निर्णय नं. ६२६२ - अपुताली हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२६२ - अपुताली हक कायम भाग: ३८ साल: २०५३ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/०७/२९ ४२६० निर्णय नं. ६२६२ ने.का.प. २०५३ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्बत् २०५० सालको दे.पु.नं. १३८२ फैसला मितिः २०५३।७।२९।५ मूद्दाः अपुताली हक कायम । पुनरावेदक प्रतिवादीः जि.वर्दिया जमुनी गा.बि.स.वडा नं. ५ वस्ने वर्ष ४१ को सुर्य बहादुर थापा । विरुद्ध विपक्षी वादीः जि.स्यांजा वालिंग गा.बि.स.वडा नं. ३ वस्ने धन कुमारी सारु मगर । अपुतालीको २ नं. मा मर्नेको भन्ने उल्लेख भएकोवाट मर्ने स्वयंको गर्भवाट जन्मेको छोरा भएमा मात्र छोरीको अपुतालीको पाउने क्रम छोरा भन्दा टाढा रहने अवस्था पर्दछ । त्यस्तो एकाउदरको छोरा नभएमा एकाउदरवाट जन्मेको छोरीले अपुताली पाउने हुन्छ । अपुताली पर्दा जो मरी अपुताली परेको छ सो वाट क्रमको गणना गर्नु पर्ने ऐ. २ नं. को कानूनी व्यवस्था छ । अपुतालीमा एकाउदरलाई प्राथमिकता दिइएको कुरा अपुतालीको १० र १२ नं. को कानूनी व्यवस्थावाट पुष्टि हुन आउंने । (प्र.नं. १२) रगतको नाता, यस जीवन र परलोक जीवनमा मर्नेलाई आर्थिक र आध्यात्मिक लाभ पुर्याएको तथ्यलाई अपुतालीको रुपवाट सम्पत्ति अवतरण हुने भन्ने अपुताली सम्बन्धी सामान्य सिद्धान्त भएको र सर्वोच्च अदालतवाट हेलमाया विरुद्ध तिलक बहादुर भएको वकसपत्र वदर मुद्दामा (निर्णय सार संग्रह, पृष्ठ ५७५) छोरा भनेको ठाउंमा सौतेनी छोरा पनि भनी व्याख्या गर्न मिल्दैन भनी छोरीले नै अपुतालीको पाउने सिद्धान्त प्रतिपादन गरेको समेत देखिंदा प्रतिवादी सुर्य बहादुरले मर्ने ज्ञानुमायाको एकाउदरकी छोरी धन कुमारीले अपुताली पाउनेमा आफुले अपुताली पाउने भनी मृतक ज्ञानमायाको नाउंको अचल सम्पत्ति नामसारी गराएको बदर गरि वादीको अपुताली हक कायम गर्ने गरेको पुनरावेदन अदालत, नेपालगन्जको इन्साफ मुनासिब ठहर्छ । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता श्री पुष्पा भुसाल विपक्षी वादी तर्फवाटः अवलम्वित नजीरः हेलमाया विरुद्ध तिलक बहादुर भएको वक्सपत्र वदर मुद्दामा सिद्धान्त प्रतिपादित (निर्णय सार संग्रह, पृष्ठ ५७५) । फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत, नेपालगंजको मिति ०५०।४।३१।१ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः २. वावु दिल बहादुरका दुई श्रीमती मध्ये जेठी मेरो आमा स्व. ज्ञानुमाया मगर र कान्छी सौतेनी आमा गौरी मगर भएको, वावुको मृत्यु पछि वावुको अचल सम्पत्ति खोलाले बगाई वाढी पिडीत भएको हुंदा आमाले सुकुम्वासीको हैसियतवाट वर्दियामा केही जग्गा प्राप्त गरेको, मेरी आमा र सौतेनी आमा तथा यी विपक्षीसंग वाद विवाद भएपछि मेरी आमा एकतर्फ र विपक्ष र विपक्षीको आमा एकतर्फ भै घरसारमा अंशवण्डा भएको र आमाको स्याहार संभार औषधी उपचार समेत मैले गर्दै आएको र आमाको मेरो घर स्यांजामा मृत्यु भएको र काजक्रिया समेत मैलेनै गरेकोले आमाले प्राप्त गरेको जमुनी गा.वि.स. वडा नं. ५(ग) को कि.नं. ३५ को ज.वि. २-०-३ ऐ.वा.नं. ५ को कि.नं. ५१ को ज.वि. १-०५ को जग्गा अपुतालीको २० नं. का म्याद भित्र नामसारी गर्नका लागि मा.पो.का वार्दीयामा जांदा विपक्षीले नामसारी गरि सकेका रहेछन् भन्ने थाहापाई म्याद थमाई हदम्याद भित्र फिराद गर्न आएकी छु । नामसारी निर्णय वदर गरि अपुताली हक कायम गरि पाउं भन्ने समेत व्यहोरा