निर्णय नं. ६४२६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४२६ - कर्तव्य ज्यान भाग: ३९ साल: २०५४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५४/०३/०७ २६९६ निर्णय नं.- ६४२६ २०५४ ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५० सालको फौ.पु.नं.........६५४ फैसला मितिः ०५४।३।७।३ मुद्दाः- कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः रुकुम जिल्ला, महत गा.वि.स.वडा नं. ७ घर भै हाल कारागार शाखामा थुनामा रहेको वर्ष ३२ को चंखे खड्का समेत जम्मा ४ । विरुद्ध प्रत्यर्थी/वादीः श्री ५ को सरकार । संवत २०५० सालको साधक नं. १५८ वादीः श्री ५ को सरकार । विरुद्ध प्रतिवादीः रुकुम जिल्ला, महत गा.वि.स.वडा नं. ७ घर भै हाल कारागार शाखामा थुनामा रहेको वर्ष ३२ को चंखे खड्का समेत जम्मा ४ । § प्रतिवादीहरुमा मार्नु पर्ने सम्मको पूर्व रिस इवी भई मार्ने मनसायले कुटपिट गरेको भन्न सकिने आधार मिसिलवाट देखिन नआएकोले घटेको वारदातको आधारमा प्रतिवादीहरु चंखे खडका समेत चारै जनालाई जन्मकैद गर्र्र्दा चर्को पर्न जाने हुँदा अ.वं. १८८ नं. वमोजिम कैद वर्ष १० (दश) हुन मनासिव भनी राय लगाएको पुनरावेदन अदालत, नेपालगंजको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । (प्र.नं.२१) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री रमन कुमार श्रेष्ठ । वादी तर्फवाटः x अवलम्वीत नजीरः x फैसला न्या.केदारनाथ आचार्य : पुनरावेदन अदालत नेपालगंजको मिति २०५०।३।९ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)((ख) वमोजिम पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः २. गाउँघरको सल्लाहवाट घोरमेटी वन जंगल पाल्ने र घांस दाउरा नकाट्ने, वन जंगल नोक्सान गर्नेलाई सजाय गर्ने भनी गाउँ घरको निर्णय वमोजिम गदल रोकालाई वनपाले चौकीदार राखेकोमा हरिलाल खड्का समेतले उक्त वन जंगल काटी फडानी गर्यो भनी निज गदल रोकाले गाउँमा आई भनेको हुँदा के कति नोक्सान फडानी गरेको हुन् भनी म समेतका गाउँले मानिसहरु वन जंगल हेर्न जांदा गोकूल वली, प्रसाद वली हौसला दिने र हरिलाल खड्का समेतले लाठी ढुंगा प्रहार गरी मृतक गदल रोका र कासीराम रोका समेतलाई कुटपिट गरी मारेकोले निजहरुलाई सजाय गरी पाउँ भन्ने समेत धन प्रसाद रोका मगरको जाहेरी दरखास्त । ३. प्र.हरिलाल खड्का समेतका प्रतिवादीहरुले गदल रोका र काशिराम रोकालाई मारेका हुन् भन्ने समेत व्यहोराका र्सर्जमिन मुचुल्का । ४. हामी दुवै भाईले प्रहार गरेको ढुंगा मुढाले लागी मृतक गदल रोका र काशीराम रोकाको मृत्यु हुन गएको हो भन्ने समेत प्र.प्रेम वहादुर खडका, प्र.चंखे खड्का, प्र.खड्ग बहादुर खड्का, प्र.पूर्ण वहादुर खडका समेतले एकै मिलानको प्रहरीमा गरीदिएको वयान । ५. प्र.हरिलाल खडका, चंखे खडका, प्रेम वहादुर खड्का, खडक वहादुर खडका, पूर्ण वहादुर खडका, व’द्धिराम खडका, विरे खडका समेतले ज्यान सम्वन्धीको १३(३) नं. विरुद्ध कसुर गरेको सिद्ध हुन आएकोले प्र.गोकूल वली र प्रसाद वलीलाई सोही महलको १३(४) नं. वमोजिम सजाय हुन र प्र.हरिलाल, चंखे खडका, पूर्ण खडका, प्रेम वहादुर खडका, चंखे खडका, खडक खडका वुद्धिराम खडका, विरे खडका समेतले मृतकहरुलाई प्रहार गरेकामा कस्को चोटवाट मृत्यु हुन गएको हो भन्ने कुरा खुल्न नसकेकोले ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम जन्म कैदको संजाय हुन चंखे खडका, पूर्ण खडका, प्रेम वहादुर खडका, वुद्धिराम खडका, समेत ५ लाई यसै साथ प्रस्तुत गरिएको छ । फरार रहेका प्र.हरिलाल खडका, विरे खडका, गोल प्रसाद समेतका नाउँमा वारेन्ट समेत ज