निर्णय नं. ७८७० - लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८७० - लिखत दर्ता बदर भाग: ४९ साल: २०६४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६४/०८/०४ ५०२६ निर्णय नं.७८७० ने.का.प. २०६४ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्बत् २०५८ सालको दे..पु.नं.....७०७० फैसला मितिः २०६४।८।४।३ मुद्दाः– लिखत दर्ता बदर । पुनरावेदक/ वादीः जिल्ला सप्तरी राजविराज न.पा. वा.नं ६ घर भै मोरङ्ग जिल्ला विराटनगर उ.प.न.पा. बस्ने वडा नं ७ बस्ने विमला देवी पोखरेल समेत विरुद्ध प्रत्यर्थी / प्रतिवादीः जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ३३ घर भै मोरङ्ग जिल्ला विराटनगर उ.प.न.पा. वडा नं १७ बस्ने ललिता देवी श्रेष्ठ समेत शुरु फैसला गर्नेः मा.न्या. श्री ओमप्रकाश मिश्र पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री गौरी ढकाल मा.न्या. श्री परशुराम झा § कुनै अचल सम्पत्ति दाइजो हो भन्ने कुरा लिखतबाट नै देखिनु पर्ने र सो कुरा तथ्यपूर्ण रुपमा त्यस्तो जिकिर लिने पक्षले स्थापित गर्नु पर्ने । (प्रकरण नं.२२) § लिखतमा नै स्पष्ट रुपमा उल्लेख भएको नदेखिएको र लिखतमा नै अभिव्यक्त नभएको कुरा पछि मुद्दा चल्दा जग्गाको दाताले मौखिक रुपमा व्यक्त गरेको कुरालाई अदालतले आधारभूत प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । § जग्गा दाताको निकै लामो अन्तराल पछि व्यक्त कथनले मौकामा लिखतमा उल्लेख नभएको वेहोराको पूर्ति गर्दछ भनी मान्न नमिल्ने । (प्रकरण नं.२३) § साक्षी वा साक्षीको रुपमा बुझ्ने भनिएको व्यक्तिले आफूले देखी सुनी थाहा पाएको कुनै कुरा व्यक्त गर्नु पर्ने हुन्छ र त्यस्तो मौखिक प्रमाण स्वरुपको कथनको मात्र प्रमाणिक महत्व हुने हुँदा साक्षीले कानून बमोजिम वारेस राख्न नपाउने हुन्छ । साक्षीले त्यसरी वारेस मार्फत व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ बमोजिम प्रमाणमा ग्राह्य हुन नसक्ने । § सामाजिक रुपमा पनि लोग्ने स्वास्नीको सम्बन्धविच्छेद गराउन सकिने भन्ने अवधारणलाई नेपालको कानूनी प्रावधानले अंगिकार गरेको देखिन आँउदैन । लोग्ने स्वास्नीले स्वेच्छापूर्वक अलग अलग बसेमा वा समाजका व्यक्तिको रोहवरमा अलग हुने वचनवद्धता व्यक्त गरी छुट्टिएको भएमा अथवा सामाजिक स्तरमा निर्णय गरी वैवाहिक सम्बन्ध टुटाइदिएको अवस्था भएमा समेत यस्तो वैवाहिक विच्छेदको सामाजिक मान्यता भएपनि नेपालको कानूनी व्यवस्थाले तोकेको प्रक्रिया पूरा गरी रीतपूर्वक अदालतबाट निर्णय गराई सम्बन्धविच्छेद नभएसम्म वा अरुसँग विवाह गरेको वा अरुसँग करणी गराएको कुरा अदालतमा सावित नभएसम्म लोग्ने स्वास्नीको सम्बन्धविच्छेद भएको भनी कानूनको दृष्टिकोणमा मान्न सकिने हुँदैन । कानूनी रुपमा स्थापित नभएसम्म व्यवहार प्रमाणबाट सम्बन्धविच्छेद भएको मात्र नमिल्ने । § समाजका सदस्यहरूको सम्बन्धविच्छेद गर्ने हैसियत र अधिकार नहुने हुँदा प्रतिवादीको पतिसँग सम्बन्धविच्छेद भएको भनी प्रमाणित गरी दिएमा पनि कानूनको दृष्टिमा निजहरूको सम्बन्धविच्छेद भएको भनी सम्झन र कानूनी स्थान प्राप्त भएको भनी मात्र नमिल्ने । (प्रकरण नं.२६) § अरुसँग विवाह गरिसकेको कुरा स्वीकार गरेको अवस्थामा लोग्ने तर्फबाट पाएको वा लोग्नेको जीवनकालमा लोग्ने तर्फबाट आफ्नो नाँउमा खरीद भइ आएको दावीको जग्गा र घरमा प्रतिवादीको हक समाप्त भई हकवालाको हक भइसकेपछि निजले उक्त जग्गा बिक्री गरेको कार्य स्त्री अंशधनको ६ नं.को व्यवस्था विपरीत रहने । (प्रकरण नं.२८) § आफ्नो हक हुन आएको अचल सम्पत्ति जग्गा पजनीको महलको २ क नं. बमोजिम हकवाला