निर्णय नं. ६४२५ - करार पूरा गरि क्षतिपूर्ति पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४२५ - करार पूरा गरि क्षतिपूर्ति पाउँ भाग: ३९ साल: २०५४ महिना: मंसिर अंक: ८ फैसला मिति :2054/01/02 ३३३४ निर्णय नं. ६४२५ २०५४, ने.का.प अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५३ सालको दे.पु.नं. ... ३५६८,३५६७ फैसला मितिः २०५४।१।२।२ मुद्दाः करार पूरा गरि क्षतिपूर्ति पाउँ । पुनरावेदक/प्रतिवादीः जि.तेह्रथुम, स्याङलुङ गा.वि.सं. वार्ड नं. २ वस्ने वसन्तमान श्रेष्ठ । विरुद्ध विपक्षी/वादीः जि.पांचथर फिदिम गा.वि.स. वार्ड नं. ८ वस्ने कृष्ण प्रसाद जोशी समेत । § रकम र ठेक्का वन्दोवस्त ऐन, २०२० को दफा २५ मा कटकेन्दारले तिर्न वुझाउनु पर्ने रकम निजले नवुझाई मुल ठेकेदारले वुझाउनु परेमा आफूले वुझाए जति रकम कटकेन्दारबाट असुल उपर गराई लिन पाउने व्यवस्था रहेको देखियो । यसरी मुल ठेकेदारले उपरोक्तानुसारको रकम वुझाउन वाध्य भै कवुलियत गरेको मिति २०४७।६।२२ मा धरौटी राखेको मिति २०४७।७।८ बाट नै मुल ठेकेदारले सो रकम भराई पाउन कटकेन्दार उपर मुद्दा गर्नु पर्ने अवस्थाको सिर्जना भएको मान्नु पर्ने हुन्छ । सो मिति बाट हदम्याद भित्र वादीको सन्धिकार अदालतमा फिराद परेको देखिन्छ । यस्तो स्थिति मा २०४५ सालमा नै सो वेरुजुका सम्वन्धमा कारवाही शुरु भएकोले सो मितिमा मुद्दा गर्नु पर्ने कारण परेको र उक्त कुराको जानकारी २०४५ सालमा नै फिरादीलाई भएको भनी हदम्यादको आधारमा फिराद खारेज गर्ने गरेको शुरु पांचथर जिल्ला अदालतको फैसला वदर गरी वादीको फिराद हदम्याद भित्रको भएकोले कानून वमोजिम इन्साफ गर्न शुरु जिल्ला अदालतमा पठाउने गरी गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेको देखिदा सदर हुने । (प्र.नं. १०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता द्वय श्री भिम राई र श्री दुर्गा सुव्वा विपक्षी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या. नरेन्द्र बहादुर न्यौपानेः पुनरावेदन अदालत इलामको मिति २०५२।२।११ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) वमोजिम यस अदालतमापर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरयस प्रकार छः २. श्री ५ को सरकार स्वाथ्य मन्त्रालयको सूचना (टेन्डर) प्रकाशित गरीए बमोजिम पांचथर फिदिममा १५ शैयाको अस्पताल निर्माण गर्न हामी फिरादी बिच अस्पताल बनाउने सर्त कबुलियत गरी मिती ०३५ मा चलन पूर्जि लिई काम गर्दै आएका थियौ । एक डेढ बर्ष भवन निर्माण सम्बन्धि काम गरीए पश्चात हाम्रो ठेकेदारहरु बिरामी भै काम गर्न नसक्ने काबु बाहिरको परिस्थिती परेको कारणले गर्दा रकम तथा सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा २२ ले निर्दिष्ट गरीए बमोजिम हामीले ठेक्का लिदा गरीएका सर्तका अधिनमा रहि कड्केन्दार नियुक्ति गरी ठेक्का सन्चालन गर्न पाउने भएकोले नारायण मान श्रेष्ठ -१, दिल प्रसाद श्रेष्ठ -१, इश्वरमान श्रेष्ठ -१ समेत ३ जनालाई मिती ०३६।१०।८ मा कड्केन्दार नियुक्ति गरी सो सम्पूर्ण कामहरु सन्चालन गर्न ठेक्काको काम जिम्मा दिने कबुलिएत भएको थियो । तत्काल अवस्थामा ठेक्काको काम सन्चालन गर्नका लागी मन्जूरी गरीएका अर्थात नियुक्ति भएका ३ जना कड्केन्दारहरु मध्येको नारायण मान श्रेष्ठको आफ्ना काल गतीले मिती ०३८।१२।३ मा निधन भएको मुल कडकेन्दार नै परलोक हुन गएको हुँदा रकम तथा सरकारी ठेक्का वन्दोबस्त ऐन, २०२० को दफा २२ को उपदफा (२) बमोजिम कड्केन्दार नियुक्ति गरी सर्त करारनामा बमोजिम सम्पूर्ण ठेक्काको कार्य गर्न कड्केन्दारहरुलाई जिम्मा दिएका थियौ । यसर