निर्णय नं. ६२६४ - उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरी पाऊं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२६४ - उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरी पाऊं । भाग: ३८ साल: २०५३ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/१०/१५ २५४८ निर्णय नं.६२६४ अङ्क ९ ने.का.प. ०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्बत् २०५१ सालको रिट नं. ... २७४३ आदेश मितिः २०५३।१०।१५।३ बिषयः उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरी पाऊं । निवेदकः जि.मोरडण् बिराटनगर नगरपालिका वडा नं.९ मेनरोड कार्यालय भएका स्वदेशी केवुल इन्डष्ट्रिज भन्ने प्राइभेट फर्मका प्रोपाइटर ऐ.ऐ.बस्ने निरज कुमार सुराना । विरुद्ध बिपक्षीः श्री ५ को सरकार, एकद्धार समिति, उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौं समेत जम्मा ३ । कानूनले छुट पाउने रकम तिर्नु पर्ने भन्न नमिल्ने । (प्र.नं.९) कानूनले नै दिएको छुट नेपाल विद्युत प्राधिकरणवाट माग्न पनि उचित नहूंने । (प्र. नं.९) लाग्दै नलाग्ने अन्तःशुल्क रकम फिर्ता दिनु पर्नेमा नदिने भन्ने उद्योग बिभागको मिति ०५१।२।१७ को पत्र र एकद्धार समितिको निर्णय पत्राचार समेत उत्प्रेषणको आदेशद्धारा बदर हुने । (प्र.नं. ९) रिट निवेदक तर्फवाटः विद्धान अधिवक्ता श्री कमल नारायण दास । बिपक्षी तर्फवाटः विव्दान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ । अबलम्बित नजीरः आदेश न्या.गोबिन्द वहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. प्राधिकरणका चुहावट नियन्त्रण आयोजनाका लागि अन्तर्राट्रिय विकास संगठनवाट प्राप्त ऋण सहयोग कार्यक्रम अन्तर्गत लट नं. १२ पेकेज नं. छ५ करार नं. ०४९।५०।२ को कन्सेन्ट्रिक सर्भिक केवल आपूर्तिका लागि विदेशी मुद्रामा भुक्तानी हुने गरि अन्तर्राट्रिय वोलपत्र आव्हान गरिएकोमा यस उद्योगले समेत वोलपत्र दिएको थियो । सो वोलपत्र उपयुक्त प्रमाणितत भई सो आपूर्तिको करार पत्र यस उद्योग र प्राधिकरण वीच हस्ताक्षर भएको थियो । उल्लेखित करार पत्र अन्तर्गत सवै किसिमको करको दायित्व प्राधिकरणको रहेको भएता पनि औ.व्य.ऐन, र आर्थिक ऐन अन्तर्गत विदेशी मुद्रामा स्वदेशी उत्पादन स्वेदशमा नै विक्री गर्दा अन्तःशुल्क नलाग्ने कानूनी व्यवस्था भई रहेको हुनाले यस कम्पनीका कारखानावाट प्राधिकरणमा विजक वनाई कन्सेट्रिक वायर पठाउंदा आर्थिक ऐनको अन्य व्यवस्था अन्तर्गत लाग्न सक्ने अन्तशुल्क वापतको रकम धरौटी राख्ने वा वैंक ग्यारेन्टी दिई माल निष्काशन गर्ने र सो माल प्राधिकरणमा प्राप्त भएको तथा विदेशी मुद्रा भूक्तानी भएको प्रमाणपत्र पेश गरि पछि त्यस्तो धरौटी रकम फिर्ता पाउने अथवा वैंक फूकुवा गराउने गरिएको थियो । निवेदकको विलवाट प्राधिकरणलाई आपूर्ति गरिएको सामान ऐ. प्राधिकरणमा प्राप्त भएको भनी दिएको प्रमाणपत्र र सो को भुक्तानी विदेशी मुद्रामा प्राप्त भएको भनी नेपाल ग्रिनलेज वैंकले गरि दिएको भुक्तानी प्रमाणपत्र लगायतका कागजात राखी अन्तशुल्क कार्यालय, विराटनगरमा निवेदन दिएकोमा अन्तशुल्क कार्यालयले धरौटी फिर्ताका लागि प्र.नं. १ र २ समक्ष पत्र पठायो । प्र.नं. २ को ०५१।२।१७ को पत्रवाट प्राधिकरणसंग भएको संझौता अन्तर्गत अन्तशुल्क र विक्री कर प्राधिकरणले तिर्नु पर्ने शर्त रहेकोले निवेदकलाई अन्तशुल्क वापतको रकम फिर्ता दिन नमिल्ने भनी अन्तःशुल्क तथा विक्री कर विभागलाई पत्र लेखी यस कम्पनीलाई वोधार्थ दिएकोमा निवेदकले प्र.नं. २ लाई आर्थिक ऐन समेतको उल्लेख गरि