निर्णय नं. ७८६९ - जर्वजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८६९ - जर्वजस्ती करणी भाग: ४९ साल: २०६४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६४/०८/१२ ३७९६ निर्णय नं. ७८६९ ने.का.प. २०६४ अङ्क ८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत् २०६२ सालको फौ.पु.नं. ......३४२१, ३४२२, ३४२३ फैसला मितिः २०६४।८।१२।४ मुद्दाः जर्वजस्ती करणी । पुनरावेदक : प्रतिवादी जिल्ला सप्तरी गा.वि.स. कल्याणपुर वडा नं. २ घर भै हाल कारागार शाखा राजविराज सप्तरीमा थुनामा रहेका हजरत मिया विरुद्ध प्रत्यर्थी : वादी पदम बहादुर तामाङको जाहेरीले श्री ५ को सरकार पुनरावेदक : प्रतिवादी जिल्ला सप्तरी गा.वि.स. कल्याणपुर वडा नं. २ घर भै हाल कारागार शाखा राजविराज सप्तरीमा थुनामा रहेका अन्सारुल मिया विरुद्ध प्रत्यर्थी : वादी पदमबहादुर तामाङको जाहेरीले श्री ५ को सरकार पुनरावेदक : प्रतिवादी जिल्ला सप्तरी गा.वि.स. कल्याणपुर वडा नं. २ घर भै हाल कारागार शाखा राजविराज सप्तरीमा थुनामा रहेका मोहम्मद ताहिर मिया विरुद्ध प्रत्यर्थी वादी पदम बहादुर तामाङको जाहेरीले श्री ५ को सरकार शुरु फैसला गर्ने अदालतः सप्तरी जिल्ला अदालत मा.न्या.श्री गोपालप्रसाद भट्टराई पुनरावेदन अदालत राजविराज सप्तरीः मा.न्या.श्री तर्कराज भट्ट मा.न्या.श्री गौरीबहादुर कार्की § जबरजस्तीकरणी जस्तो संगिन फौजदारी अपराधमा पीडित, पीडितको साक्षी जाहेरवालाका सम्बन्धमा अदालतले परिस्थितिलाई गम्भिर रुपमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । जाहेरवाला, पीडित, पीडितको साक्षी उपरको डर, धाक, जिउ ज्यानको खतरासम्मको कारणबाट जाहेरी समयमा नपरेको, शारीरिक जाँच हुन नसकेको वा साक्षी उपर अनुचित प्रभावमा पर्न सक्ने सम्मको अवस्था रहे नरहेको सो कुराको मूल्याङ्कन हुनु पर्ने । § डर, धाक, जिउ ज्यानको खतराको कारण जाहेरी समयमा नपर्न पनि सक्छ । डर धाकको प्रभाव न्यूनीकरण वा सुरक्षाको अनुभूति पश्चात अपराधको जानकारी वा जाहेरी पर्नुलाई अवस्थाको बाध्यताको रुपमा लिनु पर्दछ । यस्तो अवस्थाको विद्यमानतामा शारीरिक परीक्षण हुन नसक्नु स्वभाविक नै हुन्छ । जिउ ज्यानको खतराको कारणले समयमा जाहेरी नपरेको वा शारीरिक परीक्षण हुन नसकेको अवस्थाबाट न्यायीक कार्यमा जटिलता आउन सक्ने । पीडित वा साक्षीहरूको संरक्षण सम्बन्धी कानून वा कार्यक्रमको अभावमा यस्ता परिस्थितीको पुनरावृत्ती भइरहन सक्छ । तथापि अन्य प्रमाणको आधारमा अपराधको छिनोफानो र न्याय प्रदान गर्ने कार्य सम्पन्न हुनु पर्ने । (प्रकरण नं.२६) § जबरजस्तीकरणी अपराधका सम्बन्धमा मुलुकी ऐन जबरजस्तीकरणी महलको १ नं. मा भएको कानूनी व्यवस्था बमोजिम “कन्या, विधवा वा अर्काकी सधवा स्वास्नी मानिसमा सोह्र वर्ष मुनिकीलाई उसको मञ्जुरी लिई वा नलिई जुनसुकै व्यहोरासँग करणी गरे पनि र सोह्र वर्ष नाघेकीको राजीखुसी बिना बेमञ्जुरीले जुनसुकै तरहसँग भए पनि जोर जुलुम गरी डर धाक देखाई वा अनुचित प्रभावमा पारी करणी गरेको समेत जबरजस्तीकरणी गरेको ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिँदा जाहेरवालाको घरमा रातको १ बजेको समयमा मार्ने सम्मको डर धाक, धम्की दिई संत्रासको वातावरण बनाई पीडितलाई उठाई लगी पालै पालो सामूहिक रुपमा जबरजस्तीकरणी गरेको प्रमाणको विवेचनाको आधारमा पुष्टि हुन आएको हुँदा प्रतिवादीहरूले जबरजस्तीकरणीको १ नं. को कसूर गरेको देखिने । (प्रकरण नं.२७) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ताहरू श्री टंकबहादुर रावल, श्री अनिता दिक्षीत र विद्वान अधिवक