निर्णय नं. ७८६७ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८६७ - उत्प्रेषण समेत भाग: ४९ साल: २०६४ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६४/०७/२२ ८३०७ निर्णय नं. ७८६७ ने.का.प. २०६४ अङ्क ७ सर्वोच्च अदालत विशेष इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्बत् २०६३ सालको रिट नं. – १३६ आदेश मितिः २०६४।७।२२।५ विषयः– उत्प्रेषण समेत । निवेदकः काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २९ बस्ने अधिवक्ता इश्वरप्रसाद अधिकारी विरुद्ध विपक्षीः नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समेत § वस्तुतः निर्देशन दुईवटा अधिकार अन्तर्गत जारी गर्ने गरिन्छ । पहिलो कानुनी अख्तियार अन्तर्गत र दोस्रो प्रशासनिक प्रक्रिया अन्तर्गत । कानुनको अख्तियारबाट जारी गरिने निर्देशन कानुन सरहकै हैसियत राख्ने हुन्छ तर प्रशासनिक प्रक्रियाबाट कानुनको उद्देश्य परिपूर्ति गर्न जारी गरिने निर्देशनमा कानुनी हैसियत नरहन पनि सक्छ । प्रशासनिक परम्परा, अवस्था र आवश्यकताले त्यस्ता प्रशासनिक निर्देशनहरू स्वीकार्य हुने हुन्छन् । कानुन वा कानुनी अधिकार अन्तर्गत जारी गरिने निर्देशनले कानुनी हैसियत प्राप्त गर्ने हुँदा त्यस्ता निर्देशनहरू निश्चित रुपमा पूर्वोक्त संविधानको धारा ८८(१)र वर्तमान संविधानको धारा १०७(१) बमोजिम यस अदालतको न्यायिक पुनरावलोकनको क्षेत्राधिकार अन्तर्गत पर्ने हुन्छ । नेपाल राष्ट्र वैंङ्क ऐन, २०५८ को दफा ७९ मा नियम तथा विनियम र आदेश, सँगसँगै निर्देशन भन्ने शव्दावली समान तरिकाबाट प्रयुक्त भएको देखिँदा ऐनको अधिकार अन्तर्गत जारी हुने निर्देशनमा कानुनी वल वा हैसियत रहने भई नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(ड) ले गरेको नेपाल कानुनको परिभाषा भित्र समेटिने नै हुन्छ । त्यसमा संसय गर्नुपर्ने वा द्विविधामा रहनु पर्ने कुनै आवश्यकता नहुने । (प्रकरण नं.६) § बैकिङ्क तथा वित्तीय प्रणालीको स्वस्थ विकासको लागि उपयुक्त नियमन, निरीक्षण तथा सुपरीवेक्षण गर्न र मुलुकको समग्र बैकिङ्ग तथा बित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नका लागि मुलुककै केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंकको स्थापना गर्न समेत नेपाल राष्ट्र बैंक ऐन, २०५८ तर्जुमा गरिएको भन्ने सो ऐनको प्रस्तावनाबाटै देखिन आउँछ । सो ऐनको परिच्छेद –९ मा बैंकको नियमन र निरीक्षण तथा सुपरीवेक्षण शीर्षक अन्तर्गत दफा ७६ देखी दफा ८८ सम्मका विभिन्न कानुनी प्रावधानहरू समाविष्ट भएका देखिन्छन् । उक्त परिच्छेद ९ को समग्र कानुनी व्यवस्था नै बैंकको नियमन र निरीक्षण तथा सुपरीवेक्षणसँग सम्बन्धित रहेको देखिँदा सो परिच्छेद अन्तर्गत नेपालराष्ट्र बैंकले केन्द्रीय बैंकको हैसियतबाट वाणिज्य बैक तथा वित्तीय संस्थाको काम कारवाहीका सम्बन्धमा प्रशासनिक रुपमा पनि प्रचलित कानुन विपरीत नहुने गरी निर्देशन जारी गर्न सक्ने । (प्रकरण नं.८) § निरीक्षण र सुपरीवेक्षण गर्ने बिषयहरूलाई केन्द्रीय निकाय वा विभागले मातहतका अधिकारी वा निकायहरूलाई नियन्त्रण गर्ने व्यवस्थापकीय वा प्रशासकीय औजारका रुपमा लिएको देखिन्छ । केन्द्रीय निकाय वा अधिकारीले आफूमा निहित सो अधिकारहरू प्रयोग गरी कुनै कानुनको उद्देश्य परिपूर्ति गर्ने प्रयोजनका लागि वा कानुनको प्रयोगमा एकरुपताको लागि निर्देशन, सर्कूलर तथा परिपत्र जारी गर्नु स्वभाविक हुन्छ । त्यसरी जारी गरिएका निर्देशन, परिपत्र र आदेशहरू प्रचलित कानुनको सिमा भित्र रहनु पर्ने बाध्यता रहे पनि स्वयंमा कानुन