निर्णय नं. ६२५५ - उत्प्रेषण लगायत परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२५५ - उत्प्रेषण लगायत परमादेश । भाग: ३८ साल: २०५३ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/०३/२८ २६३९ निर्णय नं.६२५५ ने.का.प. २०५३ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय सम्बत् २०४९ सालको रिट नं.. २९०२ आदेश मितिः २०५३।३।२८।६ मूद्दाः उत्प्रेषण लगायत परमादेश । निवेदकः सुनसरी जिल्ला सोनापुर गा.वि.स.वडा नं. २ स्थित अन्नपुर्ण आइरन इन्डस्ट्रिज प्रा.लि.को तर्फवाट अख्तियार प्राप्त ऐ.को संचालक मोरंग जिल्ला विराटनगर न.पा. वडा नं.८ मेनरोड बस्ने वर्ष २८ को कृष्ण कुमार अग्रवाल । विरुद्ध विपक्षीः श्री अन्तःशुल्क कार्यालय, धरान, सुनसरी समेत जम्मा २ । नेपालमा उत्पादन नै नभएको कुनै नयां किसिमको बस्तु उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरू भएको मितिले ३ वर्ष सम्म अन्तःशुल्क छुट दिइने छ भन्ने शंसोधित व्यवस्था औद्योगिक व्यवसाय (दोश्रो संशोधन) ऐन, २०४४ले ल्याएपछि दर्ता भएको निवेदकको उद्योगलाई दर्ता भएको मितिमा जुन ऐन वहाल छ सोही ऐन । सो दर्ता भएको उद्योगलाई लागु हुने सर्वमान्य कानूनी सिद्धान्त हुंदा यो नयां व्यवस्था लागु हुने देखिएकोले यो व्यवस्थाको परिधी भित्र सो उद्योग पर्न आउंछ आउदैन भन्ने तर्फ केलाएर हेर्दा यो उद्योगले उत्पादन गरेको बस्तु पहिले नै अन्य उद्योगले उत्पादन गरि सकेको भन्ने अन्तःशुल्क कार्यालय धरानको लिखित जवाफ भएको र सो कुरालाई निवेदक उद्योग तर्फका विव्दान अधिवक्ताले आफ्नो बहसको दौरानमा ख०डन गर्न नसकेको तथा फलाम उद्योग अरु उद्योगहरु पनि हुने हुंदा नयां किसिमको बस्तु उत्पादन गर्ने उद्योगको दायरा भित्र पर्न आउने नदेखिंदा निवेदक उद्योगको माग वमोजिम अन्तःशुल्क सुविधा पाउंछ भन्न कानुनले नमिल्ने हुंदा विपक्षी कार्यालयहरुको कुनै पनि काम कारवाहीवाट निवेदक उद्योगको संवैधानिक वा नागरिक हक र कानूनी अधिकार समेत हनन् नभएकोले रिट निवेदन खारेज हुने। (प्र.नं. २०) निवेदक तर्फवाटः विव्दान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फवाटः विव्दान सरकारी अधिवक्ता श्री कृष्णँराम श्रेष्ठ अवलम्वीत नजीरः आदेश न्या.ओमभक्त श्रेष्ठः निवेदक नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तगरगत यस अदालत समक्ष पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं व्यहोरा यसप्रकार छः २. मिति ०४६।२।३।३ मा उद्योग विभागमा दर्ता भइ औद्योगिक लगानी गर्न थाली मिति ०४९।१।१२ देखि नियमित उत्पादन शुरु गरी सेवा गर्दै आएको यो उद्योग हो । तत्कालिन औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग)(२) अन्तरगत संचालन मिति ०४९।१।१२ देखि तीन वर्षको लागि अन्तःशुल्क छुटको सुविधा पाउं भनी हामीले प्रत्यर्थि विभाग समक्ष सिफारिसको लागि निवेदन गर्दा मिति ०४९।९।२४ प.सं. ०४९।५० उ.वि.सु.को पत्र लेखि हाम्रो माग अनुसार सिफारिश गर्न नमिल्ने जानकारी दिने काम भयो । त्यस अघि अन्तशुल्क वुझाउनु भन्ने ०४९।३।२६ को प्रत्यर्थि कार्यालयको पत्र उपर छलफल हुंदा उद्योग विभागको सिफारिशमा अन्तशुल्क विभागको स्वीकृति नभई दिदैनौ भनियो । ३. सो तीन वर्षे अन्तशुल्क छुटको सुविधा हामीलाई प्रदान नगरी अद्यावधी कानुनले लाग्दै नलाग्ने अन्तशुल्क उपर गरी आउनु भएको छ । प्रत्यर्थि कार्यालयमा सुविधा पाउं भन्दा अन्तशुल्क विभागको स्वीकृति भएपछि मात्र दिने भनियो र सो विभागले उद्योग विभागको शिफारिस नभई नदिने हुंदा अन्यायमा परेको छौं । मेरो माग दावी तथा औद्योगिक व्यवशाय ऐन, २०३८ को दफा १०(ग)(२) अन्तरगत पाउने सु