निर्णय नं. ६२६१ - अंश नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२६१ - अंश नामसारी भाग: ३८ साल: २०५३ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/०६/२३ ३१८६ निर्णय नं. ६२६१ ने.का.प. ०५३ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्बत् २०४९ सालको दे.पु.नं.. .... ८४० फैसला मितिः २०५३।६।२३।४ मुद्दाः अंश नामसारी । पुनरावेदक वादीः जि.न.प.हरपुर गा.बि.स.वार्ड नं. ६ वस्ने वर्ष ६० को मुन्ना चमार । विरु४ प्रत्यर्थी प्रतिवादीः ऐ. कुस्मा गा.वि.स. वडा नं. ८ वस्ने भदै चमार । मुद्दामा वादी दावा कायम गर्दा शुरू फिराद दावा बयानलाई आधार मान्नु पर्ने । (प्र.नं. १४) अघि नै भदै चमारका बाबु छुट्टी भिन्न भएको भनी निज उपर फिराद नगरेको हुंदा भदैका नाउंमा दर्ता भएको सम्पत्तिको बिषयमा पुनरावेदनवाट दावी गर्न नमिल्ने । (प्र.नं. १४) पैत्रिक सम्पत्तिमा मात्र अंश सम्बन्धी विवाद परेको मुद्दामा मानो कहिले छुट्टीएको भन्ने प्रश्न गौण । (प्र.नं. १५) कुन मितिमा मानो छुट्टीएको भन्ने कुराले पुर्खौली सम्पत्ति सम्म बण्डा गर्न फरक नपार्ने । (प्र.नं. १५) पुनरावेदकतर्फवाटः विद्धान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी । प्रत्यर्थी तर्फवाटः विद्धान अधिवक्ता श्री मातृकाप्रसाद निरौला । अबलम्बित नजीरः फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत, वूटवलको मिति ०४९।३।१६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुतपुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः २. मुल पुरूष मल्लुका ४ भाई छोरामा जेठा विपक्षी समेतका बाबुराम गुलाम माहिला मेरा वावु शिव गुलाम, साहिला वरन कान्छा नरिजन भएकोमा राम गुलामका ३ भाई छोरा मध्ये दशरथ, बूद्ध र बोकट हुन् । शिव गुलामका ३ भाई छोरामा जेठा बुन्निर र कान्छो म फिरादी मुन्ना हुम। नरिजनका छोरा जेठा लखराज कान्छा मनराम भएको साहिला वरनका छोरा भदै हुन् । मुल पुरूषमल्लु बाबुहरू राम गुलाम, शिव गुलाम, नरिजन वरन समेत परलोक भै सके, मेरा दाजु बुन्नि र लखराज पनि परलोक भै सके, मुल पुरूष मल्लुको परलोक भएपछि काका नरिजन र वरन आ आफ्नो अंश भाग लिई छुट्टी भिन्न भै वसेका जेठा बाबु राम गुलाम म र मेरा बाबु शिव गुलाम भएका संगोलमा हुनुहुन्थ्यो पछि संगोल मै छदा जो भएको पैत्रिक सम्पत्ति मल्लु पछि राम गुलामको दशरथका नाउंमा नामसारी भै आएको हुंदा राम गुलामको हक खाने बिपक्षी दशरथ र वुद्ध चोकट तथा शिव गुलामको हक खाने म वादी मुन्ना समेतका २ अंशियार बीच अंशवण्डा भएको छैन । संगोलमा वस्ता परिवारको चाप बढेको र संगोल मै रही रहंदा घर व्यवहार चलाउन कठिनाइ परेकोले अंश माग गर्दा दिन इन्कार गरेको हुनाले बिपक्षीलाई झिकि वुझि २ भागको १ भाग सम्पत्ति अंश वापतमा मलाई दिलाई नामसारी समेत गरि पाउं भन्ने वादी दावी । ३.विपक्षीले देखाएको पुस्तावालीमा कुनै विवाद छैन । वादीले आफ्नो फिरादमा मल्लु परलोक भएपछि काका नरिजन र वरनले आफ्नो भाग लिइ छुट्टी भिन्न भै सकेको र मेरो बाबु राम गुलाम र फिरादीको बाबु शिव गुलामलाई एकासगोलमा रहेको भन्ने उल्लेख गरेको देखिन्छ । हाम्रा बाबुहरूको अंशवण्डा भएको स्वयं वादीले नै देखाएको निजका बाबु मेरा बाबुसंग अंश मिसाइ बसेको भए सो कुराको प्रमाण दिन सक्नु पर्ने सो नदेखाएको हुंदा वादीलाई अंशमा दावी गर्ने अधिकार छैन । मौकैमा हाम्रा बाबुहरू छुट्टी भिन्न भै सकेकोले छुट्टीएपछि को निजी आर्जन कमाईको संपत्तिवाट वादीले अंश पाउनु पर्ने नहुंदा झुठ्ठा वादी दावीव