निर्णय नं. ८९८५ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९८५ - जालसाजी भाग: ५५ साल: २०७० महिना: असार अंक: ३ फैसला मिति :२०७०/०१/३१ ७९५५ ने.का.प. २०७०, अङ्क ३ निर्णय नं.८९८५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्की ०६७–CI–०६४७ फैसला मितिः २०७०।१।३१।३ मुद्दाः– जालसाजी । पुनरावेदक / प्रतिवादीः दोलखा जिल्ला गैरीमुदी गा.वि.स. वडा नं. ३ बस्ने शारदा घिमिरे विरुद्ध प्रत्यर्थी / वादीः काठमाडौं जिल्ला गोलढुंगा गा.वि.स. वडा नं.६ बस्ने भगवती फुयाँल समेत शुरू फैसला गर्नेः– मा.जि.न्या.श्री विनोदमोहन आचार्य पुनरावेदन फैसला गर्नेः– मा.मु. न्या.श्री वैद्यनाथ उपाध्याय मा.न्या.श्री दिनेशकुमार कार्की § जालसाजीको कसूर आफ्नो फाइदा र अरूको नोक्सानी पुर्‍याउने नियतले गैरकानूनी कागजको माध्यमबाट व्यक्तिद्वारा व्यक्ति विरुद्ध गरिने फौजदारी प्रकृतिको अपराध भएबाट जालसाजीको अपराध स्थापित हुन आपराधिक कार्य र सो कार्य गर्ने आपराधिक मनसायको पुष्टि हुनैपर्दछ । कुनै पनि कार्य स्वतः जालसाजीपूर्ण हुने होइन । जालसाजी हुन अंश लाग्ने सम्पत्ति बिक्री भई प्राप्त हुने अंश भागमा प्रतिकूल असर पर्‍यो भन्नु मात्र पर्याप्त नहुने । § फौजदारी विवाद अपराधसँग जोडिने भएबाट कर्ताको मनसाय तत्व मूलरूपमा हेरिनुपर्दछ भने देवानी विवादको जरो साम्पत्तिक र पदीय हकसमेत गाँसिने भएबाट कानूनद्वारा संरक्षित हकमा आघात पुग्न जाने । § आफ्नो मञ्जूरी बिना घरव्यवहार चलाउन आफूखुशी गर्न पाउने हदभन्दा बढी जग्गा बिक्री भएबाट फौजदारी कार्य अर्थात् जालसाजी भयो भन्ने वादी दावीका सन्दर्भमा कीर्ते कागजको ३ नं. को परिधिभन्दा बाहिर जान नमिल्ने । (प्रकरण नं.४) § झूठा कुरालाई सद्दे हो भनी लिखित रूपमै काम सम्पन्न गरी अर्कालाई हानि नोक्सानी पुर्‍याउनु जालसाजीको आपराधिक कार्य हो । घरव्यवहार चलाउन आफूखुशी गर्न पाउने हदभन्दा बढी बिक्री गर्नुसँग झूठा कुरालाई सद्दे भनी लिखत गरिएको भन्न नमिल्ने । § दावीकर्तालाई प्रत्यक्ष हानि नोक्सानी पुगेको छैन, लिखत गरी लिने वा दिने दुवै वा एक पक्षको गैरकानूनी मनसायको अभाव छ र त्यस्ता लिखत पारित गर्ने क्रममा तेस्रो पक्षलाई हानि नोक्सानी पुर्‍याउने कपटपूर्ण नियत राखी कार्य भएको प्रमाण छैन भने त्यस्तो कार्य जालसाजीको कार्य हुन नसक्ने । (प्रकरण नं.६) § विभिन्न वैकल्पिक उपचार मार्गहरू विद्यमान भएको अवस्थामा पक्षले आफूलाई सहज पर्ने बाटो अवलम्बन गर्न नसक्ने भन्ने होइन, सुनिश्चित उपचार विधि उपभोग गर्ने म्याद व्यतीत गरी अन्य मार्ग अवलम्बन गर्नु हुँदैन । यस्तो गलत मार्ग अनुशरण गर्ने पक्षलाई अदालतले मद्दत गर्न नसक्ने । § जुन लिखतका आधारमा जग्गा दर्ता भएको हो सोही मूल दावी दर्ता बदरमा नै दावी नपुग्ने भनी ठहर भएको फैसला अन्तिम भएको स्थितिमा उक्त लिखत जालसाजपूर्वक खडा भएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.७) § म्यादभित्रै उपयुक्त उपचारको मार्ग नअपनाई लिखत बदरमा दावी गर्ने हदम्याद व्यतीत गरी अर्को बाटो जालसाजको माध्यमबाट जालसाजीका तत्वहरू प्रकटरूपमा नदेखाई लिखत बदर हुनपर्ने देवानी तत्वका आधारमा आउन कानूनतः नमिल्ने । (प्रकरण नं.१०) पुनरावेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय हरिहर दाहाल र बद्रीबहादुर कार्की तथा विद्वान अधिवक्ता रामबहादुर थापा प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता पूर्णचन्द्र पौडेल अवलम्बित नजीरः § नेकाप २०६८, असार, नि.नं.८५८७, पृष्ठ ५३७ सम्बद्ध कानूनः § अंशबण्डाको १९(१) नं. § कीर्त