निर्णय नं. ६२५६ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२५६ - लेनदेन भाग: ३८ साल: २०५३ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/०३/२८ २४८९ निर्णय नं.६२५६ अङ्क ९ ने.का.प. ०५३ संयूक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्बत् २०५१ सालको दे.पू.नं. २८९९ फैसला मितिः २०५३।३।२८।३ मुद्दा : लेनदेन । पुनरावेदक वादीः का.जि.का.न.पा.वडा नं. ज्ञ कमलपोखरी वस्ने तिर्थ सम्शेर थापा विरुद्द विपक्षी प्रतिवादीःजि.सप्तरी रामपुर गा.बि.स.वडा नं.७ वस्ने विश्वनाथ यादव । वादीले फिराद साथ पेश गरेको २०३६।१०।८ को सक्कल तमसूक हेर्दा लिखतको तेश्रो हरफमा अक्षर थपिएको तर थपिएको ठाउंमा कारणीको सही नपरेको र लिखतको एघारौं हरफमा लिखतको मुख्य थैलीको शुरू अंक सच्याएको र त्यसैको माथि सताइस सौं पैतालिस भन्ने लेखि कारणीको सहिछाप नभएको र लिखतको बिभिन्न ठाउंमा नमिल्दो तरिकावाट अक्षर थपिएको देखिन्छ कूनै कागज पत्रमा गल्तिले केरमेट गरेको र थपेकोमा समेत अरु अंक अक्षर थप्न नहुने गरि दांया दुवै तर्फ सो कागजमा सहि गर्ने मुख्य कारणीको सहि गराउनु पर्ने कानूनी व्यवस्था मुलुकी ऐन कागज जांचको ४ नं. मा भएको पाइन्छ । उक्त कानूनी व्यवस्था वमोजिम सो लिखतमा थपिएको र सच्याइएको ठाउंमा कारणीको सहिछाप भएको नदेखिंदा सो २०३६।१०।८ को तमसूक कागज जांचको ४ नं.को कानूनी व्यवस्था वमोजिम रीत पूर्याई तयार भएको नदेखिने । (प्र.नं.११) विवादित लिखतमा मुख्य थैलीको अंक नै सच्याएको प्रष्ट देखिनुको साथै कागज जांचको ४ नं. बमोजिम रीत पूगेको समेत नदेखिंदा त्यस्तो विवादास्पद लिखतवाट वादी दावी वमोजिम सांवा व्याज भराउन नमिल्ने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फवाटः विपक्षी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.ओमभक्त श्रेष्ठः पुनरावेदन अदालत राजविराजको मिति २०४८।९।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तरगत मुद्दा दोहोर्याई पाउं भन्ने निवेदन परि दोहोर्याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ । १. विपक्षी विश्वनाथका वाबू जनक यादवले ०३४।३५ सालको हिसावहरु भै ०३४ सालको सांवा रु २७४५। र २०३५ सालको सांवा रु.२०४३। भएकोमा लेखतमा उल्लेख भए वमोजिम राष्ट्रिय वाणिज्य वैंक रा.वि. समेतमा दाखिला गर्नू पर्ने सो समेत नगरि वसि आएकोले सो सांवा ४७८८। लिखत मिति ०३६।१०।८ गते लिई १५ दिन भित्र वुझाउने छु भनी भाखा राखि ०३६।१०।८ गतेमा साक्षीहरु र विपक्षी प्रतिवादी विश्वनाथ समेतका रोहवरमा सहिछाप गरि कागज गरि दिएको सो सांवा रु ४७८८। माग्दा आजभोली गरि टार्दै आई २०४०।४१ सालमा जनक यादव, आफना कालगतीले परलोक भै निज स्व.जनक यादवको अपुताली खाने छोरा एक मात्र विपक्षी प्रतिवादी विश्वनाथ भएकोले निज संग सो सांवा र दशौंदका दरले हुने व्याज समेत माग्दा निजले पनि टार्दै आइ मनमा वदनियत चिताइ सो सावा समेत पचाउने नियत लिएको हुंदा मु.ऐ.लेनदेन व्यवहारको २ नं. को हदम्याद भित्र ०४६।१०।७ गते सम्ममा फिराद दायर गर्नु पर्नेमा सो दिन शनिवार भै अडृा अदालत तातिल रहेको भोलीपल्ट मिति २०४६।१०।८ गते म्याद भित्र आउनु पर्नेमा सो म्याद पनि गूज्री विन्तिपत्रवाट थामी आएको छू । उक्त कागज भएको २०३६।१०।८ गतेले २०४६।१०।८ सम्मको दशौदका दरले हुने व्याज ४७८८। समेत ९५७६। दिलाई भराई पाउं भन्ने समेत फिराद दावी । ३. २०४७।३।९ को तामेली म्यादमा प्रतिवादीले प्रतिउत्तर नफिराई म्याद गुजारी वसेको । ४. वादी दावी पुग्दैन भन्ने समेत शुरु सप्तरी जिल्ला अदालतको फैसला । ५.