निर्णय नं. ८९८४ - जालसाज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९८४ - जालसाज भाग: ५५ साल: २०७० महिना: असार अंक: ३ फैसला मिति :२०७०/०१/१० ५४५८ ने.का.प. २०७०, अङ्क ३ निर्णय नं.८९८४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती पुनरावेदन नं. – ०६६–CR–०७५८ फैसला मितिः २०७०।१।१० मुद्दा :– जालसाज । पुनरावेदक / वादीः जिल्ला बझाङ, रिठापाटा गा.वि.स.वडा नं.६ घर भै हाल जिल्ला कैलाली धनगढी न.पा.वडा नं. ११ वस्ने रत्ना स्नेही (सुनार) विरुद्ध प्रत्यर्थी / प्रतिवादीः जिल्ला बझाङ, रिठापाटा गा.वि.स.वडा नं.६ वस्ने अम्मरलाल सुनार समेत शुरू फैसला गर्ने :– मा.न्या.श्री रमेशराज पोखरेल पुनरावेदन तहमा फैसला गर्ने :– मा.न्या.श्री गिरीश चन्द्र लाल मा.न्या.श्री शम्भुबहादुर खड्का § फिराद दावी र प्रतिउत्तर जिकीरबाट मुद्दाको विषयवस्तु बन्ने भई सोही सीमामा रही मुद्दाका निर्णायक प्रश्नहरू निर्धारण गर्नुपर्ने हुन्छ । अ.बं.१३३ बमोजिम गराइने कागजबाट थप दावी गरिएको रहेछ भने वा थप प्रतिवाद गरिएको रहेछ भने पनि ती सम्बन्धित फिराद र प्रतिउत्तर भन्दा पृथक रहेछन् भने यस्ता नयाँ तथ्य वा माग वा जिकीरले मुद्दाको निर्णायक प्रश्न निर्धारण गर्नुपर्दा कुनै कानूनी महत्व राख्दैन । तसर्थ फिराद तथा त्यसको प्रतिवादस्वरूप प्रस्तुत प्रतिउत्तरमा सीमित भई अदालतले आफ्नो फैसला दिनुपर्ने । § कीर्ते कागजको ३ नं. र १० नं. अंगाली दायर फिरादमा फैसला बदर, दर्ता बदर र दर्ता हक कायम प्रकृतिका देवानी माग समेत लिइएको फिराद अ.बं. ७२ नं. प्रतिकूल हुन्छ । फिराद देवानी वा फौजदारी कुन प्रकृतिको हो भन्ने निर्धारण गर्नुपर्दा फिरादपत्रले टेकेका कानूनी आधारलाई हेर्नुपर्ने । § जालसाजी क्रियाबाट हक स्थापित हुँदैन । जालसाजी ठहर भएको स्रोतले कसैलाई पनि हक प्रदान गर्न सक्दैन् । दर्ता बदर, दर्ता र हककायम समेत एउटै फिरादमा माग गरिएको अवस्थामा देवानी विषयमा प्रवेश नगरी निष्कर्षमा पुग्न नसकिने भएकाले फौजदारी विषयक मुद्दाबाट देवानी उपचार दिन कानूनन् असम्भव भएको अवस्थामा वादी दावी पुग्ने निष्कर्ष निकाल्न न्यायोचित नहुने । (प्रकरण नं.४) § मुद्दा सकार परिवारको अगुवा भई व्यवहार गर्ने व्यक्तिले गर्ने हो । मुद्दा सकार गर्दा अन्य परिवार सदस्यको पनि मञ्जूरी चाहिन्छ भन्नु प्रचलित कानून र व्यवहार प्रतिकूल हुन्छ । कसैले मुद्दा सकार गरेकोमा आपत्ति भए वा आफू पनि सरिक हुनपर्ने ईच्छा भए मुद्दा सकार समेतका माध्यमले मुद्दामा संलग्न हुन सकिन्छ । मुद्दा सकार गर्नेको हैसियत पक्ष सरह हुने हुँदा निजले मुद्दा फिर्ता लिन सक्ने । (प्रकरण नं.५) § मुद्दामा पक्ष कायम भएको मुद्दामा मिलापत्र गर्ने वा मुद्दा नै फिर्ता लिने जस्ता अधिकारको प्रयोग गर्न कुनै कानूनले रोक नलगाएकोले मुद्दामा पक्ष कायम भएको व्यक्तिले अदालतमा मुद्दा फिर्ताको लागि निवेदन दिई मुद्दा फिर्ता भएको कार्य आफैंमा जालसाजी हुन नसक्ने । (प्रकरण नं.६) § दावी लिएकै भरमा सकार गर्न सक्ने परिवारका सदस्यले मुद्दा फिर्ता लिँदैमा वा मिलापत्र गर्दैमा वा सो मुद्दामा पक्षको हैसियतले कुनै कार्य गर्दैमा ती कार्य जालसाजी घोषित गर्दै जाने हो भने पारिवारिक संरचना र कानूनी प्रणालीलाई नै पुनर्परिभाषित गर्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता इन्द्र खरेल प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता मातृकाप्रसाद निरौला अवलम्बित नजीरः सम्बद्ध कानूनः § कीर्ते कागजको ३ नं. र १० नं. § अ.बं. ७२, ७७, र ७८ नं. फैसला