निर्णय नं. ६४३२ - अंश दपोट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४३२ - अंश दपोट भाग: ३९ साल: २०५४ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०८/१२ ४०७४ निर्णय नं. ६४३२ २०५४, ने.का.प. अङ्क ९ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५२ सालको दे.पु.इ.नं. ... ९० र ९१ फैसला मितिः २०५४।८।१२।५ मुद्दाः अंश दपोट । पुनरावेदक/प्रतिवादीः जि. धनुषा जनकपुर न.पा. वार्ड नं. १ वस्ने रामचन्द्र शाह व्याहुत सुडी समेत विरुद्ध प्रत्यर्थी/वादीः फुल्गेन शाह व्याहुत सुडी § तात्विक भिन्नताको अर्थ गर्दा व्यापक र वृहदरुपमा अर्थ गर्नुपर्ने हुन्छ । शुरु अदालतको फैसला वमोजिम हुने कार्य भन्दा फरक राय वा अर्थ निस्कने गरी कुनै एक पक्षलाई पुनरावेदन अदालतको फैसलाले कुनै कुरा दिने, दिलाउने, पाउने, नपाउने, हुने, नहुने कुरामा फरक पर्दछ भने त्यस्तो अवस्थालाई भिन्नताको अर्थमा लिनु न्यायिक र विवेकपूर्ण व्याख्या हुन जाने । (प्र.नं. ८) § पुनरावेदन अदालतको फैसलामा तात्विक भिन्नता रहेको अवस्थामा यस अदालतमा पुनरावेदन नै लाग्ने देखिन्छ । पुनरावेदन गर्ने उपचारको मार्ग सारवान कानूनी अधिकार (Substantive Legal Right) भित्र पर्दछ । पुनरावेदन लाग्ने अवस्थामा पुनरावेदन कै मार्ग अपनाउनु पर्ने भन्ने यस अदालतबाट विभिन्न मुद्दामा न्यायिक सिद्धान्त समेत अपनाई आई रहेकै छ । दफा १२(१) को व्यवस्थाले पनि पुनरावेदन लाग्ने अवस्थामा उक्त ऐनको दोहराउने कार्यविधिको व्यवस्थाले मान्यता नपाउने कुरा स्वयंले संपुष्टी गरिरहेकै देखिने । (प्र.नं. ९) § प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको फैसला उपर यस अदालतमा पुनरावेदन लाग्ने अवस्था रहेको देखिन आयो । सम्वन्धित एउटै व्यक्तिले कुरा नखोली लुकाइ अलग अलग मितिमा पुनरावेदन र दोहराई पाउँ भन्ने निवेदन अलग अलग गरी दर्ता गराएको हुँदा दुई वेग्ला वेग्लै संयुक्त इजलासबाट अलग अलग आदेश हुन गएको देखिन आयो । पुनरावेदन लाग्ेन प्रकृतिको मुद्दा देखिंदा पुनरावेदनको मार्ग अवलम्वन गरी आएकोलाई अन्यथा भन्न मिल्ने देखिन आएन । एउटै मुद्दामा दुई अलग अलग उपचारको मार्ग समाउन पाउने कानूनी व्यवस्थाको अभावमा दोहराई पाउँ भनी परेको निवेदन कानून अनुरुपको भन्न नमिल्ने । (प्र.नं. १०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री कमल नारायण दाश अवलम्वित नजिरः ने.का.प. २०४९ पृष्ठ ६३१ नि.नं. ४५७३ को निवेदक लोप्साङ लामा वि. राजश्व न्यायाधीकरण काठमाण्डौ भएको मुद्दामा वृहत पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त । आदेश १. नियमानुसार पेश भएको प्रस्तुत मुद्दाको संयुक्त इजलासको आदेश सहितको मिसिल अध्ययन गरि पुनरावेदक प्रतिवादी रामचन्द्र प्रसादको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर तथा प्रत्यर्थी वादी फुलगेन शाहको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमल नारायण दाशले गर्नु भएको वहस समेत सुनियो । २. पेश भएको सम्वन्धित मिसिल हेर्दा विपक्षले रु.१७८५००। मोल विगोको जग्गा दवाई छपाई अंश दपोट गरेकाले उक्त जग्गा एकलौटी कायम गरी पाउँ भन्ने फिराद दावी भएकोमा दावीमा मेल खान आएको जग्गा दपोट गरेकोले नदवाउनेले खान पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु धनुषा जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । सो फैसला उपर वादी प्रतिवादी दुवैको पुनरावेदन परेकोमा तायदाती फाँटवारीमा उल्लेख भएका जग्गाहरुमा केही कित्ताहरु समावेश नभएका र केही कित्ता