निर्णय नं. ६२५८ - मोही प्रमाण पत्र
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२५८ - मोही प्रमाण पत्र भाग: ३८ साल: २०५३ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/०९/२३ ३०४२ निर्णय नं.६२५८ अङ्क-९ ने.का.प. ०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्बत् २०५१ सालको दे.पू.नं. .... २०६९ आदेश मितिः २०५३।९।२३।३ मूद्दाः मोही प्रमाण पत्र । पुनरावेदक वादीः जिल्ला धनुषा इकराही गाऊं विकास समिति वडा नं. ४ बस्ने वर्ष ५२ को बुधन साहु सुंडी विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ.वडा नं. ३ वस्ने जमुना मण्डल केवट । पुनरावेदक वादीले भरेको भनिएको मिसिल संलग्न १ नं. लगत र सो वमोजिम प्रकाशित २ नं. अनुसूचीको प्रतिलिपि हेर्दा सम्बन्धित जग्गाको जग्गा धनिमा रमेशचन्द्र भटृाचार्य, पंच भटृाचार्य र क्षेत्रफल ०-९-० उल्लेख भएको देखिन आउनुको अतिरिक्त विवादको जग्गा वडा नं. ४ मा रहेकोमा वडा नं. ३ मा अनुसूची प्रकाशित भएको देखिन्छ, यसरी एउटा वडामा जग्गा रहेको र अर्को वडामा २ नं. अनुसूची प्रकाशित भएको स्थितिमा मोहीको प्रमाणपत्र दिन मिल्दैन भनी नि.नं. ४४१९, २०४८ सालको रिट नं. १२६ को उत्प्रेषण बिषयमा श्री सर्वोच्च अदालतवाट सिद्धान्त प्रतिपादन भएको देखिंदा सो प्रकाशित अनुसूचीलाई मान्यता दिन मिलेन । (प्र.नं. ११) एक पटक कारवाही टूंगी सकेको सोही जग्गाको सोही बिषयमा पुनः १ नं. लगत २ नं. अनुसूची र ४ नं. जोताहा निस्सालाई आधार बनाई दिएको फिराद अ.बं. ८५ नं. ले दिन नमिल्ने। (प्र.नं. ११) जग्गा धनि नै नदेखिएका व्यक्तिको नाम १ नं. अनुसुचीमा भरी २ नं. लगत प्रकाशित भएकै कारणले अहिले आएर मोही प्रमाणपत्र पाउनु पर्ने भन्ने पुनरावेदकको कथन नमिल्ने । (प्र.नं. ११) पुनरावेदक तर्फवाटः विव्दान अधिवक्ता श्री पन्नामान तुलाधर विपक्षी तर्फवाटः विव्दान अधिवक्ता श्री महादेव यादव अबलम्बित नजीरः फैसला न्या.मोहन प्रसाद शर्माः पुनरावेदन अदालत, जनकपुरको मिति २०५०।४।२० मा भएको फैसला उपर वादीको पुनरावेदन परी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. साविक सोमन कुमार भटृाचार्यको नाममा दर्ता रहेको जिल्ला महोत्तरी, एकराही वडा नं. ४ कि.नं. ९२ को ०-३-१८-६ जग्गा मोहीमा कमाई १ नं. अनुसूची २ नं. लगत प्रकाशन भई ४ नं. अस्थायी निस्सा प्राप्त गरेको छू । कि.नं. ९२ को ०-७-६ जग्गा समेत सोमन कुमारले जमुना मण्डललाई मिति २०४७।५।२१ मा विक्री गरि दिएकोले मैले जोती कमाई आएको जग्गाको मोही प्रमाण पत्र पाउं भन्ने समेत व्यहोराको फिराद । ३.विपक्षीले उक्त जग्गा मोहीमा कमाई आएको भए सर्भेमा फिल्डबुकमा नाम लेखाउनु पर्ने कुत वाली जग्गा धनिलाई बुझाई भरपाई लिनु पर्ने लिन सकेको छैन भन्ने समेतको प्रत्युत्तरपत्र । ४.कि.नं. ९२ को ०-७-६ मध्ये पूर्व तर्फवाट ०-३-१८-६ जग्गाको वादीले मोहियानी हकको प्रमाणपत्र पाउने ठहर्छ भन्ने समेत मिति २०४८।११।१४ को भुमि सुधार कार्यालय, धनुषाको निर्णय । ५.सोमन कुमारको नाममा दर्ता रहेको जग्गामा १ नं. फाराम भरी २ नं. अनुसूची भूमि सुधार लागु हुंदा सोमन कुमारको नाममा दर्ता नै नरहेको जग्गाको मोही प्रमाणपत्र दिने ठहर गरेको निर्णय त्रुटीपूर्ण हुंदा वदर गरि पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र । ६. निवेदकले अशिषकुमार भटृाचार्यलाई जग्गा धनि नदेखिएका र नापीका वखत मोही महल खाली जनिएको हुंदा १ नं. लगत २ नं. अनुसूची प्रकाशन भएको भन्ने आधार प्रमाण लिइ भुमि सुधार कार्यालय, धनुषाले २०४२ सालको ने.का.प. अं