निर्णय नं. ६२६३ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२६३ - परमादेश भाग: ३८ साल: २०५३ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/०५/०४ ३१०४ निर्णय नं. ६२६३ अङ्क ९ ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्बत् २०५१ सालको दे.पू.नं. २९३६ फैसला मितिः २०५३।५।४।३ मूद्दाः परमादेश । पुनरावेदक निवेदकः जिल्ला सुनसरी इटहरी गा.वि.स.वार्ड नं. १ वस्ने चन्द्रावती गडतौला । विरुद्ध प्रत्यर्थीः प्रहरी निरीक्षक इलाका प्रहरी कार्यालय, इटहरी समेत जम्मा ४ । सरकारी मुद्दा सम्बन्धी ऐनमा जाहेरी दरखास्त यथासिघ्र दिनु पर्ने व्यवस्था गरि जाहेरी दरखास्त दिने म्याद किटान गरेको नदेखिएता पनि केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा ४ को उपदफा (२) मा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि अन्यायमा पर्ने कुनै व्यक्तिको यस ऐन अन्तर्गतको मुद्दाको कारवाही चलाउन चाहेमा वाटाका म्याद वाहेक वारदात भएको ७ दिन भित्र प्रहरीमा उजुरी गर्नु पर्छ भन्ने व्यवस्था भएवाट सो ऐन अन्तर्गतको मुद्दा चलाउन चाहने अन्यायमा पर्ने व्यक्तिको वाटाका म्याद वाहेक वारदात भएको ७ दिन भित्र उजुरी (जाहेरी) दिनुपर्ने अनिवार्यता रहेको देखिन आउंछ । हुलाकवाट जाहेरी दरखास्त पठाएकोमा जाहेरी दिने व्यक्तिलाई झिकाइ सनाखत गराई अनुसन्धान तहकिकातको कारवाही गर्नु पर्ने व्यवस्था सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ एवं केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०४७ मा भएको नदेखिंने । (प्र.नं. १२) पुनरावेदकले हुलाकबाट पठाएको जाहेरी दरखास्त वारदात भएको आठौ दिनमा जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएकोले केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को दफा ४(२) को बिपरित भएकाले जाहेरी दरखास्त दर्ता नगरिएको भन्ने लिखित जवाफ रहेको देखिएको तथा म्याद भित्र जाहेरी दरखास्त परेकोमा कानून वमोजिम गर्नु पर्ने कार्य बिपक्षीहरुले नगरेको भन्ने देखिन नआएवाट पुनरावेदिकाकोको परमादेश जारी गरि पाउं भन्ने निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत, बिराटनगरको निर्णय मिलेकै देखिने । (प्र.नं. १२) पुनरावेदिकाको तर्फवाटः विद्धान अधिवक्ता श्री बेद प्रसाद शिवाकोटी । प्रत्यर्थी तर्फवाटः अबलम्बित नजीरः फैसला न्या.कृष्णजंग रायमाझीःपुनरावेदन अदालत, विराटनगरको निर्णय उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) वमोजिम यस अदालतको अधिकार क्षेत्र भित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः २. हरिदाश पौड्याल, पदम कुमारी पौड्याल, कला पौड्याल समेत चिनेका र अरु नाम नजानेका ४, ५ जना मानिसले मेरो घरको छतमा जवरजस्ति प्रवेश गरि निर्माणाधीन घरको गारो तोडन लाग्दा हामीले मनाही गर्दा मार्छौ काट्छौं भन्ने धम्की दिई घेरी भित्र पारेपछि विपक्षीहरु उपर सार्वजनिक अपराध गरेको हुंदा कारवाही गरिपाउं भनी ७ दिन भित्रै बिपक्षी १ नं. को कार्यालयमा जाहेरी दरखास्त दिन गएकोमा इन्कार गरेवाट हुलाकबाट बिपक्षी नं. १,२,३,४ ले पाउने गरि रजिष्ट्ररि गरेको र जाहेरी बिपक्षी कार्यालयमा पुग्यो पुगेन भनी ०५०।५।३१ गतेमा गै वुझ्दा जाहेरी आइ पुगेको छ, तर हामी कुनै कारवाही गर्दैनौं भनी बिपक्षीहरुले जवाफ दिनु भएवाट निवेदन गर्न आएको छु । उक्त प्रहरी कार्यालयमा पठाएको निवेदनमा मलाई म्याद दिई झिकाई अ.वं. ९० नं. वमोजिम सनाखत गराई उल्लेखित व्यक्तिहरुलाई पक्राउ गरि मेरो दरखास्त वमोजिम अनुसन्धान तहकिकात तथा कारवाही गर्नु भन्ने परमादेशको आदेश बिपक्षीहरुको नाउंमा जारी गरि पाउं भन्ने