निर्णय नं. ७८६१ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८६१ - उत्प्रेषणयुक्त परमादेश भाग: ४९ साल: २०६४ महिना: असोज अंक: ६ फैसला मिति :२०६४/०३/१२ ५५९५ निर्णय नं. ७८६१ ने.का.प.२०६४ अङ्क ६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री पवनकुमार ओझा सम्बत् २०६३ सालको रिट.न ०८६३ आदेश मितिः २०६४।३।१२।३ मुद्दा : उत्प्रेषणयुक्त परमादेश । निवेदकः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१० घर भई नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र विभाग भक्तपुरको तल ११ को निर्देशन पदमा कार्यरत वर्ष ५६ को ठाकुर राज पाण्डे विरुद्ध प्रत्यर्थीः नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्‍यालय, काठमाडौं समेत § प्रत्येक मानवको वास्तविक उमेर सही लेखाएमा जहाँ पनि जहिले पनि एउटै हुनु पर्ने । विभिन्न कागजमा विभिन्न उमेर हुन नसक्ने । (प्रकरण नं.१२) § आ–आफ्नो पद अनुसार आ–आफू भन्दा माथिल्लो पदको पदाधिकारीलाई नीतिगत निर्णय गर्न सघाउ पुर्‍याउन आ–आफ्नो ज्ञान, अनुभव र शीपले महत्त्वपूर्ण विषयमा राय सुझाव उपलव्ध गराई र माथिल्लो पदाधिकारीबाट भएको निर्णयहरू इमान्दारी पूर्वक कार्‍यान्वयन गर्ने कर्तब्य र जिम्मेवारी बोकेको Bureaucracy बाट कुनै पनि Employer र कर्मचारीबाट ठूलो अपेक्षा राखिएको हुने । तर, संगठनका केही कर्मचारीले आफैले आफ्नो उमेरको विवादास्पद Document पेश गरी विवादास्पद विभिन्न Document को फाइदा उठाउने प्रवृत्तिले Bureaucracy को बहुसंख्यक इमान्दार, कर्मठ, सद्विवेक र सद्वुद्धी र अनुभवी कर्मचारीको छविलाई समेत नकारात्मक असर पार्ने हुँदा विपक्षी लगायत सबै संगठन र सबै Employer को आ–आफ्नो Personal Department वा Human Resources Department ले आफ्नो कर्मचारीहरूको एउटै व्यक्तिको विभिन्न उमेरको अभिलेख राख्ने नभई शुरु सेवा प्रवेश गर्दा नै स्पष्ट खुलाउन लगाई verify गरी सही (correct) उमेरको अभिलेख राख्नुपर्ने । (प्रकरण नं.१४) § निवेदकलाई अवकास हुने पत्र दिनु भन्दा अगाडि र विनियममा अवकासको उमेरका हिसाब गर्ने विभिन्न कागजातहरू मध्ये जुन कागजबाट हिसाब गर्दा पहिला हुन्छ त्यही कागजका आधारमा अवकास हुने हिसाब गर्ने भन्ने विनियम ९३(क) को व्यवस्था विनियममा संशोधनले समावेश गर्नु भन्दा अगाडि नै निवेदकले जन्म मिती खुलेको दोश्रो नागरिकताको प्रमाण पत्र लिएको कारणले गर्दा निवेदकलाई अवकास दिने प्रयोजनको लागि जन्म मिति कायम गरी सो को आधारमा विनियमावलीको विनियम ८४, ९३(क)(ख) बमोजिम हिसाब गरी अवकाश दिने विपक्षीको निर्णय एवं सो को आधारमा भएका अन्य काम कारवाही उत्प्रेषणको आदेशबाट बदर हुने । § सिटरोल, नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्रमा उल्लेख भएको विभिन्न विरोधाभासपूर्ण उमेरहरू मध्ये जुन कागजमा उल्लेख उमेरको हिसाबले गर्दा पहिला हुन्छ सोही आधारमा अवकास दिने भन्ने व्यवस्था समावेश गरिएको विनियमको विनियम ९३(क) र (ख) संशोधन भएपछि संशोधित विनियमको फाईदा उठाउन वा निवेदकलाई अवकाशको पत्र दिइसकेपछि अर्को नागरिकताको प्रमाणपत्र प्राप्त गरी विवाद उत्पन्न गराई विरोधाभास कागज खडा गरी आएको भए One who comes on equity he must come with clean hand भन्ने न्यायको मान्य सिद्धान्त अनुसार निवेदकलाई यस अदालतले विनियम ९३(क) को सहुलियत प्रदान गर्ने थिएन र प्राधिकरणको निर्णय बदर गरिरहन पर्ने थिएन । तर उपरोक्त कारणले गर्दा निवेदकको हकमा निवेदकले सेवा प्रवेश गर्दा पेश गरेको शिक्षा विभागबाट प्राप्त शैक्षिक योग्यताको प्रमाण पत्रमा उल्लेखित जन्म मिति खुलेक