम गर्ने व्यक्ति सरह हक वा सुविधा प्राप्त गर्ने हकदार हुन्छ भनी सम्झन नमिल्ने । (प्रकरण नं.४) § स्थायी कर्मचारी वा शिक्षक सरहको व्यवहार वा सुविधा आंशिक (एबचत त्ष्mभ ) वा पिरियड बेसिसमा काम गर्ने अस्थायी शिक्षक कर्मचारी वा कामदारले पनि पाउनु पर्छ भन्नु न्याय, कानून र अन्य कुनै दृष्टिले पनि मनासिव नहुने । § स्थायी कामदार वा कर्मचारीलाई कारवाही वा बर्खास्ती गरेउपर आकर्षित हुने श्रम ऐन, २०४८ को दफा ६०(ग) को व्यवस्था आंशिक वा पिरियड बेसिसमा काम गर्ने शिक्षक कर्मचारीको हकमा लागू हुन सक्दैन । क्याम्पस वा कुनै शैक्षिक संस्थामा अध्यापन गर्ने गराउने शिक्षक वा प्राध्यापकलाई कामदार वा कर्मचारीको कोटीमा राख्न पनि नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र शम्भु थापा तथा विद्वान अधिवक्ताहरू प्रकाश राउत, गुणनिधी न्यौपाने बालकृष्ण देवकोटा र पूर्णप्रसाद राजवंशी विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता रेवतीराज त्रिपाठी, विद्वान अधिवक्ताहरू रमेश बडाल र सानुराज पोखरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § श्रम ऐन, २०४८ को दफा ६०(ग) आदेश न्या.