निर्णय नं. ६४२८ - उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरीपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४२८ - उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरीपाउँ भाग: ३९ साल: २०५४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५३/१२/०६ २६२० निर्णय नं. ६४२८ २०५४ ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५२ सालको रि.नं... २१७० फैसला मितिः ०५३।१२।६ विषयः उत्प्रेषणयुक्त परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरीपाउँ । निवेदकः जि.वैतडी श्री वासुलिङ्ग गा.वि.स.वा नं. ७ घर भै हाल वन विकास परियोजना नेपालगंजमा कार्यरत दिव्यदेव भट्ट । विरुद्ध विपक्षीः लोकसेवा आयोग, कमलपोखरी, काठमाण्डौं समेत १२ जना । § निजामती सेवा निमयावली, २०५० को नियम ७४ को उपनियम २ ले संभाव्य उम्मेदवार हुन जेष्ठता गणना गरिने (असार मसान्तको हिसावले) अवधि भनी राखिएको असार मसान्तको हिसावले भन्ने कुराले शैक्षिक योग्यता पनि सोही अवधि भित्रको हुनु पर्ने भन्ने कुरा होइन । पदपूर्तिको लागि प्रकाशित सूचनामा तोकिएको म्याद भित्र वढुवाका लागि उम्मेदवारले दर्खास्त फाराम भरी दिदा प्राप्त शैक्षिक योग्यताको प्रमाण पत्रमा प्रमाणित प्रतिलिपि पनि पेश गर्नु पर्ने भएकाले त्यसवेला सम्म प्राप्त शैक्षिक योग्यतालाई वढुवाको प्रयोजनको लागि मान्यता नपाउने भन्न मिलेन । दर्खास्त पेश गर्ने मिति सम्मको समयावधीमा प्राप्त गरेको अतिरिक्त शैक्षिक योग्यता एम.एस्सीको अंक नपाउने भन्नलाई उल्लेखित कानूनी व्यवस्था र यस अदालतबाट २०५२ सालको रिट नं ३००५ को उत्प्रेषण मुद्दाको २०५३।५।११ मा भएको निर्णय आदेशबाट प्रतिपादीत सिद्धान्तबाट पनि मिल्ने देखिएन । तर यस वापत पाउने अंक दिदा पनि निवेदकले वढुवा पाउने भन्ने कुरालाई मद्दत गर्ने स्थिति सम्वन्धित वढुवा फायलको अध्ययनबाट देखिदैन । नि.से. नियमावली, २०५० नियम ८० (१) को खण्ड (ङ) वमोजिमको भौगोलिक क्षेत्रमा काम गरे वापतको अंक पाउनु पर्ने भन्ने कुरा छ सो सम्वन्धमा अध्ययन विदामा रहेको अवस्थामा उल्लेखित कानूनी व्यवस्था वमोजिमको अंक पाउने कानूनी व्यवस्था रहेको देखिदैन । जहाँसम्म डडेल्धुरामा ३ महिना २९ दिन काम गरे वापत भौगोलिक क्षेत्रमा काम गरेको अंक दिइएन भन्ने कुरा छ नि.से.नियमावली, २०५० को नियम ८० को उपनियम ४ ले कुनै पनि भौगोलिक क्षेत्रमा १ वर्षभन्दा कम अवधीको लागि रुजु हाजिर रहेकोमा कुनै अंक नदिइने भनी गरिएको व्यवस्थाले निवेदकले डडेल्धुरामा रुजु हाजिर रहेको अंक पाउनु पर्ने भन्ने जिकिर कानूनसँगत नदेखिने । (प्र.नं. १६) § निवेदकले कार्य सम्पादन वापतको ५० अंक नै पाउनु पर्ने भन्ने जिकिर लिनु भएको छ । निवेदकले भन्दैमा उक्त अंक पाउने होइन । अधिकार प्राप्त अधिकारीले निवेदकको कार्यसम्पादनको मूल्याङ्कन गरी दिइने अंक हो । निवेदकले यति नै पाउनु पर्दछ भनी माग गर्ने अधिकार नहुने । (प्र.नं.१७) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री प्रकास वस्ती, विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री नन्द वहादुर सुवेदी । अवलम्वीत नजीरः x फैसला न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छः २. निवेदक नेपाल बन सेवा जनरल फरेष्ट्रि समुह अन्तर्गत २०४०।३।१७ देखि रा.प.द्धितिय श्रेणी स्तरमा बढुवा भई हालसम्म कार्यरत छु । लोक सेवा आयोगको मिति २०५१।२।२५ को सूचना नं. १६।०५१ मा बन सेवा जनरल फरेष्ट्रि समुहको रा.प.प्रथम