निर्णय नं. ६२६५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२६५ - अंश भाग: ३८ साल: २०५३ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/०९/१० २८७८ निर्णय नं. ६२६५ अङ्क ९ ने.का.प. ०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्द नाथ आचार्य माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्बत् २०५२ सालको दे.पु.नं.. ... २६५६ फैसला मितिः२०५३।९।१०।४ मूद्दाः अंश । पुनरावेदक प्रतिवादीः बर्दिया जिल्ला गुलरिया गा.बि.स.वडा नं. १ बस्ने त्रिपुरा शर्माको वा. भै आफना हकमा समेत ऐ.ऐ. बस्ने पिताम्बर शर्मा । विरुद्ध बिपक्षी वादीः ऐ.वडा नं.६ डेरा गरि बस्ने धनमाया भन्ने लालमाया शर्मा । मिति २०३४।९।२७ मा भएको सातौं संशोधन पछिको मुलुकी ऐनको अंश बण्डाको महलको १८ नं.मा भएको व्यवस्थावाट कसैले निजी तवरवाट पाएको सम्पत्ति निजी हुने र बण्डा गर्न कर नलाग्ने स्पष्ट देखिन्छ । त्यसमा पनि उल्लेखित लिखतको व्यहोरामा नै हेर बिचार र खुसी तूल्याएवापत भन्ने स्पष्ट उल्लेख भएवाट पनि उक्त जग्गा वादीले निजी तवरवाट प्राप्त गरेको रहेछ भन्ने स्पष्ट देखिन आउंछ । जव लिखत व्यहोरावाट सो लिखत वमोजिम पाउने व्यक्तिले निजी तवरवाट प्राप्त गरेको भन्ने देखिन आउंछ भने सो व्यहोरा सत्य नभै अन्यथा हो भनी मान्न तथा प्रतिवादीले नै थैली हाली खरिद गरेको भनी लिएको जिकिर समेत कानून संगत नदेखिने । (प्र.नं. १०) पुनरावेदक प्रतिवादी तर्फवाटः बिपक्षी वादी तर्फवाटः अबलम्वीत नजीरः फैसला न्या.अरबिन्द नाथ आचार्यः पुनरावेदन अदालत, नेपालगंजको मिति २०५१।११।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः २. विपक्षी पति तथा वावु पिताम्वर शर्माले सगोलमा वसेको अवस्थामा खान लाउन नदिई दैनिक कुटपिट गर्ने गरेकोले ०४५।१।५ गते मानो छूट्याई अलग वसेका छौं । अंशको फांटवारी लिइ ४ खण्डको २ खण्ड अंश र विवाह खर्च समेत दिलाई भराई पाउं भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादीका नाउंको घडेरी ऋण समेत हिस्सा लगाई अंशवण्डा गर्न नमानी यो झुठ्ठा फिराद गरेका हून्, वादी समेतका नाउंमा रहेका जग्गा र ऋण समेत वरावर ४ भाग लगाई अंश दिन मन्जुर छ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. दुवै पक्षवाट पेश भएको अंशको फांटवारी र सर्जमिन मुचुल्का समेत मिसिल संलग्न रहेको । ५. वादी प्रतिवादीवाट दाखिला भएको फांटवारीका सवै सम्पत्ति वण्डा हुने ठहर्छ विवाह हुन वांकी ३ जनाको विवाह खर्च परसारी वांकी सम्पत्तिमा ४ भाग लगाई वादीहरुले २ भाग अंश पाउने ठहर्छ भन्ने समेत वर्दिया जिल्ला अदालतवाट मिति ०५०।५।१० गते भएको फैसला । ६. वर्दिया गुलरिया गा.वि.स. वडा नं. ६ कि.नं. ३५,७१० को ज.वि. ०-२-२ जग्गा ०४५।८।२० गते पारित हालैको वकसपत्रवाट मेरो हक कायम हुन आएको निजी जग्गा कसैलाई वण्डा गर्न कर नलाग्ने सम्पत्तिमा वण्डा लाग्ने भनी गरेको हदसम्म उक्त फैसला बदर गरि पाउं भन्ने समेत व्यहोराको वादी धनमाया शर्मा भन्ने लालमाया शर्माको पुनरावेदन अदालत, नेपालगंजमा परेको पुनरावेदन । ७. यसमा मिति ०४५।८।२० को पारित हालैको वकसपत्रको लिखतवाट यी पुनरावेदिकाको हक हुन आएको जग्गामा समेत अंश भाग लाग्ने भनी ठहर गरेको वर्दिया जिल्ला अदालतको इन्साफ फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत पुनरावेदन अदालतवाट मिति २०५१।२।२३।२ मा भएको आदेश । ८. ऐनले नै वण्डा गर्न कर नलाग्ने वादीले हालैको वकसपत्रवाट पाएको अंशवण्डाको १८ नं. वमोजिम निजको एकलौटी