निर्णय नं. ६४३१ - वाली मोही निष्कासन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४३१ - वाली मोही निष्कासन भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०७/२२ ३२३० निर्णय नं. ६४३१ २०५४, ने.का.प. अङ्क ९ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५३ सालको दे.पु.इ.नं. ... ११७ फैसला मितिः २०५४।७।२२।६ मुद्दाः वाली मोही निष्कासन पुनरावेदक/प्रतिवादीः जि.सप्तरी गा.वि.स. विषहरिया वडा नं. ६ वस्ने रामजी साहु हलुवाई विरुद्ध विपक्षी /वादीः ऐ.ऐ. वडा नं. ४ वस्ने तपेश्वर चौधरी § भूमि सुधार कार्यालयमा वाली भराई मोही निस्काशन गरी पाउँ भनी दिएको उजुरीमा भूमि सुधार कार्यालयले निर्णय गर्दा निश्कासन तर्फ प्रथम निर्णय गर्नुपर्ने कुरा भूमि सम्वन्धी ऐनको दफा २९(१) मा स्पष्ट व्यवस्था छ । यदि वाली मात्र भराउने विषय छ भने सो कुरा जिल्ला अदालतले पनि हेर्न सक्ने अवस्था छ । तर भूमि सुधार कार्यालयमा उजुर गर्नुको मतलव प्रथमतः मोही निष्कासन हुने वा नहुने तर्फ वोली अनिमात्र वालिका हकमा वोल्ने कुरा हुन आउने । (प्र.नं. १७) § भूमि सुधार कार्यालयले निश्कासन नहुने राय वोल्दा त्यस्तो वोलीको आधार कारण कुनै केही नखोली निष्काशन नहुने मात्र भन्नुले ऐनको मनसाय पूर्ति हुन सक्दैन । जुन सालको वालीमा विवाद परेको छ, सो सालको धरौटी पनि समयमा नराखेको पछि राखेको धरौटी पनि जग्गाधनीले नवुझेको पछिल्लो सालको धरौटी जग्गा धनीले वुझ्दै आएको छ भने भूमि सुधार कार्यालयले त्यस्तो अवस्थामा वा सुखा परेको दैवी प्रकोप परेको भन्ने कुराको आधार र प्रमाण भएमा भूमि सुधार कार्यालयले मोही निश्काशन नगर्ने आफ्नो रायलाई समर्थित गर्ने कारण दर्शाई निष्कर्षमा पुग्न सक्नुपर्छ । तर त्यस्तो कुरा प्रस्तुत मुद्दामा केही देखिन नआएकोले र यस अदालतको मिति २०३३।९।२४।६ को काशीराम राजवंशी वि. भूमि प्रशासन कार्यालय मोरङ समेत भएको उत्प्रेषण मुद्दा (ने.का.प. २०३३, पृष्ठ १७६) र मिति २०४३।२।२७।३ को विष्णुभक्त हिमसुतु वि. भूमि सुधार शाखा भक्तपुर समेत भएको उत्प्रेषण मुद्दामा (ने.का.प. २०४३ पृष्ठ १२५) पूर्ण इजलासले पनि यही कुरालाई परोक्ष किसिमले सिद्धान्त प्रतिपादित गरी राखेको अवस्थामा पुनरावेदन अदालत राजविराजको मोही निष्कासन समेत गर्ने गरी गरेको फैसला मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र.नं. १८) पुनरावेदक प्रतिवादी तर्फबाट : विपक्षी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मेहनकृष्ण खरेल अवलम्वित नजिरः ने.का.प. २०३३ पृष्ठ १७६ र ने.का.प. २०४३ पृष्ठ १२५ मा प्रतिपादित सिद्धान्त। फैसला न्या.मोहन प्रसाद शर्माः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्धाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः २. मेरो नाउँमा दर्ता रहेको जिल्ला सप्तरी गा.वि.स. विषहरीया वार्ड नं. ८ क कि.नं.१२९ को जग्गाको विपक्षी मोहीले २०४९ सालको कुत नदिएको र ऐनको म्यादभित्र धरोट समेत नराखेकोले नालेश गरेको छु । जानी जानी कुत नदिएको र धरौट समेत नराखेकोले मोही निश्काशन गरी रु.२३८२।५० विपक्षीबाट कुत वापत दिलाइ भराइ पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. कुत धान बुझिलेउ भनी ०४९।१०।२७ मा भन्दा फुर्सद छैन फुर्सदका बखतमा बुझि लिनेछु भनेकाले धरौट नराखेको ०५०।१२।३ पछि पुनः कुत बुझि भर्पाइ दिनुस भन्दा आलटाल गरी हैरान पार्ने उद्देश्यले नालेश गरेका हुन कुत बुझाउन तयार छु भन्ने समेत व्यहोराको प्रतिउत्तर । ४. कु