निर्णय नं. ७८६४ - शेषपछिको वकसपत्र लिखतवदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८६४ - शेषपछिको वकसपत्र लिखतवदर भाग: ४९ साल: २०६४ महिना: असोज अंक: ६ फैसला मिति :२०६४/०५/३० ४५४१ निर्णय नं.७८६४ ने.का.प.२०६४ अङ्क ६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला सम्बत् २०६२ सालको दे.पु.नं. ८०२७, ९८२६ फैसला मितिः २०६४।५।३०।१ मुद्दा :- शेषपछिको वकसपत्र लिखतवदर । पुनरावेदक वादीः नरसिंह महर्जनको छोरा का.जि.का. म.न.पा. वडा नं. ४ विशालनगर बस्ने वस नारायण महर्जन विरूद्ध प्रत्यर्थी प्रतिवादीः नरबहादुर महर्जनको छोरा ऐ. ऐ.वस्ने नरेश महर्जन पुनरावेदक प्रतिवादीः नरबहादुर महर्जनको छोरा का.जि. का.म.न.पा. वडा नं. ४ विशालनगर बस्ने नरेश महर्जन विरूद्ध प्रत्यर्थी वादीः नरसिंह महर्जनको छोरा ऐ ऐ. बस्ने वस नारायण महर्जन § कन्या, सधवा, वा विधवा स्वास्नी मानिसले प्राप्त गरेको अंशको सम्पत्तिलाई चल अचल दुई भागमा वर्गिकृत गरी चल सम्पत्तिको आफूखुशी प्रयोग कसैको मन्जुरी बेगर नै गर्न सक्ने तर अचलको हकमा आधाभन्दा बढी सम्पत्ति आफूखुशी प्रयोग गर्दा तोकिएको अरू व्यक्तिहरूको मन्जुरी लिनुपर्ने। § आफूले कानून बमोजिम प्राप्त गरेको अंशहकको सम्पत्तिमा पूर्ण स्वामित्व प्राप्त गरेको मान्नुपर्ने हुन्छ । आफ्ना छोराहरू अंशछोडपत्र गरी छुट्टिभिन्न भएपछि बाँकी रहन गएको सम्पत्तिमा निजको पूर्ण स्वामित्व रहेको मान्नु पर्ने । (प्रकरण नं.१८) § छोराले नपालेको अवस्थामा नातिले पालेको अवस्थामा बकसपत्र नभए पनि अपुतालिको कानूनले नै हक प्राप्त गर्न सक्ने व्यवस्था देखिएकोमा आफ्नो हेरविचार नगर्ने व्यक्तिको मञ्जुरी चाहिने तर, आफ्नो भाग हिस्साको सम्पत्ति आवश्यकता अनुसार भोग गर्न नपाउने गरि स्त्री अंशधनको २ नं. को व्यवस्था नदेखिने । § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ बमोजिम पनि समान अवस्थाका अंशियार मध्ये स्त्री र पुरुष अंशियारहरूबीच प्राप्त अंश वा सम्पत्तिको भोग वा हक हस्तान्तरण सम्बन्धमा भेदभावपूर्ण फरक मापदण्ड अपनाउन पाउने व्यवस्था गरेको नदेखिएको, त्यही आधारमा निवेदक लिलि थापा विरूद्ध श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार समेत भएको सम्बत २०६१ सालको विशेष रिट नं. ३४ को मुद्दामा उक्त स्त्रीअंश धनको २ नं.. कानूनी व्यवस्था उक्त संविधानको धारा ८८ बमोजिम यस अदालतबाट बदर घोषित भै सकेको छ । उक्त कानून नै सिद्धान्तत : असमान र अमान्य घोषित गरि बदर गरि सकिएको अवस्थामा उपरोक्त उल्लेखित तथ्यहरू रोहमा पुनः उक्त स्त्री अंशधनको २ नं. जगाई दातालाई नपाल्ने अंशियारकै मञ्जुरीबाट मात्रै सम्पत्ति उपभोग गर्न पाउँछ भन्नु कानून, न्याय र समन्यायको विषयबाट समेत मिल्ने देखिन नआउने । (प्रकरण नं.२२) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शंकर सुवेदी, श्री सम्भुप्रसाद पोखरेल र श्री गिरिराज दाहाल प्रत्यर्थी प्रतिवादी तर्फबाट : अवलम्वित नजीरः २०६१ सालको वि.रि.नं ३४ आदेश न्या. कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, ०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०६१।१२।१७ को फैसला उपर यस अदालतमा पुनरावेदक वादी तथा प्रतिवादीका तर्फबाट दोहोरो पुनरावेदन पत्र दायर भइ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. म फिरादीले पालन पोषण औषधोपचार गरी मृत्यु पर्यन्त फिरादीलेनै दाहसंस्कार काजक्रिया समेत गरेको अवस्थामा झुठ्ठा व्यहोरा उल्लेख गरी प्रतिवादीले पारित गरी लिएको मिति ०५५।१२।५ र.नं. ६००२ को शेषपछिको