निर्णय नं. ७८६३ - मिलापत्र बदर गरी सार्वजनिक पोखरी कायम गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८६३ - मिलापत्र बदर गरी सार्वजनिक पोखरी कायम गरिपाऊँ भाग: ४९ साल: २०६४ महिना: असोज अंक: ६ फैसला मिति :२०६४/०१/२३ ३६७६ निर्णय नं. ७८६३ ने.का.प.२०६४ अङ्क ६ सर्वोच्च अदालत संयुक्त इजलास माननी न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री गौरी ढकाल सम्बत् २०५८ सालको दे.पु.नं. ८०४६ फैसला मितिः २०६४।१।२३।१ मुद्दाः मिलापत्र बदर गरी सार्वजनिक पोखरी कायम गरिपाऊँ । पुनरावेदक वादीः सप्तरी जिल्ला धनगढी गा.वि.स. वडा नं. २ बस्ने सुरेन्द्रप्रसाद यादव विरुद्घ प्रत्यर्थी प्रतिवादीः सप्तरी जिल्ला राजविराज न.पा. वडा ७ बस्ने अनिरुद्रप्रसाद चौधरी समेत § सार्वजनिक प्रयोजनको लागि धार्मिक कार्य सम्झी पोखरी खनाई मालपोत लगत कट्टा गरी मालपोत मिन्हा हुने गरी कुनै व्यक्ति विशेषको नाममा दर्ता एवं भोग नरहेको पोखरी अन्य रैकर जग्गा सरह प्रतिवादीहरूको छोरा नातिमा हक सर्दै जाने भन्न नमिल्ने । § कुनै व्यक्तिले सार्वजनिक प्रयोगमा ल्याउने विचारले पोखरी खनी मालपोत लगत कट्टा गराई सकेको समेत अवस्थामा र सो पोखरी कसैको नाममा दर्ता नभएको स्थितिमा सो पोखरी सार्वजनिक जग्गा नै हो भन्ने मान्नु पर्ने । § मालपोत नतिरी पोत मिन्हा भएको पोखरी धार्मिक सद्भावले सबैको प्रयोगको लागि समाजमा नै समर्पण गरेको मान्नु पर्ने भई एक पटक समाजलाई समर्पण गरेको भएपछि पिता पुर्खाले नै खनाएको भएपनि त्यसमा छोरा नातिको हक अन्य रैकर जग्गा जस्तो रहिरहन्छ भन्न नमिल्ने। (प्रकरण नं.१९) § सार्वजनिक पोखरीको संरक्षण गर्नुपर्ने दायित्वबाट विमुख भई सार्वजनिक पोखरीका सम्बन्धमा चलेको खिचोला मुद्दामा गा.वि.स.का अध्यक्षले सार्वजनिक पोखरीलाई ब्यक्ति विशेषको निजी पोखरीको रूपमा मान्यता दिई बादी दावी कायम हुने गरी गरेको मिलापत्रले कानून बमोजिम मान्यता पाउन नसक्ने । (प्रकरण नं.२०) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता विदुर बिक्रम थापा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू सनद देवकोटा, सुमनकुमार पौडेल र तिलप्रसाद गौतम अवलम्वित नजीरः ने.का.प.२०५५, नि.नं. ६५२६, पृष्ठ १७२ आदेश न्या.राजेन्द्रकुमार भण्डारीः यसमा पुनरावेदन अदालत राजविराजको मिति २०५७।६।८।१ को फैसला उपर वादीको तर्फबाट मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परेकोमा यस अदालतबाट न्याय प्रशासन ऐन २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) अनुसार निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट निम्न प्रकार छ । २. प्रतिवादी आशिष यादव बाहेकका प्रतिवादीहरूका बाबु काका दाजु नाता पर्ने मुसहर चौधरी नाम दर्ताको २००३ सालका मिन्ही १–१–६ मा रहेको पोखरी हाल सर्वेमा धनगढी गा.वि.स. वडा नं. १ (ख) कि.नं. १९१ को पोखरी कायम भै जग्गा धनी महलमा कसैको नाम उल्लेख नगरी स्थानीय जनताहरूले सार्वजनिक रूपबाट भोगी चर्ची आएकोमा गा.वि.स. धनगढीको माछा पालन वापत २०४०–०४१–०४२ सालमा रु. १५५।– पञ्चायतले बुझी चर्ची आएको थियो । पछि वैमनस्यताको कारण गा.पं.को कार्यकारणी बैठक बोलाई उक्त पोखरीलाई सार्वजनिक बनाई ठेक्का लगाई दिएकोमा २०४५।६।१७ गते माछा पालनको लागि डाक बढाबढ गराईएकोमा विपक्षी मध्येका अनिरुद्र, कपिलेश्वर, भरत, चन्दविनोद, रम्भादेवी समेतबाट खिचोला मेटाई नीजि कायम गरिपाऊँ भनी फिराद दायर भएको थियो । सो मुद्दा वादीको हकदैयाको अभावमा खारेज भै शुरुबाट २०४९।५।७ मा फैसला भए उपर वादीको पुनरावेदन परेकोमा खारेज गरेको फैसला बदर भै इन्साफको लागि पुनः शुरु जि.अ.मा नै आएको थियो । उक्त प