निर्णय नं. ६२६६ - चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२६६ - चोरी भाग: ३८ साल: २०५३ महिना: पौस अंक: ९ फैसला मिति :२०५३/०३/०५ २९६४ निर्णय नं. ६२६६ अङ्क ९ ने.का.प.२०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्व्त २०५० सालको फौं.पू.नं. .... ७९९ फैसला मितिः २०५३।३।५।४ मूद्दाः चोरी । पुनरावेदक वादीः प्र.ज.चक्र बहादुर केवट समेतको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रत्यर्थी प्रतिवादीः ग.अं. स्यांजा जिल्ला वालिङ गा.वि.स. वडा नं. २ वस्ने पुर्ण भन्ने पूर्णचन्द्र मल्ल समेत जना ६ । आफ्ना जिम्मामा रहेको सामानहरुको सुरक्षाको लागि पनि हेरचाह गर्न पुर्याउन आवश्यकता अनुसारएक ठाउंबाट अर्को ठांउमा लैजानु वा सार्नुपर्ने अवस्था श्रृजना नहुनेभनी मान्न नसकिने । (प्र.नं. १८) सामानहरु जिम्मा लिने व्यक्तिले आफू जिम्मा रहेको सामान सुरक्षित साथ राख्नु र आफूले जिम्मा लिई राखेको सामानहरु फिर्ता माग भएको वा खोजी भएको वखत सहि हालतमा वुझाउन पर्ने दायित्व निजहरुको हुंदा त्यस्तो जिम्मा दिएको सामानहरु सही हालतमा वुझाउन नसकेमा जिम्मा दिनेले कानून अनुरूप जिम्मा लिनेबाट असूल उपर गरि लिन पाउने हुंदा त्यस्तो आफूले जिम्मा लिएको सामानहरु निज जिम्मा लिनेले नै चोरी गरेको भनी कानूनतः मिल्ने अवस्था नहुने। (प्र.नं. १८) चोरी भएको भनिएको फलामे छड समेतका सामानहरु हिनामिना भै कभर्डहल निर्माण कार्यमा वाधा अवरोध आएको भन्ने उक्त वालीडण् कभर्डहल निर्माण समितिका तर्फबाट कुनै दावी जिकिर आएको पनि मिसिलबाट देखिएन । प्रहरी कार्यालयबाट चोरी गरि ल्याएको भनिएको सामानहरुको विवरण माग गर्दा निर्माण समितिले चोरी भएको सामानहरुको विवरण दिन सकेको समेत पाइएन । अतः उल्लेखित अवस्थामा निर्माण सामाग्री जिम्मा लिने व्यक्तिले नै चोरी गरेको भनी चोरीको वारदात कायम गर्न मिल्ने अवस्था नहुंदा प्रस्तुत मुद्दामा चोरीको वारदात कायम गरि प्रतिवादीहरुलाई सजाय गर्ने गरेको शुरू स्यांजा जिल्ला अदालतको फैसला उल्टी हुने ठहर्याइ प्रतिवेदन दावी खारेज गर्ने गरि पुनरावेदनअदालत पोखराले गरेको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १८) पुनरावेदक तर्फबाटः विव्दान सरकारी उप न्यायाधिवक्ता श्री पवन शर्मा । प्रत्यर्थी तर्फबाटः अबलम्वित नजीरः फैसला न्या.पृथ्वी बहादुर सिंहःपुनरावेदनअदालत, पोखराको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. स्यांजा जिल्ला वालिंग गा.वि.स. वडा नं. २ फुलबारीमा निर्माण भैरहेको कवर्डहलको निर्माण स्थलमा रहेको फलामे छड पुरण भन्ने पूर्णचन्द्र मल्ल समेतका व्यक्तिहरुले ०४६।८।३ को राती चोरी गरि लगेको भन्ने बुझिन आएकोले निजहरु उपर कानून बमोजिम कारवाही गरि पाउं भन्ने समेत व्यहोराको प्र.ज. चक्र बहादुर समेतको प्रतिवेदन जाहेरी । ३. २०४६८।३को राती मुक्ति श्रेष्ठले कवर्डहलवाट म समेतलाई बोकाई ३ सुते छड निज मुक्ति श्रेष्ठको घरसम्म पुर्याएको हु भन्ने समेत लोक बहादुर सार्कीको कागज । ४. उक्त दिन मुक्ति श्रेष्ठले ज्याला दिन्छु छड बोक्न हिंड भनेकोले म समेत भई छड बोकी निज मुक्तिको घरमा पुर्याई दिएको हु भन्ने समेत ज्ञानबहादुर सार्कीको बयान कागज । ५. उक्त दिन म समेत भई मुक्ति श्रेष्ठका भनाई अनुसार कवर्डहलमा रहेको छड ज्याला पाउने आशामा निज मुक्तिको घरसम्म पुर्याई दिएको हु भन्ने समेत कर्ण बहादुर गुरूंगको बयान कागज । ६. मुक्ति श्रेष्ठ र मेरो सल्लाह अनुसार ०४६।८।३