निर्णय नं. ७८७१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८७१ - कर्तव्य ज्यान भाग: ४९ साल: २०६४ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६४/०६/२३ ४७६८ निर्णय नं. ७८७१ ने.का.प. २०६४ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला सम्वत् २०६२ सालको फौ.पु.नं–––––३६२८ सम्वत् २०६२ सालको साधक नं....२०४ फैसला मितिः २०६४।६।२३।४ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक /प्रतिवादी जि.रुपन्देही देवदह गा.वि.स.वडा नं.४ घरभै कारागार कार्यालय रुपन्देहीमा थुनामा रहेका चेतराज काफ्ले भन्ने चेतन काफ्ले विरुद्ध प्रत्यर्थी /वादीः भिमप्रसाद काफ्लेको जाहेरीले नेपाल सरकार वादीः भिमप्रसाद काफ्लेको जाहेरीले नेपाल सरकार विरुद्ध प्रतिवादीः रुपन्देही जिल्ला ,देवदह गा.वि.स.वडा नं.४ घर भै कारागार कार्यालय रुपन्देहीमा थुनामा रहेका चेतराज काफ्ले भन्ने चेतन काफ्ले शुरु निर्णय गर्नेः– मा.न्या.श्री चण्डीराज ढकाल पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री विश्वनाथ जोशी मा.न्या.श्री केशवप्रसाद मैनाली § मुलुकी ऐन दण्ड सजायको १ नं.मा “आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खत बात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन” भन्ने कानूनी व्यवस्था रहेको देखिँदा उक्त कानूनी व्यवस्था आकर्षित हुनको लागि अभियुक्त आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने प्रकृतिको हुनु पर्ने । (प्रकरण नं.२६) § प्रतिवादीलाई सिजोफिरीनिया रोग लागि यसको परिणाम यस्तै हुन्छ भन्ने सम्पूर्ण स्थिति थाहा पाउन नसक्ने स्थिति भएको नदेखिँदा आफूले होसियारीपूर्वक गरेको कामको प्रकृति थाहा नभएको भन्न नसकिने । (प्रकरण नं.२६) § मानसिक रोगबाट पीडित भएपनि वारदात हुनुपूर्व यी प्रतिवादी घरबाट जथाभावी हिड्ने, खाना नखाने लगायतका अस्वभाविक क्रियाकलाप गरेको भन्ने खुल्दैन । वारदात घटाउनु भन्दा तत्काल अघि पनि यी प्रतिवादी पूर्ण सचेत अवस्थामा देखिन्छन् । वारदात पछि आफूले गरेको अपराध छुपाउन सक्छु कि, बच्न सक्छु कि भन्ने भावानाबाट प्रेरित भई फरार भएको अवस्था छ । अतः प्रतिवादीले वारदात अघि र पछि गरेका कार्यहरूबाट त्यस्तो कामको प्रकृति र परिणामनै थाहा नपाउने गरी मगज बिग्रेको वा पागल भएको भन्ने नदेखिँदा मुलुकी ऐन, दण्ड सजायको १ नं. समेत प्रस्तुत वारदातमा आकर्षित हुन नसक्ने । (प्रकरण नं.२७) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री चन्द्रकान्त ज्ञवाली प्रत्यर्थी वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री शरदकुमार खड्का अवलम्वित नजीरः फैसला न्या.राजेन्द्रप्रसाद कोइरालाः पुनरावेदन अदालत वुटवलको मिति २०६१।६।२५ को फैसला उपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– २. २०५९।७।९ गते राती भाइ केशव काफ्ले र उनको जेठो छोरा चेतन काफ्ले समेत एकै कोठामा अलग–अलग खाटमा सुतेकोमा छोरा चेतन काफ्लेले आफ्नै बुबालाई धारिलो हतियार वन्चरोले घाँटीमा हानी कर्तव्य गरी मारी भागेकोले निजलाई प्रकाउ गरी कानून बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको मृतकको दाजु भिमप्रसाद काफ्लेले इलाका प्रहरी कार्यालय बुटवलमा दिएको जाहेरी दरखास्त । ३. रुपन्देही जिल्ला, देवदह गा.वि.स. वडा नं.४ पिपलडाडा स्थित पूर्वमा गिरीधारी भुषालको घर, पश्चिम मृतककै खेत, उत्तर सार्वजनिक बाटो र दक्षिण मृतककै गोठ यति चार किल्ला भित्र उत्त