निर्णय नं. ७८५९ - आयकर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८५९ - आयकर भाग: ४९ साल: २०६४ महिना: असोज अंक: ६ फैसला मिति :२०६४/०३/२८ ४४१० निर्णय नं. ७८५९ ने.का.प.२०६४ अङ्क ६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री पवनकुमार ओझा सम्बत् २०५९ सालको फौ.पु.न ३०६६ फैसला मितिः २०६४।३।२८।५ मुद्दा :- आयकर । पुनरावेदकः ल.पु.जि.ल.पु.उ.म.न.पा. शहीद शुक्रमार्ग कुपण्डोल स्थित १६/२०७१ होटल हिमालय प्रा.लि.का. तर्फबाट अख्तियार प्राप्त ऐ.ऐ. वार्ड नं. १ घर भै ऐ होटलमा अर्थ नियन्त्रक पदमा कार्यरत लक्ष्मण नारायण श्रेष्ठ विरूद्ध प्रत्यर्थीः नेपाल सरकार, अर्थ मन्त्रालय, कर कार्यालय, ललितपुर समेत § कुनै करदाताले सालभर गरेको आम्दानी खर्चको हिसाब किताब सो वर्षको अन्तमा कानून बमोजिम गणना गर्दा नाफा भएमा त्यसलाई सो व्यक्तिको सो वर्षको आय मानिन्छ । त्यस्तो करको दर आयकर ऐन, २०३१ को दफा ४ को व्यवस्था आय वर्षको अन्तिम दिन कायम रहेको कर दर अनुसार निर्धारण गरिन्छ । छुटफुट कारोबार गरि आय गरेकोमा बाहेक आयकर जहिले पनि पुरै एक वर्षको आयमा लगाइने हुँदा आयकरको प्रयोजनको लागी पूर्ण वर्ष नै आयकर प्रयोजनको निमित्त आधार हुन्छ यद्यपि खास अवस्था र स्थितिका आयको सन्दर्भमा जुन बेला आय भयो त्यसैमा आयकर लाग्ने लगाउने गरी कानूनी व्यवस्था गर्न सकिने । § आयकरको दर आयवर्षको अन्तिममा कायम रहेको दर हुने हुँदा सो आयवर्षमा पटक पटक कानूनले आयकरको दर संशोधन गरे पनि आयवर्षको अन्तिम दिन अर्थात आषाढ मसान्तका दिन कायम रहेको दरबाटै करदाताको आयकरको निर्धारण हुनपर्ने । § जहिले पनि आयकर अघिल्लो वर्षभरि गरेको कारोबार वा प्राप्ती खर्चहरू पछिल्लो वर्षमा हिसाब किताब गरी नाफा वा नोक्सान एकिन गर्नु पर्ने हुँदा वर्षको अन्तिममा कायम रहेको करको दर अनुसार आयकर निर्धारण गर्ने कुराको औचित्य समेत पुष्टि हुन्छ । तसर्थ वर्षभरि लगातार कारोबार गर्ने करदाताको हकमा आयकरको दर कहिल्यै पनि एक भन्दा बढी हुन नसक्ने । (प्रकरण नं.१२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी अवलम्वित नजीरः फैसला न्या.पवनकुमार ओझाः राजश्व न्यायाधीकरण, काठमाडौको मिति २०५८।६।१६।३ को फैसला उपर पुनरावेदक होटलको तर्फबाट राजश्व न्यायाधीकरण ऐन, २०३१ को दफा ८ बमोजिम यस अदालत समक्ष पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी यस अदालतबाट मिति २०५९।६।३ मा अनुमति भै पुनरावेदनमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र निर्णय यस प्रकार छ:- २. पुनरावेदक करदाताले आर्थिक वर्ष ०५३।५४ मा होटल उद्योगबाट आयकर प्रयोजनको लागि खुद आय रु.६०,३३,४५५।६१ देखाई कर रु.१२,०६,६९१।१२ मध्ये रु.१७,११,८८६।९९ अग्रिम दाखिल गरेको उल्लेख गरी कर कार्यालय, ललितपुरमा पेश गरेको स्वयंकर निर्धारण विवरण । ३. पेश भएको स्वयंकर निर्धारण विवरणलाई प्रारम्भिक छानविन बमोजिम आ.व. ०५३।५४ मा रु १७,११,८८६।९९ दाखिल गरेकोमा यस आ.ब.मा लाग्ने कर रु.१६,४०,४३८।७२ कटाई बाँकी बढी रु.७१,४४८।२७ आगामी आ.ब.मा मिलान गरिने भन्ने समेत व्यहोराको मिति ०५४।११।२२ को कर कार्यालय, ललितपुरको निर्णय । ४. औद्योगिक व्यबसाय ऐन, २०४९ को (पहिलो संशोधन २०५४ जारी मिति २०५४।२।२६) को दफा १५ (ङ) बमोजिम २० प्रतिशत आयकर निर्धारण गर्नु पर्नेमा उक्त संशोधन जारी भएको मिति २०५४।२।२६ भन्दा अगाडिको दिनहरूमा २० प्रतिशत कायम नगरी २८ प्रतिशत कायम गर्ने गरेको निर्णय कानून विपरीत भएको हुँदा