निर्णय नं. ६४३० - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४३० - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ । भाग: ३९ साल: २०५४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०५४/०१/२० २५३७ निर्णय नं. ६४३० २०५४, ने.का.प. अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५२ सालको रि.नं. ..२८७१ आदेश मितिः २०५४।१।२०।६ विषयः उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी पाउँ । निवेदकः जिल्ला धनुषा महुवा गा.वि.स. वा.नं. १ वस्ने लक्ष्मीनिया खातुन । विरुद्ध विपक्षीः पुनरावेदन अदालत जनकपुर समेत जम्मा ३ § एकाको विगोमा लिलाम वढावढ भै मिसिल तामेलीमा राख्ने आदेश भएपछि उक्त मुद्दा नै टुङ्गो लागिसकेको मान्नु पर्ने हुन्छ । त्यसरी टुङ्गो लागिसकेको मुद्दाबाट श्रृजित अधिकारलाई हस्तक्षेप हुने गरी अर्को मुद्दाको आधार लिई भैसकेको काम कार्यवाही उपर निवेदन दिन पाउने कानूनी व्यवस्थाको अभावमा त्यस्तो बेसरोकारवाला व्यक्तिको निवेदन लिई २०५२।५।२८ को लिलामी कार्यवाही वदर गर्ने गरेको पुनरावेदन अदालत जनकपुरको मिति २०५२।१०।१९ को आदेशमा दण्ड सजायको ६१ नं. समेतको कानूनी त्रुटी देखिदा पुनरावेदन अदालत जनकपुरको उक्त आदेश उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. ८) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री राम प्रसाद भट्टराई विपक्षी तर्फबाटः अवलम्वित नजिरः आदेश न्या.गोविन्द बहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त विवरण यस प्रकार छः २. जिल्ला धनुषा महुवा गा.वि.स. वडा नं. १ वस्ने सुनेमा खातुन धोवीले मिति २०४९।१।९ गतेका दिन नगद रु.१२,०००। मसँग वुझी लिई कपाली तमसुक गरी दिएकोमा भाखा भित्र सांवा व्याज नवुझाएकीले दायर गरेको लेनदेन मुद्दामा मिति ०५१।२।८।१ गतेका दिन विपक्षीवाट सांवा व्याज भराई पाउने ठहरी भएको धनुषा जिल्ला अदालतको अन्तिम फैसला कार्यान्वयन गर्न मैले सुनेमा खातुनको हकमा भोगको गाउँ व्लक भित्रको नापी नभएको जि.ध. महुवा गा.वि.स. वडानं. १ रास्ता सो दक्षिण अम्बिका प्रसाद सो उत्तर सुखवा धोवी र हरिश धुनिया समेत सो पश्चिम मोलवी धोवी र झोलिया नदाकु धुनिया सो पूर्वका ९-०-९ नौ धुर जग्गा र सो जग्गामा भएको दक्षिण मुखको फुसको घर १ समेतवाट भरी भराएको लागि विगो देखाई मैले पेश गरेका निवेदनका आधारमा मिति २०५२।५।२८ गतेका दिन उल्लेखित घर जग्गा लिलाम हुँदा अरु कसैले सकार नगरेको हुँदा म आफैंले सकार गरी मिति ०५२।६।८ मा चलनपूर्जि दिइएको थियो, सुनेमा खातुनको एकाघर सगोलकी अंशियार हसिना खातुनले प्र.नं. ३ बाट ०५०।७।२१ गतेका दिनको तमसुकको आधारमा दायर गरेको लेनदेन मुद्दा ०५२।९।१६ गतेका दिन फैसला भएको रहेछ, उल्लेखित जग्गा र घर वाहेक अरु सम्पत्ति वांकी नरहेकोले लिलाम वदर गरी पाउँ भनी परेको निवेदनमा प्र.नं. २ वाट कानून वमोजिम गर्नु भन्ने भएको आदेश वदर गरी पाउँ भनी परेको निवेदनमा प्र.नं. १ ले ०५२।१०।१९ गतेको आदेशद्वारा वदर गरिदियो । प्र.नं. १ वाट भएको आदेश प्रत्यक्षतः कानून विपरित छ, ०५२।७।२ गतेका दिन विगो मुद्दाको लगत समेत कट्टा भै ०५१।२।८ गतेको फैसला कार्यान्वयन भईसकेको कार्यवाही सम्वन्धमा विवाद उठाउन पाउने हकदैया प्र.नं. ३ लाई नभएको, वादी म निवेदक प्रतिवादी सुनेमा खातुन भएको लेनदेन मुद्दामा प्र.नं. ३ सरोकारवाला व्यक्ति होइनन् प्रकृया पूरा गरी गरेको लिलामीलाई वदर गर्ने भनी प्र.नं. १ ले गरेको आदेश अ.वं.