निर्णय नं. ६२५४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२५४ - कर्तव्य ज्यान भाग: ३८ साल: २०५३ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/०२/३१ २६६५ निर्णय नं.६२५४ अङ्क ९ ने.का.प. ०५३ पुर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संवत् २०५२ सालको फौ.पु.ई.नं. ... ११ आदेश मितिः २०५३।२।३१।५ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जि.सिरहा गा.वि.स. लगहीगोठ वडा नं. ९ घर भै कारागार शाखा सिरहामा थूनामा रहेको चन्दर पासवान दुसाध । विरुद्ध विपक्षी वादीः श्री ५ को सरकार । अन्चल अदालतवाट भएको फैसला अनुसार तत्कालिन पुर्वान्चल क्षेत्रिय अदालतमा साधकको लगतमा दायर भएको प्रस्तुत मुद्दा पुनरावेदक अदालत राजविराजमा सरी पुनरावेदक अदालत राजविराजवाट यी पुनरावेदकको पुनरावेदक समेत नपरेको आधारसम्म साधकको रुपवाट विचार गरी पुनरावेदकलाई ज्यान सम्बन्धीको महलको १३ (३) नं. वमोजिम जन्म कैद हुने ठहराएको शुरू सदर गरेको अन्चल अदालतको फैसला नै पुनरावेदक अदालतवाट सदर भै अ.वं. १८६ नं. वमोजिम साधक सदरको लागी प्रस्तुत मुद्दा यस अदालतमा दायर हुन आएको देखियो । यस प्रकार पुनरावेदक प्रतिवादीले तत्कालिन अन्चल अदालतवाट भएको फैसला उपर पुनरावेदक नै नगरी वसेकोवाट पुनरावेदक अदालतले साधकको रोहवाट फैसला गरी यस अदालतमा साधककै लगतवाट दर्ता हुन आई यस अदालत संयुक्त इजलासवाट समेत मिति २०५१।०८।०१ मा साधक रोहवाट हेरी फैसला भएको देखिन्छ । दोश्रो तहको पुनरावेदक नै नगरी वस्ने पुनरावेदकलाई पुनरावेदक अदालतवाट भएको साधक फैसलाको जनाउ सम्म दिएकोमा यस अदालतमा प्रस्तुत पुनरावेदक गरेको देखियो । यस प्रकार पुनरावेदकले दोश्रो तहको पुनरावेदन नै नगरेकोवाट निजको हकमा यस अदालत समेतवाट साधकको रोहवाट फैसला भै सकेको अवस्थामा सो पुनरावेदकवाट विचार गर्न नमिल्ने । (प्र.नं.१६) पुनरावेदक प्रतिवादी तर्फवाटः विपक्षी वादी तर्फवाटः अवलम्वीत नजीरः फैसला न्या. मोहन प्रसाद शर्माः १.यस अदालत संयुक्त इजलासको मिति २०५२।६।७ को आदेश अनुसार स.अ. नियमावली, २०४९ को नियम ३ को उप नियम (१) को खण्ड (घ) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. वासुलिया पासवानले जवरजस्ती राम उदगार पासवानको जग्गामा घर वनाएकोमा पंचको निर्णय अनुसार पौष १० गते जग्गाखाली गरी दिनु पर्नेमा खाली नगरी दिएकोले ०४३।९।११ गते ११ वजेको समयमा राम उदगार र मेरो काका धनराज पासवानकै किनवा जग्गा खाली नगरी दिएको भन्दा वसुलिया पासवानले राम उदगार पासवानको घांटी समाती थिच्न लाग्दा उल्टै जग्गा वालाकै घांटी थिच्ने भन्दा वसुलिया, चन्दर, करिया, फुसिया, शिवजी समेतले लाठीले जत्रतत्र कुटपिट गर्न लाग्दा चन्दर र शिवजीले प्रहार गरेको फर्साकै चोटवाट काका समेत घाइते भै उपचारको लागी अस्पतालमा भर्ना गरी उपचार हुंदा हुंदै काका धनराजी पासवान ०४३।९।१२ गते मृत्यु हुन गएकोले कारवाही गरी पाउंभन्ने समेत व्यहोराको मिश्री पासवानको जाहेरी दरखास्त । ३. रगत लागेको लाठी सुरतिया पासवानको हो वंचरोको विंड शिवजी पासवानको हो भन्ने समेत भै जग्गा सम्बन्धमा दुवै थरीमा मारपिट हुन गएको हो र कुटपिटवाट धनराजी पासवानको अस्पतालमा मृत्यु भएको हो भन्ने समेत प्रहरीमा भएको चन्दर पासवानको कागज । ४. मेरो जग्गा सम्बन्धमा विवाद हूंदा जाहेरीमा लेखिएका प्रतिवादीहरुले कुटपिट गर्दा धनराजी पासवानको मृत्यु भएको हो भन्ने समेत रामउदगार पासवानको प्रहरीमा भएको कागज । ५. जग्गा सम