निर्णय नं. ६२५७ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२५७ - निषेधाज्ञा भाग: ३८ साल: २०५३ महिना: पौस अंक: ९ फैसला मिति :२०५२/०१/०१ २७७० निर्णय नं. ६२५७ अङ्क ९ ने.का.प. ०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा सम्बत् २०५१ सालको दे.पू.नं. .... ३३४१ आदेश मितिः २०५२।१।१।३ मूद्दाः निषेधाज्ञा । पुनरावेदक निवेदकःभ.पू.जि.भ.पू.न.पा.वडा नं. १२ लाकोलाछे टोल घर भई हाल का.जि.का.न.पा.वडा नं. ११ नागस्थान सून्धारा बस्ने वर्ष ४६ को विश्व बहादुर जोशी । विरुद्ध विपक्षी प्रतिवादीः का.जि.का.न.पा.वडा नं. ११ रातो वंगला क्याम्पमा बस्ने ज्योति शम्सेर ज.व.रा. समेत जम्मा ३ । दर्ता हक नै नभएको व्यक्ति ज्योति शम्सेरवाट गराएको वहाल सम्झौतावाट निवेदकले भोगाधिकार प्राप्त गर्न नसक्ने । (प्र.नं.११) ज्योति शम्सेरको नै दर्ता हकाधिकार प्राप्त व्यक्ति नभएको अवस्थामा निजले गरि दिएको वाहाल सम्झौताको आधार लिई आशंकाको स्थिति भनी निषेधाज्ञाको आदेश जारी नहुने । (प्र.नं. ११) निवेदक तर्फवाटः विव्दान अधिवक्ता श्री सुधानाथ पन्त । विपक्षीको तर्फवाटः विव्दान अधिवक्ता श्री प्रकाश राउत । अवलम्बित नजीरः फैसला न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत ललितपूरवाट मिति २०५१।७।९ मा भएको फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छः २.विपक्ष मध्येको जोती शम्सेर ज.व.रा. को हक भोगको का.न.पा. वडा नं. ११ को कि.नं. ३२० जग्गा मध्ये पूर्व त्रिपुरेश्वर जाने मुलवाटो, पश्चिम ट्रान्सपोर्टको गोदाम, उत्तर नागपोखरीको खाली जग्गा र चिया पसल दक्षीणमा १६ फिटे गोरेटो वाटो यति ४ किल्ला भित्रको लम्वाई ५५ फिट चौडाई ४० फिटको जग्गामा म निवेदकले घर टहरा समेत निर्माण गरि चलन गर्न पाउने गरि मिति ०४२ साल श्रावण महिना जग्गाको वहाल रु. १५००। वूझाई वसोवास गरि आएकोमा विवाद छैन जोती शम्सेरको अनूमतिले संचार मन्त्रालयवाट २०५०।२।१ देखि मिति २०५१।४।३० गते सम्म म्याद दिई चल चित्र प्रदर्शन गर्न इजाजत पाएको थिएं उक्त जग्गा नपुगेकाले पूनः उक्त कि.नं. ३२० को सोही ४ किल्ला भित्रको ज्योती शम्शेर ज.व.रा.को हक भोगको पूर्व ९७ फिट पश्चिम ८५ फिट उत्तरमा १८० फिट दक्षिण १८० फिट जग्गा प्रति महिना रु.५०००। वाहाल वुझाउने गरि ०५०।४।१ मा १० वर्ष सम्म कायम रहने गरि सम्झौता अनुसार संचालन गर्न १ वर्षको अग्रिम वहाल पेश्की समेत लिई सकेपछि मिति २०५०।१२।१५ का दिन विपक्षी मध्येको शुशिल शम्सेर र अरुण सम्शेर ज.व.रा. लगायत अन्य नचिनेका १०।१५ जना मानिस समेत भै संचालन भै रहेको स्थानमा प्रवेश गरि पटक पटक हुल हुज्जत गरि गाली गलौज गरेकोमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थिए । हाम्रो जग्गामा समेत वसेर हामी उपर नालेस उजूर गरि हिडने यसको घर टहरा भत्काई हामी नयां घर निर्माण गर्छौ भनी उक्त मैले वहालमा लिएको जग्गामा इटा वालूवा समेत ल्याई थुपारी सामान हटाउ भनी हप्की दप्की वेदखली गरि निवेदकले भोग चलन गर्न नपाउने गरि भोगाधिकारमा आघात पुग्ने आशंका भएकोले संमानित अदालतमा निवेदन लिइ उपस्थित भएको छु । लिखित सम्झौता अनुसार पेश गर्न पाउने भइ लाखौ खर्च गरि घर टहरा बनाई चल चित्र प्रदर्शनी गरि आएकोमा भोगाधिकारमा आघात पर्ने गरि कुनै पनि काम कारवाही नगर्नु नगराउनु भन्ने बिपक्षीहरुका नाउंमा निषेधाज्ञाको आदेश सहितको अन्तरिम आदेश समेत जारी गरि पाउं भन्ने समेत व्यहोराको विश्व बहादुर जोशीको मिति २०५०।१२।२२ को निवेदन पत्र । ३. विपक्षीहरुलाई १५ दिन भित्